विद्यार्थीको दात स्वस्थ्य राख्नको लागि अर्घाखाँचीमा दन्त शिविर सञ्चालन

अनिल नेपाली
अर्घाखाँची,मङ्सिर १६(विद्यार्थी दात स्वस्थ्य राख्नको लागि सन्धिखर्क २ मा रहेको रेम्वो मन्टेश्वरी जोनले निदान डेन्टल केयरको समन्वयमा १ दिने शिविर शुक्रबार सम्पन्न गरेको छ । शिविरमा दात सम्वन्धी  लाग्ने विभिन्न रोगहरुको उपचार यसबाट बच्नका लागि के गर्ने कसरी गर्ने भन्ने बारेमा जानकारी गराई विधार्थीको शिविरमा दाँत सम्वन्धी रोगको अवलोकन गरिएको छ ।
शिविरमा विद्यार्थीलाई  दाँत तथा मुखबाट लाग्ने रोगबाट बचाउनका लागि  शिविर सञ्चालन गरिएकोे यसले गर्दा विद्यार्थीलाई दात तथा मुख रोगबाट बचाउन सकिने भएकोले शिविर सञ्चालन गरिएको रेम्वो मन्टेश्वरी जोनका प्रवन्ध निदेशक रमेश चुदाँलीको भनाई रहेको छ ।शिविरमा बालबालिकाले विभिन्न प्रकारका गुलिया पदार्य अत्यधिक मात्रामा खाई यसले गर्दा बालबालिकाको दातमा असर गर्ने भएकोले शिविर सञ्चालन गरिएको शिविर पटक पटक सञ्चालन गरी विद्यार्थीको स्वास्थ्यमा सुधार ल्याइने जोनका कार्यकारी अध्यक्ष कृष्ण हमालको भनाई रहेको छ ।शिविरमा विद्यार्थीको दाँत तथा मुखको अवलोकन गदै विद्यार्थीले विभिन्न प्रकारका गुलिया पदार्थका मिठाई खाने भएकोले यसबाट बचाउनका लागि अभिभावकले सम्वनधी निकायले ध्यान दिनुपर्ने निदान डेन्टल केयरका डा ः महेन्द्र प्रताप रायमाझीको भनाई रहेको छ ।

,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस