बुलन्द साप्ताहिकको कार्तिक १९ गतेको अंक


ह्वात्तै बढ्यो चुनावी माहोलः
प्रतिनिधी सभामा दुई पुरानै प्रतिष्प्रर्धी
बुलन्द, अर्घाखाँची
  
कांग्रेस बाम गठबन्धन
जिल्लामा २१ गते हुने प्रदेश र प्रतिनिधी सभाको निर्वाचनका लागि मनोनयन दर्ता भएसँगै चुनावी माहोल ह्वात्तै बढेको छ । अर्घाखाँची जिल्लामा रहेका राजनैतिक दलहरुले मंसिर २१ गते हुने निर्बाचनको लागि बाजा गाजा सहित उत्साह पूर्ण रुपमा मनोनय दर्ता गरेका छन । जिल्लामा नेपाली  कांग्रेसका तर्फबाट  प्रतिनिधी सभाका लागि डा. रामबहादुर बि.सी, बाम गठबन्धनबाट माओबादी केन्द्रका नेता टोपबहादुर रायमाझी, राष्ट्रिय जनमोर्चाको तर्फबाट शेर बहादुर बि.सी, नयाँशक्तिका तर्फबाट छन्दबहादुर पन्थी, राप्रपा राष्ट्रबादी भोजराज दमासे, बिबेकशील साझा पार्टी बिष्णुप्रसाद मिश्र र स्वतन्त्रबाट डिल्लीराज भुसालको मनोनयन दर्ता भएको छ । 
एमाले अध्यक्ष र कांग्रेस समापति चुनावी मैदानमा
प्रदेश सभा क्षेत्र नम्वर १ बाट नेपाली कांग्रेसका तर्फबाट बिष्णु खनाल, बाम गठबन्धनबाट चेतनारायण आचार्य, राजमोबाट सागर के.सी, नयाँशक्तिबाट गोकर्ण थापा, साझा बिबेकशिलबाट हरिप्रसाद भुसाल, राप्रपाबाट दिपक कुवँर र स्वतन्त्र रुपमा रोमाहर्ष खनालले मनोनयन दर्ता गरेका छन । प्रदेश सभा क्षेत्र नम्वर २ तर्फ नेपाली काग्रेसका हिम्मत टण्डन, बाम गठबन्दनबाट रामजीप्रसाद घिमिरे, नयाँ शक्तिबाट टुकमान हिताङ्ग, नेकपा मालेबाट बिना सुनार, राप्रपाबाट अमरबहादुर थापा र मजदुर किसान पार्टीबाट गणेश पौडलको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
जिल्लामा ७१ हजार ३ सय ५० महिला र ६६ हजार ६ सय ७८ पुरुष गरी कुल १ लाख ३८ हजार ३ सय २८ मतदाता रहेका छन् । प्रदेश सभा  १ मा  ६५ हजार २ सय ६ र प्रदेश सभा २ मा  ७३ हजार १ सय २२ मतदाता  रहेको जिल्ला निर्बाचन अधिकृत केदार नाथ शर्माले बताउनुभयो  । प्रदेश १ मा २८ र २  मा ३३ वडा रहेका छन् । जिल्लामा ९३ मतदान केन्द्रमा १७४ मतदान केन्द्र तय गरिएको उहाँले जानकारी दिनुभयो । ‘निर्वाचनमा १८ सय शिक्षक कर्मचारी परिचालित हुँदैछन्’ उहाँले भन्नुभयो, निर्वाचन शिक्षाका लागि १ सय ७४  मतदान केन्द्रमा एक एक जना निर्वाचन शिक्षा कार्यकर्ता  खटिएका छन् ।’
महिला मतदाताको संख्या धेरै रहेकाले प्रत्येक मतदान केन्द्रमा महिला प्रहरी खटाइने प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले बताउनुभयो । स्थानीय निर्वाचनमा भन्दा ३ सय म्यादी प्रहरी थप गरिएको भन्दै सुरक्षा व्यवस्थालाई पनि मजवुत बनाइने जानकारी दिनुभयो । स्थानीय निर्वाचन शान्तिपूर्ण र धाँधली रहित ढंगले सम्पन्न गरेका थियौं उहाँले भन्नुभयो, अबका निर्वाचनमा पनि कुनै प्रकारको समस्या आउन दिने छैनौँ ।’ 
मनोनयन दर्ता पछी सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसबाट प्रतिनिधी सभा सदस्य पदका उमेद्वार डा. रामबहादुर विसीले जबसम्म संविधान कार्यान्वयन हुदैँन तब सम्म देशको विकास नहुँने बताउँदै संविधान कार्यन्वयनका लागि लोकतान्त्रीक गठबन्धनलाई विजयी गराउँनुपर्ने बताउनुभयो । देशलाई आर्थिक सम्वृद्धिको दिशातिर लगेर गरिवी हटाउँने उद्देश्यका साथ उम्मेदवारी दिएको बिसीको भनाई थियो । संयुक्त बाम गठबन्धनका तर्फबाट प्रतिनिधी सभाका उमेद्वार रायमाझीले नेकपा एमाले र नेकपा माओवादी मिली बामपन्थी शक्तीहरु एकतावद्ध गरेर देशलाई सम्वृद्धिको दिशातिर लैजान आफनो उम्मेदवारी रहेको बताउनुभयो । लामो समयको कसरतबाट मुलुकमा संबिधान निर्माणको कार्यभार पुरा भएको भन्दै अबको बाटो आर्थिक सम्बृद्धि र सामाजिक रुपान्तरण रहेको प्रतिक्रिया दिनुभयो । 
मनोनयन दर्ता पछिको कोण सभामा बाम गठबन्धन उम्मेदवार तथा नेताहरुले सम्बोधन गरेको थिए । नेकपा एमालेका केन्द्रीय सदस्य नजिर मियाँले राष्ट्रियताको रक्षा र दीगो विकासका लागि वाम गठवन्ध निर्माण गरिएको  बताउनुभयो । प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार चेतनारायण आचार्यले कम्युनिष्ट पार्टी बीचको एकताले नागरिकमा निकै उत्साह आएको भन्दै आर्थिक समृद्धि राजनीतिक स्थायीत्वका लागि वाम गठवन्धको विकल्ल नभएको बताउनुभयो । उहाँले वाम  गठवन्धनका उम्मेदवारहरुले विजयी हासिल गरेपछि  दलगत र व्यक्तिगत स्वार्थ भन्दा माथि उठि राष्ट्र र जनताको पक्षमा आफूलाई समर्पित गर्ने बताउनुभयो  । प्रदेश सभा क्षेत्र नं. २ का उम्मेदवार रामजी प्रसाद घिमिरेले वामपन्थी  एकता सँगै नयाँ युगको थालनी भएको बताउनुभयो । उहााले वाम पन्थी शक्तिहरुलाई लडाएर फाइदा लिइरहेका शक्तिहरुले वाम गठवन्ध विरद्ध विषवमन गरिरहेको आरोप लगाउनुभयो । अर्घाखाँची जिल्ला क्षेत्र नं. २ का निवर्तमान सांसद डा दुमन सिंह थापाले वामपन्थी गठवन्धका उम्मेदवारको जित सुनिश्चित भएको बताउनुभयो ।  माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार विकको अध्यक्षता, एमाले जिल्ला उपाध्यक्ष जीवनारायण कोइराला स्वागत मन्तव्य र माओवादी केन्द्रकी सहसंयोजक छमकुमारी खनाल चिनारीको सञ्चालनमा कार्यक्रम  सम्पन्न भएको थियो ।







, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस