आधिकारीक टे«ड युनियनमा आफ्नो जित सुनिश्चित रहेको दाबी

बुुलन्द संवाददाता
 अर्घाखाँची
नेपालमा पहिलो पटक हुुन लागेको आधिकारीक टे«ड युनियनको निर्वाचनमा आफ्नो जित हुने बिभिन्न कर्मचारी संगठनले दाबी गरेका छन् । 
             आज बिहान देखि देशभर सुरु भएको निर्वाचनमा अर्घाखाँचीमा तीन संगठन चुनावी मैदानमा उत्रिएका छन् । त्यस मध्ये जिल्लामा रहेका नेपाल निजामति कर्मचारी संगठन र नेपाल निजामति कर्मचारी युनियन संघले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । जिल्लामा टिका लगाउदैमा आफ्नो जित भएको भन्ने परिपाटी र तडक भडक गर्ने प्रबृति रहेको भन्दै कर्मचारी संगठनका जिल्ला अध्यक्ष तिलम मिश्रले संगठनकोे जित निश्चित रहेको दाबी गर्नुभयो । यता युनियन संघको पनि दाबी उस्तै  छ ।

            युनियन संघका अध्यक्ष प्रकास भट्टराईले आफ्नो संगठनको जित रहेको दाबी गर्नुभयो । युनियन संघको सक्रियाता चुनाव जित्ने आधार रहेको बताएको श्रोतले जनाएको छ । निर्वाचनमा नेपाल निजामति कर्मचारी संगठ, नेपाल निजामति कर्मचारी युनियन संघ र राष्ट्रिय कर्मचारी संगठन चुुनावी मैदानमा छन । अर्घाखाँचीमा ३ सय ९९ मतदाता रहेका छन । दिउसो सवा १२ बजे सम्म झण्डै १ सय ६० भन्दा धेरै मत खसिसकेको छ । 


Related  News
राष्ट्रिय समाचार
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन आज हुँदै
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन आज हुँदैछ । निर्वाचनमा करिब ५५ हजार कर्मचारीले मतदान गर्दैछन् । निर्वाचनका लागि ७ वटा कर्मचारी संगठनले उमेदवारी दर्ता गराएका छन् । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन हुनेछ । 
                                 नेपाली कांग्रेस निकटको नेपाल निजामती कर्मचारी युनियन ९संघ०, एमाले निकटको नेपाल निजामती कर्मचारी संगठन, एमाओवादी ९केन्द्र० निकटको नेपाल राष्ट्रिय कर्मचारी संगठन ९निजामती० र मधेशी दलहरु निकटको नेपाल मधेशी निजामती कर्मचारी मञ्च र मोहन बैद्य समूहको माओवादी निकटको राष्ट्रिय कर्मचारी संगठन प्रतिस्पर्धा छन् । कुनै पनि कार्यालय प्रमुखले भने निर्वाचनमा भाग लिन पाउने छैनन् । सवारीचालक र कार्यालय सहयोगी निजामती कर्मचारीको राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले पनि उमेदवारी दिएको छ । देशभरिका १ सय १७ वटा निकायका १२९ मतदान केन्द्रमा हुने निर्वाचनमा कर्मचारी र सुरक्षाकर्मी गरी २८ सय जनशक्ति खटिनेछ । निजामती सेवा नियमावलीको व्यवस्था अनुसार, मतदाताले कुनै एक संगठनलाई मत दिनेछन् । प्राप्त मतका आधारमा केन्द्रिय, विभागिय र जिल्ला कार्य समिती गठन हुनेछ । सरकारले १ केन्द्रिय, ४२ वटा विभागिय र ७५ वटा जिल्ला कार्यसमितीको निर्वाचन गर्न लागेको हो । 
                   मतदानका लागि सरकारले आज निजामती कर्मचारीका लागि विदा पनि दिएको छ । तर निजामती सेवा ऐन लागू हुने बाहेक अरु संसद, स्वास्थ्य लगायतका अन्य सेवामा भने बिदा हुने छैन ।

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस