बुलन्द राष्ट्रिय साप्ताहिकको चैत्र ६ गतेको अंक
जिल्लाका ६ स्थानीय निकायमा जनताका काम सुरु
बसन्त श्रेष्ठ ‘छापेली
बुलन्द, अर्घाखाँची
सरकारले स्थानीय निकायको पुुर्न संरचना प्रतिवेदन कार्यान्वयन गरे लगत्तै देशभरका नगरपालिका र गाऊ पालिकामा कार्य सुुरु भएको छ । अर्घाखाँची जिल्लामा सन्धिखर्क नगरपालिका बाहेक नयाँ स्थानीय तहको संरचना अनुसार निर्माण भएका थप नयाँ दुई वटा नगरपालिका र तीन वटा गाउँ पालिका कार्यालयको एकैसाथ उद्घाटन गरिएको छ । दुई वटा नगरपालिका र तीन वटा गाउँ पालिका कार्यालयको एकैसाथ उद्घाटनसँगै बिहीवार देखि जनताको काम गर्न सुरु गरिएको छ ।
जिल्लाको दक्षिणखाँचीमा रहेको शितगङ्गा नगरपालिकाको ठाडा स्थित कार्यालय र भुमिकास्थान नगरपालिकाको नुवाकोट स्थित कार्यालय तथा छत्रदेब गाँउपालीकाको छत्रगंज स्थित कार्यालय, पाणिननि गाँउपालीकाको खिदिम स्थित कार्यालय र मालारानी गाउँपालिकाको खनदह स्थित कार्यालयहरु स्थापना गरि जनताको काम गर्न सुरु गरिएको हो । जिल्लामा कायम भएको पुरानो सन्धिखर्क नगरपालीका भने निर्वाद सञ्चालनमा रहँदै आएको छ । ठाडा स्थित सितगङ्गा नगरपालीकाको कार्यालय स्थानीय विकास अधिकारी प्रदिप पौडेल, कार्यालयका निमित्त कार्यकारी अधिकृत ओम प्रकाश पाण्डे र प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले संयुक्त रुपमा दिप प्रज्वलन गरि उद्घाटन गर्नुुभएको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्थानीय विकास अधिकारी प्रदिप पौडेलले केन्द्रको अधिकार गाँउमा आएको भन्दै त्यसको संरक्षण, सदुपयोग र विकास गरि जिल्लाकै नमुना नगरपालीका बनाउने जिम्मा जनताको काधमा आएको बताउनुुभयो । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले नगरपालीकाको दुर्गम क्षेत्रका नागरिक माथी राजस्वमा छुट हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रम निमिक्त कार्यकारी अधिकृत ओम प्रकास पाण्डेको अध्यक्षता र सामाजिक परिचालक लेखनाथ पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य बसन्त श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सचिव छबिलाल पौडेल, नेकपा माओबादी केन्द्रका ओपी पाण्डे, राप्रपाका घनश्याम बेल्बासे, मालेका जिल्ला सचिव केदार बेल्बासे लगायतले मन्तब्य राख्दै नगरपालिकालाई विकासको गतिमा अगाडि बढाउने कार्य गर्न नगरबासीको काधमा आएको उल्लेख गर्नुुभयो ।
यता भूमिकास्थान नगरपालिकाको कार्य सञ्चालन तथा कार्यलय उद्घाटन सहायक प्रमुुख जिल्ला अधिकारी नारायण खत्रीले गर्नुुभएको थियो । कार्यलयको उद्घाटन गर्दै सहायक प्रमुुख जिल्ला अधिकारी खत्रीले नगरपालिका भित्रको श्रोत साधनको अधिकतम उपयोग गरी नगरपालिकालाई सक्षम गराउनुुपर्ने बताउनुुभयो । खत्रीले राज्यले सिंहदरबारका अधिकारलाई जनताको चाहाना अनुुसार गाऊ गाऊमा पुु¥याएको भन्दै जनताको मर्म अनुुसार सेवा प्रवाह गर्न भूमिकास्थान नगरपालिकालाइ आग्रह गर्नुुभयो । सोही अवसरमा उहाँले वडा सचिवहरुलाई कार्यालयको सामग्री हस्तान्तरण गर्नुुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य संगीता बेल्बासे, एमाले जिल्ला कमिटि उपसचिव प्रेम