अर्घाखाँचीमा बाम गठबन्धन टोलटोलमा पुग्दा ह्वात्तै बढ्यो जनमत

जनताको जिवनस्तरमा परिर्वतन हुने रायमाझी
मुलुक क्रमस बैज्ञानिक समाजवादमा प्रवेश गनै घिमिरे
 हृदयकुमार भुसाल,
बुलन्द, अर्घाखाँची
        मसिर २१ गते हुन गईरहेको प्रतिनिधी तथा प्रदेश सभा सदस्य निवार्चन प्रचार प्रचार अभियान अन्र्तगत आज शितगगा नगरपालिका साबिकको सितापुर र सुवर्णखाल गाबिसमा चुनावी सभा,भेटघाट तथा घरदैलो अभियान सम्पन्न भएको छ ।
            चुनावी सभालाई सम्वोधन गर्दे पुर्व उपप्रधानमन्त्री तथा बामगठन्धनका प्रतिनिधी सभा सदस्य पदका उमेदवार टोप बहादुर रायमाझीले राजनैतिक क्रान्ती पुरा गरि आर्थिक क्रान्तmीमा प्रबेश गरेको भन्दै रायमाझी ले  अव बन्ने बाम गठबन्धनको नयाँ सरकारले जनताको जिबनस्तरमा देखिने गरि परिर्वतन गर्ने बताउनु भएको थियो ।
            नेता रायमाझी, कृषर््िा पर्यटन,उधोग,जलबिधुत परियोजना सञ्चालन  गर्दे अर्घाखाँची जिल्ला मा भएको बेरोजगारी र गरिवी लाई ध्वस्त पार्ने बताउनु भयो । रायमाझीले निर्वाचन पछि नेपालमा छरिएर रहेका सबै कम्युनिष्ट पार्टिलाई मिलाएर एउटै पार्टी निर्माण गर्नै भन्दै विगतमा जुन बेला कम्युनिष्ट सरकार भए त्यती बेला मात्र  महत्वपुर्ण र उपलब्धीमुलक काम भएको बताउनु भयो ।
कार्यक्रममका बिशेष अतिथी एवम बाम गठबन्धन प्रदेश सभा क्षेत्र नम्वर २ का उमेदवार रामजी प्रसाद घिमिरेले चुनावी सभालाई सम्वोधन गर्दे,निर्वाचन पछि मुलुक क्रमस बैज्ञानिक समाजवादमा प्रवेश गर्ने बैताउनु भयो ।
         नेता घिमिरेले अव सवैले देख्ने गरि काम गर्ने भन्दै उहाँले,जिल्लाको सा्रेत साधनको उच्च प्रयोग गरि जिल्लामा आर्थिक सामाजिक र सास्कृतिक बिकास गर्दै जिल्लालाई नमुना जिल्ला बनाउने उदघोष गनुभएको छ । उमेदवार घिमिरे ले अव  केन्द,प्रदेश र स्थानिय तहबाट जनताका समस्या हल गर्दै जनतालाई खुसि र सवृद्दि दिने बताउनु भएको छ । 
            चुनावी अभियानमा पुर्व सासद डा दुमनसिह थापा, शितगगा नगरपालिका उपप्रमुख टिका रेश्मी, नेकपा एमाले जिल्ला कमिटी सदस्य गिता भाट,वातारणबिद, मथुरा खनाल लगाएतले मनतब्य राख्नु भएको थियो । कार्यक्रममा  माओवादी केन्दका जिल्ला सहसयोजक तोज बहादुर रायमाझी शितगगा नगरपालिका निर्वाचन परिचालन समितीका सयोजक बसन्त श्रेठ, सहसयोजक,बिष्णु गैरे,पाँच नम्वर प्रदेस सम्पर्क मञ्चका सदस्य बिष्णु आचार्य, माओवादी केन्दका केन्दिय माहाधिबेशन आयोजक सदस्य लिल बहादुर जिसी एमाले पुर्व जिल्ला कमिटी सदस्य कृण्ण भुसाल, एमाले बाम बुद्दि गोपाल घिमिरे, वाईसियलका केन्दिय  अध्यक्ष कृण्ण सारु, सिआईसजि अध्यक्ष मुतmीनाथ भुसाल, प्रेश चौतारीका उपाध्यक्ष हृदय कुमार भुसाल, लगाएतका नेताहरुको आतिथ्यता रहेको थियो ।
           सुर्वणखालको लिब्धी फाटमा गरिएको बिशाल चुनावी सभामा नेपाली काग्रेस परित्याग गरि, कुल बहादुर पहराई, बिजय पहराई,खिम बहादुर सिजापति, हरिकला पहराई, खिम बहादुर सिजापति,छबिलाल बिक, प्रेम परियार,लगाएत ५० काग्रेसका नेता कार्यकर्ता काग्रेस परित्याग गरि बाम गठबन्धनमा प्रवेश गरेका छन ।
कार्यक्रम सितापुरमा वाड अध्यक्ष गोवद्दन थापाको अध्यक्षता,यादव घिमिरेको सञ्चालन,र यादवसिह आलेको स्वागत  त्यस्तै, साबिकको सुर्वखालमा वाड अध्यक्ष बुद्दिकृष्ण पौडेलको अध्यक्षता रिसि घिमिरेको सञ्चालन र कर्ण थापाको स्वागत मनतब्यमा सम्पन्न भएको थियो ।

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस