संबिधान संशोधनको बिरोधमा सोमवार अर्घाखाँचीमा बिशाल प्रदर्शन तथा ¥याली
बसन्त श्रेष्ठ ‘छापेली’
मंसिर २० गते अर्घाखाँची
संबिधान संशोधन प्रस्तावमा पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई प्रदेश नम्बर ४ मा राख्न लागेको बिरोधमा सुरु भएको अनिश्चितकालिन अर्घाखाँची बन्द सोमवार देखिआगामी २५ गते सम्मका लागि स्थगित गरिएको छ ।
पाँच नम्बर प्रदेशका जनताको माग र भावना बिपरित सरकारले कसैको इसारामा पहाडि जिल्लालाई अलग गर्न लागेको भन्दै सुरु भएको बिरोध प्रदर्शन तथा अनिश्चितकालिन बन्दको सोमवार भएको बिशाल जनसभा तथा बिरोध प्रदर्शनबाट आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्दै बन्दको कार्यक्रम स्थगित गरिएको छ ।

नङ्ग र मासुुको जस्तै सुुमधुुर सम्बन्ध रहेको पहाड र तराइलाई अलग गरेर सरकारले मुलुकमा अस्थिरता निम्त्याउन खोजेको भन्दै अर्घाखाँचीमा त्यसको निरन्तर बिरोध भएको छ । पाँच नम्बर प्रदेशमा स्थानीयको माग नहुुँदा नहुुँदै पनि सरकारले संबिधान सभाको निर्वाचनमा जमानी गुमाएका, भ्रष्ट, राष्ट्रघातीको माग बमोजिम संबिधान संशोधन गरेर मुलुकलाई अराजकता तर्फ धकेल्न लागेको भन्दै सोमवार बिरोध प्रदर्शन तथा बिशाल जनसभा सम्पन्न गरिएको छ ।

बिशाल जनसभा सन्धिखर्कका बिभिन्न चोक चोक परिक्रममा गरि टुडिखेलमा पुुगेर कोणा सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै जिल्ला स्थित सांसद तथा राजनीतिक दलहरुले आफ्ना माग पुरा नभए चरणबद्ध रुपमा आन्दोलनमा जाने बताएका छन् ।






0 comments
तपाइको प्रतिक्रिया दिनुहोस