ठाऊ ठाऊमा मतगणना सुरु
आधिकारीक टे«ड युनियनको निर्वाचनमा मतदान प्रक्रिया सकिएको छ । नेपालमा पहिलो पटक भएको आधिकारीक टे«ड युनियनको निर्वाचन आज देशैभर मतदान भएको हो ।
अर्घाखाँचीमा ३ सय ९९ मतदाता रहेकोमा जम्मा ३ सय ७२ मात्रै मत खसेको आधिकारीक टे«ड युनियन निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिनुभयो । अर्घाखाँचीमा दुई संगठनको बीचमा कडा प्रतिष्प्रर्धा भएको छ । आफ्नो जित हुने बिभिन्न कर्मचारी संगठनले दाबी समेत गरेका छन् । निर्वाचनमा अर्घाखाँचीमा तीन संगठन चुनावी मैदानमा उत्रिएका छन् ।

त्यस मध्ये जिल्लामा रहेका नेपाल निजामति कर्मचारी संगठन र नेपाल निजामति कर्मचारी युनियन संघले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । जिल्लामा टिका लगाउदैमा आफ्नो जित भएको भन्ने परिपाटी र तडक भडक गर्ने प्रबृति रहेको भन्दै कर्मचारी संगठनका जिल्ला अध्यक्ष तिलम मिश्रले संगठनकोे जित निश्चित रहेको दाबी गर्नुभयो । यता युनियन संघको पनि दाबी उस्तै छ ।
युनियन संघका अध्यक्ष प्रकास भट्टराईले आफ्नो संगठनको जित रहेको दाबी गर्नुभयो । युनियन संघको सक्रियाता चुनाव जित्ने आधार रहेको बताएको श्रोतले जनाएको छ । निर्वाचनमा नेपाल निजामति कर्मचारी संगठ, नेपाल निजामति कर्मचारी युनियन संघ र राष्ट्रिय कर्मचारी संगठन चुुनावी मैदानमा छन । निर्वाचनमा देशका बिभिन्न ठाउमा मतगणना सुरु भैसकेको छ ।
देशभर भएको आधिकारीक टे«ड युनियनको निर्वाचनमा मतदान प्रक्रिया सकियो अपडेट सहित
Related news
आधिकारीक टे«ड युनियनमा आफ्नो जित सुनिश्चित रहेको दाबी

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस