![]() |
नेपाल निजामती कर्मचारी सगठन अर्घाखाँचीको आयोजनामा वनभोज तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । करिव डेढ बढि निजामति कर्मचारी लगायतको आथित्यता रहेको कार्यक्रममा सन्धिखर्क नगरपालिकाको बलेवाङमा सम्पन्न भएको हो ।
![]() |
कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्वर भुसाल, प्रदेश कमिटी सदस्य कुटमदिन अलि, प्रेमनारायण गैरे, जिल्ला उपाध्यक्ष ईश्वरा प्रोखरेल, सचिव तोजबहादुर रायमाझी, उपसचिव शम्भु प्रसाद प्राखरेल, जिल्ला कार्यालय सचिव लिलबहादुर विक, भगवती माविका प्रअ धुव्र केसी लगायतको उपस्थिती रहेको थियो ।
वनभोजमा प्रमुख जिल्ला अधिकारी शशीधर घिमीरे, कर्मचारी मिलनकेन्द्रका अध्यक्ष सन्तोष खनाल, पेशागत महासंघका केन्द्रिय सदस्य बलराम मिश्र, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य दिलिप केसी, डिभिजन वन अधिकृत, विशेष नापी कार्यालयका प्रमुख डिल्लीराज भण्डारी, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादव सापकोपटा, प्रेस चौतारी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष गणेष खनाल, प्रदेश अध्यक्ष शोभाखर पन्थी, प्रदेश प्रचार बिभागका सदस्य नबिन केसी, जिल्ला अधयक्ष बसन्त श्रेष्ठ लगातको उपस्थिती रहेको थियो ।
वनभोजको अवशरमा संगठनले कार्यक्रममा जिल्लामा नवआगन्तुक निजामति कर्मचारीलाई स्वागत र संगठनका जिल्ला कोषाध्यक्ष शालिक गैरेलाई बिदाई समेत गरिएको थियो । सोही अवशरमा उपहार कार्यक्रम स्वरुप प्राप्त उपहार पाणिनि गाउँपालिकाका आइटी अफिशर उत्तम न्यौपानेलाई हस्तान्तरण समेत गरिएको थियो ।
कुर्सी ढौडमा प्रथम, द्वितीय, तृतीयलाई पुरस्कार समेत वितरण गरिएको थियो । जिल्लामा नेपाल निजामति कर्मचारी संगठनले राष्ट्रसेवासँग सँगै विभिन्न समयमा रचनात्मक कामहरू निरन्तर गर्दै आएको छ । सगठनका जिल्ला अध्यक्ष गणेश भण्डारीको अध्यक्षता, उपाध्यक्ष हरिश्चन्द्र पाण्डेको स्वागत मन्तव्य र सचिव पशुपति खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
0 comments
तपाइको प्रतिक्रिया दिनुहोस