अर्घाखाँचीमा एक व्यक्ति जंगली जनावर रतुवाको छाला सहित पक्राउ

अर्घाखाँचीमा एक व्यक्ति जंगली जनावर रतुवाको छाला सहित पक्राउ परेका छन् ।
जिल्लाको मालारानी गाउँपालिका वडा नं. ६ हंसपुर निवासी फर्स बहादुर रानालाई रतुवाको ६ थान छाला सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
बिभिन्न संरक्षित जंगलि जनावरको सिकार गरि छाला बेचबिखन समेतको कारोबार गर्ने गरेको भन्ने  बिषेश सुराकीको आधारमा रानालाई  आज बिहान उनको घरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिएको त्यहाँबाट नयाँ एफ.एम.ले समाचार पठाएको छ ।

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस