किमडाँडामा भिषण आगलागी हुुँदा ११ घर गोठ जलेर नष्ट
बुलन्द संवाददाता
अर्घाखाँची
सन्धिखर्क नगरपालिका २ भलायडाडामा शनिवार लागेको आगोले ११ घर गोठ जलेर नस्ट भएका छन् । जङ्गलमा लागेको आगो तीब्र गतिमा चलेको हावाहुरीका कारण बस्तिमा प्रवेश गरेको थियो ।
आगलागीले भलायडाडाका अशोक पोख्रेल, भेषराज बन्जाडे, शालिकराम पोख्रेल ,गणेश बुढाथोकीको घर गोठ र सन्धिखर्क १० का डिल्लीराज मरसिनिको गोठ जलेर नस्ट नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रंहरी नायव उपरिक्षक नवरत्न पौडेलले बताउनु भयो । आगो नेपाली सेना, नेपाल प्रहरी, नगरपालिकाको दमकल र स्थानीय वासीको लामो प्रयास पछि आईतवार बिहान करिब २ बजे नियन्त्रणमा आएको थियो ।
video
आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडाबर्तन, काठपात सबै जलेर नष्ट भएका छन् । दिउसो ३ वजे भलायडाँडा जङ्गलबाट शुरु भएको आगोले सयौं रोपनी जङ्गल विनास गरी किमडाँडा वस्तीमा समेत क्षति पु¥याएको हो । आगलागी भए सँगै सयौंको संख्यामा घट्ना स्थलमा पुगेका सेना, प्रहरी र स्थानीय वासिन्दाको निरन्तर प्रयासका बावजुत पनि आगोले आधा दर्जन घर तथा केही गोठहरु र चौपया समेत जलेर नष्ट भएको थियो ।
सदरमुकाम सन्धिखर्क नजिकैको भलायडाँडा जङ्गलबाट शुरु भएको आगो राती अवेर सम्म पनि किमडाँडाको जङ्गल र वस्तीमा फैलिएको थियो । आग्लागीका कारण गाउँमै रहेको सामुुदायिक रेडियो अर्घाखाँचीको स्टुडियोमा पनि सामान्य क्षति भएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, चन्दनाथ गणका गणपति उज्जोल बिक्रम राणा, प्रहरी नायव उपरिक्षक नवरत्न पौडेल, जिल्ला वन अधिकृत बलिराम पण्डीत लगायतका कार्यालय प्रमुखहरु पनि आगलागी भएको क्षेत्रमा खटिनुुभएको थियो ।



0 comments
तपाइको प्रतिक्रिया दिनुहोस