नारायण गैरे, माओबादी केन्द्रका नेत्री छमकुुमार खनाल, राप्रपा जिल्ला उपाध्यक्ष अमर थापा, राजमो केन्द्रिय सल्लाहकार सागर केसी, नयाँ शक्तिका शालिकराम बञ्जाडे, पत्रकार महासंघका हिमबहादुर जिसी ‘लेकाली’, वडासचिवहरुको तर्फबाट बिनोद प्रसाद कुुवँर लगायतले मन्तब्य राख्दै नगरबासीको प्रगतिको निम्ती सबैपक्ष एक भएर लाग्नुुुपर्ने बताउनुुभएको थियो । नगरपालिका भौतिक रुपमा कमजोर भएको भन्दै जनशक्ति व्यवस्थापनमा केन्द्रित हुुनुुपर्नेमा जोड दिनुुभएको थियो । कार्यक्रम भूूमिकास्थान नगरपालिकाका निमिक्त कार्यकारी अधिकृत तुुल्सीप्रसाद गिरीको अध्यक्षता, चिरञ्जीबि अधिकारीको स्वागत मन्तब्य र रुकेन्द्र पालुुङ्गेको सञ्चालनमा सम्पन्न भएको थियो ।
नपा र गापामा तोकिए कार्यकारी अधिकृत
जिल्लाको तीन वटै नगरपालिकामा सरकारले कार्यकारी अधिकृत पठाएको छ । सन्धिखर्क नगरपालिकामा कामुु कार्यकारी अधिकृतको रुपमा जीवन ज्ञवाली, भूमिकास्थान नगरपालिकामा नारायण प्रसाद अधिकारी र सितगङ्गा नगरपालिकामा सुन्दर श्रेष्ठलाई निमिक्त कार्यकारी अधिकृतको रुपमा खटाएको छ । जिल्लाको तीन गाऊपालिकामा समेत सरकारले कार्यकारी अधिकतृ तोकेको छ । जस अनुुसार छत्रदेब गाऊपालिकामा रामजी जोशी, पाणिनि गाऊपालिकामा दामोदर ज्ञवाली र मालारानी गाऊपालिकामा जनकराज पन्थीलाई कार्यकारी अधिकृतको रुपमा खटाएको छ । नेपाल सरकार मन्त्र परिषदको बैठकले स्थानीय तहमा वडा सचिव देखि इञ्जिनिय सब इञ्जिनियर र लेखा अधिकृत, लेखापाल सबैको सरुवा गर्ने अधिकार प्रमुुख जिल्ला अधिकारीलाई दिने निर्णय गरेको छ । अब सोही अनुुसार जिल्लाका सबै नगरपालिका र गाऊपालिकाको वडा तहमा कर्मचारी पठाइने छ ।
अन्तत यस्तो कायम रह्यो जिल्लाको स्थानीय निकायको संरचना
पाणिनि गाऊपालिकाः दलहरुले पाणिनि गाऊपालिकामा पणेना गाविसलाई वडा नम्बर १, पोखराथोक गाविसलाई वडा नम्बर २, खिदिम गाविसलाई वडा नम्बर ३, पटौटी गाविसलाई वडा नम्बर ४, मैदान गाविसलाई वडा नम्बर ५, धातिबाङ्ग गाविसलाई वडा नम्बर ६, अड्गुुरी गाविसलाई ७ र पालि गाविसको वडा नं।१ देखि ८ र चिदिका गाविसको वडा नं।९ लाई गाऊपालिकाको वडा नं।८ निर्धारण गरिएको छ । जसको केन्द्र दुुर्गाफाँट क्षेत्रलाई तोकिएको छ ।
छत्रदेब गाऊपालिकाः चिदिका गाविस वडा नं।१ देखि ८ सम्म वडा नं।१, बल्कोट गाविस १,५,६,७ र ८ वडा नं।२, बल्कोट गाविस ९,४,३,२ र केरुङ्गाको वडा नं।१ वडा नं। ३, केरुङ्गागाविस २,३,४,५,६,७,८ र ९ वडा नं।४, छत्रगन्ज गाविस वडा नं।५, ठूलापोखरा गाविस वडा नं।६, भगवतीगाविस वडा नं।७, अर्घातोष गाविस २,३,४ र ५, मरेङ्ग गाविस ७,८,९ वडा नं।८ रहेको छ जसको केन्द्र छत्रगञ्ज राखिएको छ ।
मालारानी गाऊपालिकाः मालारानी गाऊपालिकामा अर्घातोष गाविस वडा नं।१ र ६, मरेङ्ग गाविस ४,५ र ६ वडा नं।१, अर्घातोष गाविस वडा नं।७, ८, ९ र मरेङ्ग गाविस १,२,३ वडा नं।२, खनदहगाविस वडा नं।३, खन गाविस वडा नं।४, बाँगीगाविस वडा नं।५, हंशपुर गाविस वडा नं।१,४,५,६ वडा नं।६, हंशपुर गाविस वडा नं।७,८ र ९ वडा नं।७, हंशपुर गाविस वडा नं।२,३ र गोखुङ्गागाविस १ वडा नं।८ मा र गोखुङ्गागाविस वडा नं।२,३,४,५,६,७,८,९ गाउपालिकाको वडा नं।९ मा परेका छन् । जसको केन्द्र खनदह गुुुफ्फा रहेको छ ।
