बुलन्द राष्ट्रिय साप्ताहिकको मंसिर १७ गतेको अंक
काठमाण्डौबाट अर्घाखाँचीका लागि छुटेको बस त्रिशुलीमा
खस्दा मृत्यु हुनेको संख्या ८ पुग्यो
७ बेपत्ता
बुलन्द राष्ट्रिय साप्ताहिकको मंसिर १७ गतेको अंक
काठमाडौंबाट बुधबार बिहान अर्घाखाँचीका लागि छुटेको बस त्रिशुली नदिमा खस्दा ज्यान जानेको संख्या ८ पुगेको छ । २२ जना घाइते भएका छन् । दुर्घट्नामा केही व्यक्तिहरु हराइरहेको अनुमान गरिएको छ । बिहान ५ः४० बजे अर्घखाँचीका लागि छुटेको लु २ ख २९१ नम्बरको बस बिहान झण्डै साढे ९ बजे चितवनको ईच्छाकामना गाउँपालीका–३, फिस्लिङमा दुर्घट्ना भएको थियो । मुग्लिनबाट काठमाडौं जाँदै गरेको ट्रकले ठक्कर दिएपछि बस त्रिशुलीमा खसेको थियो ।
दुर्घट्नामा मृत्यु हुनेहरुमा सन्धिखर्क नगरपालिका ८ किमडाँडा निवासी लक्ष्मी पौडेल, अर्घाखाँचीको हंसपुरका नुदवराज अधिकारी, वाङ्गलाका ओमबहादुर सिंजापति, दैलेखका अम्मर बहादु शाही, बर्दघाटका कृष्ण ढकाल, रुपन्देही देबदहका दिपक पाण्डे, ठेगाना नखुलेका बिष्णु टन्डन रहेका छन् । थप १जनाको यो समाचार तयार पर्दा सम्म सनाखद हुन सकेको थिएन् ।
बस पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट त्रिशुली नदी खसेको हो ।सशस्त्र प्रहरीको गोताखोरले बसलाई २५ फिट तल फेला पारेका थिए । सशस्त्रको विपत व्यवस्थापन टोलीका गोताखोरले चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट खसेको बसलाई फेला पारेसँगै क्रेन लगाएर निकालिएको थियो । चितवनबाट आइरहेको बा ६ ख ४९७२ नम्बरको ट्रकलाई ठक्कर दिएर बस नदीमा खस्न पुगेको थियो । बुधबार विहान बालाजुस्थित बसपार्कबाट २८ जना यात्रुको चलानी लिएर हिँडेका थियो ।यद्यपी यत्तिनै यात्री लिएर हिडेको भने जानकारी एकिन हुन नसकेको श्रोतको भनाई छ ।
७ बेपत्ता ४ अर्घाखाँचीकै
घटनामा बेपत्ता हुनेहरुमा सन्धिखर्क १ कि मनिषा थापा, भुमिकास्थान नगरपालिका–३, साविक (धारापानी –७) का नबराज बन्जाडे, मालारानी गाउँपालिका ५ कार्कीटोला बागीका दुर्गा बहादुर कार्की, र भुमिकास्थान ( ७ सलेन्धाराकी हुमकला रागु मगर रहेका छन् । रुपन्देहीको सैनामैना नगरपालिका बासगढीका शंकर कुवर, नवलपरासी गैंडाकोट १३ का बिकास रेग्मी र कोपिला पोख्रेल रहेका छन् । उनीहरुको भने शुक्रबार बिहान ९ बजेबाट पुन खोजिकार्य सुरु गरिएको थियो ।
८ महिने शिशु भेटियो आमा बेपत्ता
दुर्घटनामा ८ महिने शिशु भने बाँचेका छन् । अर्घाखाँचीको सन्धिखर्क–१ निवासी आमा मनिषा थापा भने त्रिशुलीमा बेपत्ता छिन् ।शिशुको आईसियूमा उपचार भइरहको छ । शिशुको छाति र हातमा चोट लागेको छ । उपचारका लागि उद्धार गरी भरतपुर पु¥याइए लगत्तै पुरानो मेडिकल कलेजको इमरजेन्सीकक्षबाट शिशुलाई आईसियूमा सारिएको थियो ।
‘त्रिशुलीमा खसेको बसबाट उछिटिएर शिशु नदीको किनारमा लडिरहेको अवस्थामा सुरक्षाकर्मीले उद्धार गरेका हुन उद्धारमा संलग्न सुरक्षाकर्मीले बताए । शिशुका बाबु साउदी अरबमा रहेको बताइएको छ । शिशुका आफन्त सोभित समालले बस दुर्घटनामा शिशु बाँचेको बुधबार राति मात्र थाहा पाएको बताए । ‘बच्चाको अवस्था ठिक छ,’ उनले भने, ‘अहिले आईसियू कक्षमा उपचार जारी छ ।’ बच्चाको रेखदेख गर्न ठुलोबुवा र ठुलीआमा समेत अस्पताल आएका छन् ।
उद्धारमा ढिलाइ
बस दुर्घट्ना भएपछि घाइतेको समयमा उद्धार नभएको आफन्तले गुनासो गरेको थिए । उद्धार नगरी छाडिएपछि त्रिशूली बस दुर्घटनाका घाइते अलपत्र परेका थिए । उद्धारमा पुगेका एम्बुलेन्सले ठाउँ नभएको भन्दै छाडिएपछि दुर्घटनाका दुई घाइते अलपत्र परेका हुन् । घाइतेका आफन्त आफैले हेलीकप्टर मगाएर घाइते ध्रुर्व दमासेको परिवारले आफ्नै खर्चमा हेलिकप्टर मगाएर बिरामी काठमाडौंको ग्रान्डी अस्पताल पु¥याएका हुन् । उक्त हेलिकप्टरमा घाइते निशा थापालाई समेत लगिएको थियो ।
मुग्लिन, जोगिमारा र गजुरीबाट पुगेको प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले घाइतेको उद्धार गरिएको थियो । गलत दिशाबाट आएको ६ ख ४९७२ नम्बरको ट्रकसँग ठोक्किएर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । श्रोतका अनुसार ट्रकका चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ । घट्ना लगत्तै जिल्ला स्थित राजनीतिक दल र उमेद्वारहरुले दुःख व्यक्त गरेको थिए ।
बुलन्द राष्ट्रिय साप्ताहिकको मंसिर १७ गतेको अंक







0 comments
तपाइको प्रतिक्रिया दिनुहोस