नयाँ सरकार पछि ५ हजार भत्ताः रायमाझी, जोत्ने र पोत्नेको नारा लागु गर्ने संकल्प छः घिमिरे
हृदय कुमार भुसाल
बुलन्द, अर्घाखाँची

निर्वाचन प्रचार अभियान अन्र्तगत सयुतmबाम गठबन्धन अर्घाखाँचीले शितगगा नगरपालिकाको वाड नम्वर १० साबिकको सिद्दारा बर्रे खुम्चीकोट लगाएतका स्थानमा चुनावी सभा घरदैलो,तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । चुनावी सभालाई सम्बोधन गदै पुर्व उपप्रधानमन्त्री तथा बाम गठबन्धन अर्घाखाची प्रतिनिधी सभा सदस्य पदका उमेदवार टोपबहादुर रायमाझीले कम्युनिष्टको सरकारले २०५१ सालबाट सुरु गरेको एक सय रुपैयाको वृद्दा भतmालाई अव बन्ने वाम गठबन्धनको सरकारले पाँच हजार पुराउने घोषणा गर्नु भएको छ । नेता रायमाझीले गरिवी दलित शोषित पिडित श्रमजिवी वर्गको बस्तीहरुमा अव परिर्वतनको अनुभुती हुने गरि बिकास गर्ने बताउनु भएको छ ।
रायमाझीले साबिकाको सिद्धारा गाबिसमा वाटो बिजुली खानीपानी तथा स्वाथ्य शिक्षाका समस्याहरुलाई क्रमस सामाधान गर्दै सिद्धारा गाबिसमा कृषिको पकेट क्षेत्र बनाउदै,सिद्धारालाई नमुना बस्ती बिकासको कार्यक्रम लागू गरि सुन्दर र सवृद्द सिद्दारा बनाउने बताउनु भएको छ ।
कार्यक्रमका बिशेष अतिथी एवम गठबन्धनका प्रदेश सभा क्षेत्र नम्वर २का उमेदवार रामजी प्रसाद धिमिरेले कम्युनिष्टले उठाएको जोत्ने र पोत्नेको नारालाई अव बन्ने गठबन्धनको नयाँ सरकारले पुरा गर्ने बताउनु भयो । नेता घिमिरे भुमिहिन गरिव सुकुम्वासी जनतालाई अव मालिक बनाउने बताउदै उहाँले शिक्षा स्वाथ्य सञ्चार,को बिकास गदै नौमेरे जलबिधुत परियोजना सञ्चालन गर्ने र सिद्दारावासी जननाको अनुहारमा खुसी दिने बताउनु भयो ।

नेता घिमिरेले आफुहरु यतिबेला जनताको अदालतमा अभ्यएको भन्दै आफुहरुले यो अदालतवाट जनतालाई न्याए बिकास र सवृद्धी दिने बताउनु भएको छ । घिमिरे अव बन्ने सरकारले कृषिमा आधुनिकिकरण र औधौगिक क्रान्ती मार्फत रोजगार र स्वरोजगार मार्फत बेरोजगारुी समस्या समाधान गर्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा निबर्तमा सभासद डा दुमनसिह थापाले मलुकलाई बिकास र सवृद्दिमा दिशमा अगाडी बढाउन गठबन्धनलाई दुई तिहाई मतले बिजय गराउन आग्रह गर्नु भएको थियो ।
कार्यक्रमा माओवादी केन्दका जिल्ला सहसयोजक तोज बहादर रायमाझी बिधान लागाएतका नेताहरुले मनतब्य राख्नु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख रिसी पुलामी, सितगगा नगरपालिका निर्वाचन परिचालनका सयोजक बसन्त श्रेष्ठ, सहसयोजक बिष्णु गैरे, माओवादी केन्दको केन्दिय सदस्य, ओपि पाण्डे,लिल बहादुर जिसी एमाले जिल्ला कमिटी सचिवालय सदस्य खगेश्वर पन्थी, एमाले जिल्ला सदस्य तथा उधोग वाणिज्य सघका जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, वाड अध्यक्ष रुकेश आले,एमाले अर्घाखाँची काठमाण्डौ सम्पर्क मञ्चका सचिव नारायण शर्मा, प्रगतीशील प्रध्यापक सघका सदस्य गोपाल घिमिरे, एमाले जिल्ला सदस्य महिला नेतृ गिता भाट,सिआइजि अध्यक्ष मुतmीनाथ भुसाल,प्रेश चौतारी उपाध्यक्ष हृदय कुमार भुसाल, पत्रकार बिष्णु आले,अराजसिह वेल्वासे राष्टिय कलाकार,घनश्याम पाण्डे,जिवन परियार,स्थानिय नेताहरु, नेत्र प्रसाद बेल्वासे, धनप्रसाद बेल्वासे,रवि बेल्वासे, बिष्णु परियार, ओपी राना,बिष्णु पौडेल, चुरामणी बिक, डिलाराम अधिकारी, तिलक अधिकारी लगाएतका नेताहरुको आथित्यता रहेको थियो ।
चनावी सभामा नेपाली काग्रेस परित्याग गरि पुर्व वाड अध्यक्ष भबिलाल स्वती,टिका ढकाल,पित बहादुर सुनार गिता सुनार त्यस्तै नयाँ शतिm पार्टीका यागश्वर वेल्वासे लगाएतका भिभिन्न्न पार्टी परित्याग गरि १०० भन्दा धेरै गठबन्धनमा प्रवेश गरेका छन । कार्यक्रम गठबन्धनका नेता भिम केसीको अध्यक्षता,केशव वेल्वासेको सञ्चालन र नारायण बेल्वासेको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस