बुलन्द राष्ट्रिय साप्ताहिकको माघ ९ गतेको अंक
बुलन्द राष्ट्रिय साप्ताहिकको माघ ९ गतेको अंक
हेमराज आरुसी हत्या काण्डः श्रीमती भन्छिन् दुई छाक खाने कसरी ?
प्रेम आचार्य÷कमला पोख्रेल
बुुलन्द, धारापानी, अर्घाखाँची
‘रोजगारीको लागि भारत गएका श्रिमानले पठाएको पैसाले जीवन निर्वाह भएको थियो । अहिले के गरौ भन्ने समस्या छ । साढे आठ बर्ष अघि हत्या भएका हेमराजकी श्रीमती भारत सरकारले हामीलाइ न्याय त दियो अब जीबन गुजारा गर्ने ब्यबस्था पनि मिलाइ दिनु पर्छ ।’ केही राहतको व्यवस्था कसले गर्छ ? जो परिवार पाल्न प्रदेश गयो उसैको हत्या भयो, अब हामीलाइ कस्ले हेर्छ ? दुई छाक कसरी खाने ?’ गह भरि आसु झार्दै ४९ बर्षिय खुमकलाले’ भनिन ।
‘घरमा जमिन त छ, तर ३ महिना पनि खान पुग्दैन । साढे आठ बर्ष देखि माइती र आफन्तको भरमा गुजारा गरिरहेकी छु, उनले भनिन ‘उहाँ हुदा त मासिक सात, आठ हजार पठाइदिनु हुन्थ्यो र घर खर्च चलाउन्थे तर अहिले सारै समस्या छ ।’ अहिलेत घरमा खर्च सकिन्छ झन समस्या छ उनले दुुखेसो पोखिन् । अर्घाखाँचीको धारापानी गाविस वाड न. १ साना औवल घर भएका मृतक हेमराजको घरमा ८१ बर्षिय आमा, श्रीमती, एक छोरा र एक छोरी छन् । छोरीको बिबाह भैसक्यो भने १८ बर्षिय छोरा प्रज्वल १२ कक्षा पास गरेर पढाई खर्च नभए पछि अहिले पढाई छाडेर डिल्लीमा गएका छन् । उनको पढाई अबरुद्ध भएको छ । ‘पढाइमा छोरा टाठो थियो, फेलनै नभई १२ पास गर्यो तर त्यो भन्दा माथी पढाउन सकिन के गर्नु बाध्य भएर भारतमै पठाए आमा खुमकलाले भनिन् ।’
‘भारतीय मानिस नेपालमा मर्दा सरकारले राहत दिन्छ, भारतमा हत्या हुदा समेत राहत नदिने यो के चलन हो’ खुमकलाका भाई अशोक भुसालले भने, ‘खै कहा छन नेपालका मानव अधिकारकर्मी ? खै मिडीया ? उनले सहायताको अपेक्षा गर्दे भने । ‘रोजगारीको लागि गएको समय साहुद्धारानै हत्या हुँदा समेत राहत नदिने कस्तो निति हो ?’ भारत सरकारको उनले दुखेसो पोखे । आफ्नो दिदीलाई परेको पिडामा कसैले नहेरेको सरकार, भारतीय राजदुत कसैले पहल नगरेको उनको गुनासो छ । राहतको व्यवस्था मिलाउन सबैले पहल गरिदिनु पर्यो ।
सन २००८ मे १५ मा भारतको नोयडा स्थीत एक अपार्टमेन्टमा १४ बर्षिय आरुसी तलवारलाइ मारि आफु मरेको आरोप लगाइ अनुसन्धान भैरहेको थियो । आरुसीलाइ उनका बुबा आमाले मारेको र उक्त घटनाक्रम लुकाउन नक्कली प्रहरी रिपोर्ट गराइएको पुष्टी भएको छ । गाजीयाबादको सीबीआइ बिशेष अदालतले २०१३ मा सुनाएको फैसालामा प्राप्त प्रमाण र बयानका आधारमा आरुसी र हेमराज हत्या काण्डमा डा. तलबार र उनकी पत्नीको प्रत्यक्ष संलग्नता रहेको उल्लेख छ । बिशेष अदालतका न्यायाधिस श्यामलालले सुनाएको फैसाला पछि तलवार दम्पत्तीलाइ प्रहरी हिरासतमा लिएर जेलमा राखेको छ । ४५ बर्षिय नेपाली कामदार हेमराज सँगै भएको हत्याकाण्डका कारण यसलाइ हेमराज आरुसी प्रकरणका रुपमा चिनिन्छ ।







0 comments
तपाइको प्रतिक्रिया दिनुहोस