आफन्तले नै कमिसनको लोभमा ठगे

नवलपरासीका अमरनारायण चौधरीलाई दाइ पर्नेले नै विदेश पठाउँछु भन्दै दलालसँग भेट गराए दलालले भारतको बाटो हुँदै कतार पु र्याए अस्पतालमा क्लिनरको काम भनेर गएका अमरले त्यहाँ पुगेपछि उँट चराउनु पर्यो ७५ हजार रुपैयाँ तिरेर गएका अमरले भनेको काम तलव पाउनु भएन उहाँलाई पछि आफ्नै देश फर्किन पनि मुस्किल पर्यो।  महेशप्रसाद चौधरीले विदेश जान अन्जली म्यानपावरमा पैसा पासपोर्ट बुझाउनुभयो तर म्यानपावरले लामो समयसम्म विदेश पठाएन भने पासपोर्ट पैसापनि फिर्ता गरेको छैन उहाँलाई पासपोर्ट सबै खर्च सहित पैसा फिर्ता गर्छु भनेर म्यानपावरले झुलाइरहेको  आइतबार नबलपरासीको कावासोतीमा गरेकोदेश परदेश यात्राअन्तरगतको सार्वजानिक सुनुवाई कार्यक्रममा सहभागिहरुले यस्ता गुनासा गरेका हुन् वैदेशिक रोजगारीमा पठाउँदा कमीशनको लोभमा आफन्तले नै ठगेको पीडितको गुनासो ठगी गर्ने दलाल म्यानपावरलाई कारबाहि नहुँने, अवैधानिक दलालको चलखेल आफन्तकै कारणपनि वैदेशिक रोजगारीमा जाने युवा ठगिएको उनीहरुको गुनासो ठगिएर प्रहरीमा उजुरी दिँदा समेत प्रहरीले कारबाही नगरेको पीडितले गुनासो गरेका छन्   कार्यक्रममा सहभागीको गुनासाको जवाफ दिँदै नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद चौधरीले प्रहरीलाई वैदेशिक रोजगारी सम्बन्धी मुद्दा हेर्ने अधिकार नभएकाले कारबाही गर्न समस्या भएको बताउनुभयो ठगी, मानवबेचबिखन तथा ओसार पसार जस्ता मुद्दामा कारबाही गर्न सकिने भएपनि पीडितसँग प्रमाण नहुँदा अप्ठेरो भएको बताउनु भयो यसका लागि वैदेशिक रोजगारीमा जाने युवा आफैं सचेत हुन आवश्यक रहेको उहाँको भनाई  
महिला तथा बालबालिका कार्यालयकी प्रमुख उर्वरा लुइंटेलले वैदेशिक रोजगारीका कारण घरेलु हिंसा, पारिवारिक विखण्डन लगायत सामाजिक समस्या बढ्दै गएको बताउनुभयो   कार्यक्रममा सहभागीहरुले वैदेशिक रोजगारीमा देखिएका समस्या कम गर्न विदेश जाने युवा नै सचेत हुनुपर्ने, ठगी गर्ने म्यानपावर दलाललाई कारबाही हुनु पर्ने अवैधानिक काम बन्द गराउनुपर्नेमा जोड दिएका छन्   कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रशाशकीय अधिकृत ज्योतिराज अर्याल, सहायक जिल्ला शिक्षा अधिकारी तोयानाथ लम्साल, वैदेशिक रोजगारीको क्षेत्रमा कार्यरत संघसंस्था लगायत वैदेशिक रोजगारीबाट फर्किएका वैदेशिक रोजगारीका क्रममा ठगिएका युवा पनि सहभागी थिए देश परदेश यात्रा अन्तरगत अर्को सार्वजानिक सुनुवाई मंगलबार धनुषामा हुने  


, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस