सुशासन र सम्बृद्धिको पक्षमा लाग्दा बिभिन्न आरोप प्रत्यारोप खेप्नुपरेको नगरप्रमुख थापाको भनाई














बसन्त श्रेष्ठ छापेली

बुलन्द,  अर्घाखाँची । 

सुशासन र नगरपालिकाको सम्बृद्धिको पक्षमा लाग्दा बिभिन्न आरोप प्रत्यारोप खेप्नुपर्ने बताउनुभएको छ । नगरपालिकालाई सुशासनमैत्री र जवाफदेहि बनाउदा बाराम्बार सत्यलाई कमजोर पार्नखोजिएको बताउनुभयो । 

भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापाले उपप्रमुख खडानन्द बेल्वासेले विकास निमार्णको कार्यमा पटक पटक अवरोध गरेको जिकिर गर्नुभयो । नगरपालिकाको सभाहलमा सोमवार आयोजित पत्रकार सम्मेलनमा मन्तब्य राख्दै उहाँले भन्नु भयो, ‘नगरपालिकाको कामप्रति सबैश्रेत्र र जनतावाट सकरात्मक प्रतिकृया आईरहेको अवस्थामा पनि उपप्रमुख बेल्वासेले कपोलकल्पित तथा पूर्वाग्रहमा आधारित भई जनतालाई दिगभ्रमित पार्ने गरि अभिब्यतmी दिने गरेको बताउनु भयो ।



सोही क्रममा थापाले विकास र सुशासनको सवालमा नगरपालिकाले कसैसँग सम्झौता नगरी अगाडी वढेको बताउनुभयो । थापाले एकपक्षिय रुपमा उपप्रमुखले पत्रकार सम्मेलन गरि गलत प्रचार गरेको भन्दै सप्रमाण सहित पालिकाले गरेको निर्णयहरु समेत पत्रकार सम्मेलनमा सार्वजनिक गर्नुभएको थियो । उहाँले पालिकास्तरमा निमार्ण हुन लागेको १५ शैयाको अस्पताल निमार्णको लागि मापदण्ड बमोजिम कार्यपालिकाको बैठकले गरेको निर्णय जानकारी गराउदै पालिकाको निर्णय समेत सार्वजनिक गर्नुभएको हो ।

उहाँले भन्नुभभयोे, आफै बसेर निर्णय गर्ने, हस्ताक्षर पनि गर्ने अनि कृर्ते भनेर आफै प्रचार गर्ने र आफुले आफै गलत भएको भन्दै प्रचार गर्ने, यो खालको गलत प्रवृतीको खेद प्रकट गर्दछु ।‘

प्रमुख थापाले नगरपालिकाले आफना कार्यहरु छोटो अवधीमा पनि विकास निर्माणका कार्यहरु सडक निर्माण, स्तरोन्नती, खानेपानी, शिक्षा, सिचाई, कृर्षि, स्वरोजगार लगाएका क्षेत्रमा महत्वपूर्ण कामहरु गरेको पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । थापाले नगरपालिकालाई भ्रष्टाचार मुक्तपालिका बनाई जनताको करबाट सञ्चित बजेटलाई सहि रुपमा सदुपयोग गर्नुपर्छ भनि आफुले दृढताका साथ काम गर्दा बिभिन्न पक्षवाट पटक पटक अवरोध सहनु परेको गुनासो समेत ब्यतm गर्नुभयो ।



स्थानीय तहको निर्वाचनमा तत्कालिन माओवादी केन्दसँगको तालमेलमा बिजय भएका नगर उपप्रमुख वेल्वासेले राष्ट्रिय जनमोचाको पालिकामा बहुमत देखेपछि जनमोर्चाको एजेन्डाका पछि लागि आम नगरवासीलाई दिगभ्रमित पार्न खोजेको नगरपालिकाका अन्य जनप्रतिनिधीहरुको भनाई रहेको छ ।

बिज्ञप्तीकाे पूर्ण पाठ






, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस