सुपादेउराली मन्दिरको गुरुयोजना निमार्ण गर्ने बिषयमा छलफल, रावण कुण्ड रहेको झरनामा १ सय ८ धारा जडान गरिने
नविन केसी
सुपादेउराली, अर्घाखाँची । अर्घाखाँची जिल्ला जिल्लाको पर्यटकिय स्थलहरुको बिकासका लागी सरोकार राख्ने निकायसंग छलफल गर्ने उद्धेश्यका साथ साहयक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीको नेतृत्वमा आज सुपादेउराली मन्दिरको गुरुयोजना निमार्ण गर्ने बिषयमा संरक्षण समितिका पदाधीकारीसंग छलफल भएको छ ।

मन्दिरमा आउने दर्शकहरुलाई स्नान गर्ने स्थान नभएको हुदाँ आत्यान्तै प्राकृतीक मनोमक दृश्य रहेका मन्दिर नजिक रावण कुण्ड रहेको झरनामा १ सय ८ धारा जडान गर्ने निर्णय भएको छ । साच्चिकै यो दृश्यमा स्नान र सेल्फी लिनको लागी पदमार्ग निर्माण गर्ने र व्यबस्थीत पार्किङ्गको काम समेत अगाडि बढ्ने छ ।
साथै राजमार्गमा बिदेशी भुमीमा रहनु भएका साथीहरुले निमार्ण गर्न लागेको स्वागत गेटका बिषयमा समेत छलफल गरिएको थियो । संरक्षण समितिका अध्यक्ष पृत्म थापाले भने “मन्दिरबाट उठेको भेटी यसै क्षेत्रको बिकाश गर्ने हो सायहक सर संग नयाँ योजना र भिजन छ उहाँको सरसल्हामा प्राबिधीक अध्यन पश्चात गुरुयोजना निर्माण गरेर काम गर्ने सोचमा छौ ” । पछिल्लो समय लदाम बगैचा निर्माण गरेर चर्चामा पुगेका नारायण खत्री अहिले देउरालीको बिकाशका लागी गुुरु योजना निमार्ण गर्ने अभियानमा लागेका छन ।
खत्रीले यस क्षेत्रको व्यापक प्रचार प्रसार गर्न नसकदा बाह्य पर्यटकमा कमि आएको उनले बताए । युवाहरुनै यसको बिकाशमा लाग्नु पर्नेमा समेत जोड दिए ।






0 comments
तपाइको प्रतिक्रिया दिनुहोस