भूमिकास्थान नगरपालिकाः भूूमिकास्थान नगरपालिकामा ढाकावाङ्ग गाविस वडा नं।२,३,६ र ९वडा नं।१, ढाकावाङ्ग गाविस वडा नं।१,४,५,७ र ८ वडा नं।२, धारापानी गाविस ६,७,८,९ वडा नं।३, धारापानी गाविस १,२,३,४,५ वडा नं।४, असुरकोट गाविस वडा नं।५, खिल्जीगाविस वडा नं।६, नुवाकोट गाविस वडा नं।१,५,७,८,९ वडा नं।७, नुवाकोट गाविस वडा नं।२,३,४,६ वडा नं।८, ढिकुरा गाविस वडा नं।९, धनचौर गाविस वडा नं।१० मा राखिएको छ । जसको केन्द्र चिदिचौर÷पोखेडाँडामा राखिने भएको छ ।
सितगंगानगरपालिकाः सितगंगानगरपालिकामा सुवर्णखालगाविस वडा नं।१, सितापुर गाविस वडा नं।२, ठाडा गाविसको वडा नं।१,२,७,८,९ वडा नं।३, ठाडा गाविसको वडा नं।३,४,६ वडा नं।४, जुकेनागाविस वडा नं।१,२,३,४,५ वडा नं।५, जुकेना गाविस वडा नं।६,७,८,९ वडा नं।६, जलुके गाविस वडा नं।१,२,३,४,७,८,९ वडा नं।७, जलुके गाविस वडा नं।५,६ वडा नं।८, सिद्धारा गाविस वडा नं।१ र ८ वडा नं।९,सिद्धारा गाविस वडा नं।२,३,४,७ र ९ वडा नं।१०, सिद्धारा गाविस वडा नं।५ र ६ वडा नं।११, ठाडा गाविस वडा नं।५ वडा नं।१२, सिमलपानीगाविस ३,४,६,७,८ र ९ वडा नं।१३ र सिमलपानी गाविस १,२ र ५ वडा नं।१४ मा राखिएको छ । जसको केन्द्र सुकादह, रजिया, ठाडादहलाई तोकिएको छ ।
सन्धिखर्क नगरपालिकाः यस्तै जिल्लाको पहिलो सन्धिखर्क नगरपालिकामा साविक सनपा १,सन्धिखर्क ४,५,६ वडा नं।१, साविक सनपा २, सन्धिखर्क ७,८,९ वडा नं।२, साविक सनपा ३, सन्धिखर्क १,२,३ वडा नं।३ नै रहेको छ । भने साविक सनपा ४, वाङ्गला १,२,३,४,५ वडा नं।४, साविक सनपा ५ र पालि ९, वाङ्गला ६,७,८,९ सन्धिखर्क नगरपालिकाको वडा नं।५, साविक सनपा ६ र ७, साविक नरपानी गाविस वडा नं।६, साविक सनपा ८ र ९, साविक खाँचीकोट गाविस वडा नं।७, साविक सनपा १० र ११, साविक किमडाँडा गाविस वडा नं।८, साविक सनपा १२, साविक अर्घा गाविस वडा नं।१,२,३,४ र ८ वडा नं।९, साविक सनपा १३, साविक अर्घा गाविस वडा नं।५,६,७ र ९ वडा नं।१०, साविक सनपा १४, साविक डिभर्ना गाविस वडा नं।१,२,३,४ वडा नं।११, साविक सनपा १५ र साविक डिभर्ना गाविस वडा नं।५,६,७,८,९ वडा नं।१२ मा राखिएको हो । जसको केन्द्र सन्धिखर्क साबिक नै रहेको छ ।
सरकारले गाऊपालिका र नगरपालिकाको केन्द्र कार्यान्वयन गरेलगत्तै साविकका गाविस भवनबाट सेवा प्रवाह सुुरु भएका छन् । सरकारले स्थानीय तहको कार्यान्वयन गरेर सेवा प्रवाह सञ्चालन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । यतिवेला कर्मचारीको सरुवाको लर्को नै चलेको छ । कर्मचारीमा सरुवाको लर्को चलेको वेला जिल्ला स्थित राजनीतिक दलमा भने स्थानीय निकायको निर्वाचनले महत्व पाउन थालेको छ । सरकारले स्थानीय निकायको निर्वाचन बैशाखमा निर्धारण गरेकाले दलहरु आफ्नै आन्तरिक कसरतमा लाग्न थालेका छन् । दलहरु नगरपालिकाको मेयर तथा गाऊपालिकाको अध्यक्ष जित्नका लागि धौडधुुपमा लागेको हुन् । यतिवेला कुुन पाटीबाट कसले उमेद्वारी पाउने भन्ने बिषय निक्कै चर्चामा छ ।
बुलन्द राष्ट्रिय साप्ताहिकको चैत्र ६ गतेको अंक







0 comments
तपाइको प्रतिक्रिया दिनुहोस