उपप्रधानमन्त्री थापाको स्वागत नगरेको भन्दै एलडिओको सरुवा

kamal thap nepali leaders

काठमाडौं : उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा बझाङ आउँदा उनले भने बमोजिम स्वागत सत्कार नगरेको भन्दै स्थानिय विकास अधिकारीको सरूवा गरिएको छ। उनलाई संघिय मामला तथा स्थानीय विकास मन्त्रालयमा जगेडामा रहने गरी सचिव स्तरीय निर्णयबाट सरूवा गरिएको जिल्ला विकास समिति स्रोतकाे भनाइ आजको कान्तिपुरमा खबर छापिएको छ।kamal thap nepali leaderskamal thap nepali leaders
आर्थिक वर्ष सकिन २० दिन मात्र बाँकी भएको अवस्थामा भएको स्थानीय विकास अधिकारीको सरुवाले जिल्लाको विकास निर्माणको काम प्रभावित हुने भएको छ ।
असाढ ४ गते पार्टीको कामको सिलसिलामा मन्त्री थापा बझाङ आएका थिए । उनी आउँदा उनको स्वागतमा जिल्ला भरीबाट आएका नेता तथा कार्यकर्ता बास, खानपानको व्यवस्था नगरेको भन्दै थापाले आफ्ना स्वकीय सचिव दामोदर वाग्ले मार्फत स्थानिय विकास अधिकारी आत्माराम सत्याललाई २४ घण्टा भित्र सरुवा गरिदिने धम्की दिएका थिए ।
सदरमुकाममा रहेको होटल केपी प्लाजामा बोलाएर थुप्रै नेता कार्यकर्ताको अगाडि आफूलाई दुव्र्यवहार गर्न थाले पछि सत्याल त्यहाँबाट केही नबोली र्फकेको जिल्ला विकास समितिका एक कर्मचारीले बताए ।
उपप्रधान मन्त्रीले जिल्ला विकास समितिको निरिक्षण गर्दा सत्यालको कार्यशैली चित्त नबुझेकोले सचिवलाई उनको सरुवाको निर्देशन दिएको मन्त्री थापाका स्वकीय सचिव दामोदर वाग्लेले बताए । कर्मचारी सरुवा प्रक्रिया नियमित काम भएको भन्दै आफूहरुको स्वागत नगरेको निहुँमा कसैको सरुवा नगराएको उनको भनाई छ ।
आफूले एलडियोलाई कुनै धम्की र दुव्र्यवहार नगरेको भन्दै उनले भने कर्मचारीलाई स्वतन्त्र रुपमा काम गर्न दिने भन्ने उपप्रधानमन्त्री ज्यूको निर्देशन छ । हामीले धम्की दिने कुरै हुदैन । आफूहरुको स्वागत बझाङका जनताले गरेकोले कर्मचारीबाट स्वागतको अपेक्षा मन्त्रीले नगरेको उनले बताए ।
काठमाण्डौंबाट मन्त्रीको साथमा आएकाहरुको लागि आफूले सबै खाले व्यवस्था गरेको भए पनि मन्त्रीले भने जती कार्यकर्ताको व्यवस्थापन गर्न नसकेकोमा मन्त्री आफू सँग रुष्ट भएको र आफ्नो सरुवा गराएको हुन सक्ने स्थानीय विकास अधिकारी सत्यालको भनाइ छ ।
यता स्थानीय विकास मन्त्रालयका सहसचिव धनबहादुर श्रेष्ठले भने सत्याललाई नियमित कामको शिलशिलामा मन्त्रालयमा बोलाईएको बताए । आर्थिक वर्ष समाप्त हुनै लागेको बेला उनलाई बोलाउनुको कारणबारे जान्न खोज्दा जवाफ दिनबाट उनी पन्छिए ।

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस