अर्घाखाँचीको औधोगिक मेलाको गेटमै हिन्दु जागरण नेपालका युवाहरु धार्मिक जनचेतना फैलाउदै

दिपेन्द्र श्रेष्ठ अर्घाखाँची १९ माघ,
हिन्दु जागरण युवा संघ नेपाल जिल्ला कार्य समिती अर्घाखाँचीलका युवाहरुले अर्घाखाँचीमा सञ्चालन भएको तेश्रो अर्घाखाँची महोत्सवमा उपस्थित अवलोकनकर्ताहरुलाई गेटमै हिन्दुत्व सरक्षण को लागि पर्चाहरु बाडेर स्वागत गरेका छन ।
अर्घाखाचीमा भइरहेको १२ दिने मेलामा प्रबेश गेटको नजिकै ३ नम्बर ब्लकमा हिन्दु जागरणका युवाहरुले स्टल राखेर हिन्दुत्वप्रति समाजमा फैलिएका भ्रम निवारण होस् भनेर दिनरात खटेर पर्चा वितरण गर्दै जनचेतना जगाई रहेका छन् ।

अर्घाखाँचीको जिल्लाको सदरमुकाम सन्धिखर्कमा माघ १० गते देखि माघ २१ गतेसम्म हुने कृषि पर्यटन सास्कृतिक एवम औद्योगिक व्यापार मेलामा धार्मिक तथा सामाजिक ब्याक्तित्व नारायण प्रसाद खनाल लगायत अन्य स्थानिय सहयोगीहरुको पहलमा आयोजकले नि शुल्क स्टल अनुदान प्रधान गरेकोमा निकै आभारी छौ”हिन्दु जागरणका युवाहरु बताउन्छन।
लामो समयदेखि निकै सक्रियताका साथ देश तथा बिदेशमा समेत आफ्ना संजालहरुको निर्माण गर्दै  विभन्न माध्यामबाट निकै चर्चा कमाउदै नेपालमा बिगतका दिनहरुमा प्राकृतिक प्रकोप ,दैविक बिपतमा परेकाहरुलाई समेत सहयोग र उद्धार गर्दै निकै लोकप्रियता कमाएको हिन्दु जागरण नेपाल को युवा संघठन हिन्दु जागरण युवा संघठन नेपाल अर्घाखाँची शाखाले पनि बिगत तिन वर्ष यता बिभिन्न पर्ब बिशेष तथा कार्यक्रमहरुलाई मध्यनजर गर्दै बिभिन्न समयमा बिदेशी डलरको भरमा गरिबी ,बेरोजगारी ,अशिक्षा र बाधयाताको फाइदा उठाउदै धर्म परिवर्तन गराउने समाजमा कुरीति फैलाउने र नेपालको सनातन धर्म सस्कार ,सस्कृति,रितिरिवाज,स्वाभिमान माथि ठेस पुर्याउनेहरु संग आफुहरुले प्रतिकार गर्दै डटेर सामना गरिरहेको हिन्दु जागरण नेपालका केन्द्रीय सदस्य तथा हिन्दु जागरण युवा संगठन अर्घाखाँचीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानाकारी दिनुभयो|
महोत्सवमा स्टलमा बसेर नेपालमा इसाईको चलखेल ,हिन्दुत्व को बारेमा फैलाइएका भ्रमहरु,धर्म परिवर्तन के हो ? धर्म परिवर्तनले समाजमा के असर पुर्याउँछ ,बिज्ञानको नजरमा बेद र बाइबल ,हिन्दुत्वको बर्गीय शत्रु ,श्रीमद्भागवत,गीता धार्मिक पुस्तकहरु लगाएत धर्मपरिवर्तन गर्नै हुदैन भन्ने पर्चाहरु वितरण पनी गरिएको छ ।
अध्यक्ष दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष घनश्याम पौडेल, सदस्यहरु प्रतिभा श्रेष्ठ, मेलिना सिंह ठकुरी ,पुष्पा गैरे ,शुशिला घिमिरे, श्रृजना पोखरेल,भाबना पाण्डे, कृष्ण पाण्डे,युनिक कमल क्षेत्री लगायतका युवाहरुको सक्रियतामा पर्चा वितरण भैरहेको बताइएको छ ।



, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस