सनपा १२ मा मिसन ग्रास रुट अभियान सुरु




नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरूट कार्यक्रम अन्तर्गत पार्टी सुदृढीकरण तथा विस्तार अभियानको सन्धिखर्क १२ मा शुभारम्भ गरिएको छ । नेकपा एमाले केन्द्रीय कमिटिले सञ्चालन गरेको मिसन ग्रास रुट अभियान अन्र्तगत २ महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको सन्धिखर्क १२ वडा स्तरीय भेला तथा प्रशिक्षणको आयोजना गरी शुभारम्भ गरिएको हो ।

 अभियान अन्र्तगत वडाभित्रका सबै टोल टोलमा कार्यकर्ता भेटघाट तथा पार्टी सदस्यता बिस्तार, नबीकरण, पार्टी प्रवेश र पार्टीले गरेका कार्यहरु जनताको बिचमा पुराउने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको हो । कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटि सदस्य कृष्ण प्रसाद श्रेष्ठले सबै जनताको घर घरमा पुगेर पार्टीमा स्वागत गर्ने, पार्टी सदस्यता बिस्तार गर्दै विकासको बाटोमा सबै जनातालाई डोहोराउनुपर्ने बताउनुभयो । सन्धिखर्क नगर प्रमुख समेत रहेका श्रेष्ठले टोल टोलमा योजना संकलन गर्दै जनताका सुख दुखमा पार्टी साथमा रहेको स्मरण गराउनुभयो ।

नेकपा एमाले जिल्ला कमिटि सदस्य धुर्वराज आचार्यले पार्टीले एमालेको गरेका राष्ट्रियता सम्बन्धी कामलाई जनतामाझ पुराई आगमी निर्वाचनमा दुई तिहाइ ल्याउने ध्येयका साथ अभियान सञ्चालन गरिएको बताउनुभयो । नेकपा एमाले सन्धिखर्क नगरकमिटि उप सचिव रिता खड्काले अभियानले पार्टीका कमि कमजोरीलाई सञ्चाउन सघाउ पुग्ने बताउनुभयो । 

कार्यक्रममा नेकपा एमाले जिल्ला सल्लाहकार परिषद सदस्य नारायण प्रसाद श्रेष्ठ, बेक बहादुर श्रेष्ठ, नगर कमिटि सदस्य तथा वडा इन्चार्ज मधुकुमार श्रेष्ठ, नगर कमिटि सदस्यहरु कृष्ण बहादुर नेपाली, डार्बिन बस्याल, ललिता कुवँर लगायतले मन्तब्य राख्नुभएको थियो । 

बैठकले वडाको टोल स्तरीय अभियान सञ्चालनका लागि कार्ययोजना समेत निर्माण गरेको छ । वडा कमिटिका सदस्य राज कुमार श्रेष्ठका ममता मयी माता डिलकुमारी श्रेष्ठको निधमा शोक प्रस्ताव पारिक गर्दै सुरु भएको बैठकमा वडा कमिटिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षता, सचिव बसन्त श्रेष्ठको सञ्चालन र उप सचिव हरि कुमार श्रेष्ठकाे स्वागत रहेको थियो । 


, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस