सन्धिखर्क १२ मा भएकाे अाग्लागीबाट दुइ घर जलेर नष्ट, १२ लाख बराबरकाे क्षति


नबिन के.सी

अर्घाखाँची 

सन्धिखर्क नगरपालिका वडा नं १२ कुसुन्ने टोलमा आगलागी हुदाँ १२लाख बराबरको क्षति भएको छ । स्थानीय डम्बर बहादुर मुखीया ज्ञानबहादुर मुखीयाको दुई घर गोठमा आगलागी भएको हो ।  आगलागीबाट २ भैसी , एक हल गोरु र १ वटा बाख्रा पूर्णरुपमा जलेर नष्ट भएका छन । 

यस्तै अन्नपात र तीन तोला सुन समेत जलेको छ ।  हिजो राति ८ बजे  घर नजिकै रहेको परालको टौवाबाट आगालागी भएको हो । स्थानीयहरु जुटेर आगलागी नियन्त्रणको  प्रयास  गरेका थिय । सन्धिखर्क नगरपालिकको दमकल आगो नियन्त्रणको लागी आएपनि रित्तो आएका कारण आगोलागी नियन्त्रण समय लागेको स्थानीय उत्तम पाण्डेले बताए । ‘हामिले ८ बजेको आगोलागी भएको जानकारी पाउन साथ नगरपालिकाको दमकललाई खबर गर्यो ३० मिनेट भित्र आउने दमकल ढाई घण्टा पछि मात्र आई पुग्यो पानि भने २ सय लिटर पनि रहेन्छ । पानी भर्न पूर्न खोलामा गएर आउँदा डेढघण्टा लाग्यो । ’ 

सन्धिखर्क सदरमुकामबाट १५ किलोमिटरको मूलबाटोमा आगलागी हुदाँ समयमा दमकल नपुग्नु र पुगेको दमकल पनि रित्तो जानुले बिपतमा उद्धारको काममा ठिला सुस्ती भएको पिडित राजु कुमालले बताए । घरमा आग लागी भएको थाहपाएर बुटवलबाट आउँदा गोठमा बस्तु भाई दामलोमा जलेका थिए उद्धारको टोली म  आउँदा सबै फर्कियो बिपतको समयमा मानबियता भन्नेनै रहेन्छ । 


उद्धारको लागी खटिएको प्रहरीको टोलीपनि आगो नियन्त्रण नहुँदै जिल्ला फर्किको भन्दै स्थानीयहरु आर्कोशित भएका थिए । बिहान घटनाको बिबरण प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो गरेपछि  पूर्नःशस्त्र प्रहरी , सन्धिखर्क नगरपालिकाको दमकल र जेसिबिको सहयोगमा गाई भैसीको सबलाई व्यबस्थापन र पूर्णरुपमा आगो नियन्त्रणमा आएको  राजु मुखीयाले जानकारी दिए  । 

पानी बिनाको दमकल जानु गैर जिम्मेबारीपन भएकोले यस बारेमा थप अनुशन्धान हुने र आगामि दिनमा यस्तो कमजोरी हुन नदिने सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटोले भने । ‘ आगलागीको घटना मैले बिहान मात्र थाह पाएपछि तत्काल दमकल र जेसी पठाएर उद्धारको काम गरिएको छ । ’

पिडितलाइ नेपाल रेडक्रस साेसाइटी अर्घाखाँची शाखा, सन्धिखर्क नगरपालिका, जिल्ला प्रशासन कार्यालय लगायतकाका बिभिन्न संघ संस्था तथा निकायले घरमै पुगेर राहत बितरण गरेका छन  ।


, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस