दीगो एकिकृत फोहोर मैला व्यवस्थापन सम्बन्धी जनचेतना मुुलक अभियान सन्धिखर्कमा सम्पन्न

बसन्त श्रेष्ठ छापेली

दीगो एकिकृत फोहोर मैला व्यवस्थापन सम्बन्धी जनचेतना मुुलक अभियान बिहिवार अर्घाखाँचीमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । सन्धिखर्क नगरपालिका, फोहोर मैला व्यवस्थापन प्राबिधिक सहयोग ललितपुुर, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय अर्घाखाँची र सिर्जनसिल एकिकृत दिगो विकास समाज काठमाण्डौको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।

     
        कार्यक्रमको अवसरमा सन्धिखर्कमा सरसफाई तथा जनचेतनामुुलक बाजा गाजा सहितको ¥यालीको समेत आयोजना गरिएको थियो । विहान भएको ¥याली सन्धिखर्क शान्ति बगैँचाबाट सुरुभई चुत्रावेशी बजार परिक्रमा गरी सभाहलमा पुगी  कोणसभामा परिणत भएको थियो । ¥याली पछिको सभालाई फोहोर मैला व्यवस्थापन शाखा प्रमुुख विश्वमणी ज्ञवालीले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दे शाखा प्रमुुख ज्ञवालीले सन्धिखर्क नगरपालिकालाई पूर्ण सरसफाई युुक्त नगरपालिका घोषणा गरी नमुुना योग्य बनाउनुुपर्ने बताउनुुभयो । उहाँले जिल्लामा सरसफाईमा उत्कृष्ठ जिल्ला तथा नगरपालिकालाई छनोट गरी पुरस्कृत गरिने बताउनुुभयो । उहाँले खुल्ला दिशामुुक्त जिल्ला घोषणा शौचलयको निर्माण र प्रयोग मात्रै भएको भन्दै पूर्ण सरसफाई भने फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । सरकारले फोहोर मैला व्यवस्थापन नगर्नेलाई ५ हजार देखि १ लाख सम्म जरिवाना गर्न सक्ने बताउनुुभयो ।
      
         कार्यक्रममा स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतमले पूर्ण सरसफाईलाई सफल पार्न कुहिने र नकुुहिने फोहोरको छुट्टा छुट्टै व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । गौतमले फोहोरलाई मोहोरमा रुपान्तरण गर्नु पर्नेमा जोड दिनुभयो ।
       
           उद्योग बाणिज्य महांघका केन्द्रिय सदस्य तथा अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नगरपालिकाको श्रोत साधनलाई बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले फोहोर मैलालाई समयमै व्यवस्थापन नगरे दुगन्र्ध फैलने भन्दै प्रयाप्त श्रोत साधनको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थीले पूर्ण सरसफाईलाई प्रभावकारी रुपमा लैजानुुपर्ने बताउनुुभयो ।
                             
              कार्यक्रममा प्रमुुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, नेपाली कांग्रेसका जिल्ला सभापति, नेकपा एमाले जिल्ला कमिटि कार्यबाहक अध्यक्ष जीवनारायण कोइराला, नेकपा माओवादी केन्द्रका राजेन्द्र आचार्य, राप्रपाका देबि बहादुर खड्का, राप्रपा नेपालका नेत्र बहादुर शारु, नयाँ शक्तीका खिमबहादुर बिक, परिवार दलका डिल्लीराज भुसाल लगायतको आथित्यता रहेको थियो । कार्यक्रमको समापन गर्दे सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले नगरपालिकालाई नमुुना बनाउन सम्पूर्ण टोलसुधार समिति र सम्पूर्ण सरोकारवालको भूमीका महत्वपूर्ण रहेको बताउनु भएको थियो । उहाँले पूर्ण सरसफाईका लागि सम्पूर्ण पक्ष जिम्मेवार रहनुपर्नेमा जोड दिनुभयो ।
             
कार्यक्रम सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीको अध्यक्षता, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख सुरत कुमार बमको स्वागत मन्तब्य र शेषकान्त घिमिरे ओसनको सञ्चालनमा सम्पन्न भएको थियो ।

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस