आफ्नो पीडा र चोटलाई गीतको माध्यमबाट प्रस्तुत ;दिपक शाह
lji0f' 7s'/L æ/fgLÆ
अर्घाखाँची
गीतसंगितको क्षेत्रमा अर्का
उदयमान स्रष्टा तथा सर्जक दिपक शाहको
ठुलाहाडिही
९ लट्रे पिपल स्याङ्गजामा जन्मिएका हुन दिपक शाह । उनले सानै उमेर देखि नै गितसंगित
मन पराउने गर्थे । बालापन देखि नै गाउने नाच्ने
गर्ने उनी “फेरी भेट हाम्रो हुन्छ कि हुदैन ” एल्वमबाट आफ्नो साँगितिक यात्रा सुरु
गरेका छन । कहिले गोठालो जादाँ त कहिले घासँ पात गर्दा गीत गुनगुनाउने उनले अहिले आफ्नै
स्वरमा गीत रेकर्ड गरी बजारमा पठाएका छन । गीतसंगितमा लाग्नको लागि घर परिवार,साथीभाई
आफन्त सबैको रहेको उनको भनाई छ । गाउँघर साथै विद्यालयहरुमा गीत गाउँदा शिक्षकको समेत
यहि भनाई रहन्थ्यो कि “तिम्ले गीत गाउनु पर्छ ।” सबै तिरबाट साथ र सहयोग अनि हौसलाले
गर्दा साथै आफ्नो पनि चाहना भएको गीत गाएको उनले बताएका छन ।
एल्वम “फेरी भेट हाम्रो हुन्छ
कि हुदैन ” बजारमा लिएर आएका स्रष्टा तथा सर्जक दिपक शाह यस गीतमा मोडल समेत गरेका
छन । मोडलिङ्ग क्षेत्रमा पनि यस गीतबाट नै प्रवेश गरेका छन । साँगितिक क्षेत्र मोडलिङ्ग
र गायन विधामा “फेरी भेट हाम्रो हुन्छ कि हुदैन ” एल्वमबाट आफ्नो साँगितिक यात्रा सुरु
गरेका उनलाई आगामी दिनमा सफलता मिलोस यहि छ हाम्रो शुभकामना


0 comments
तपाइको प्रतिक्रिया दिनुहोस