बुलन्द राष्ट्रिय साप्ताहिकको कात्तिक २८ गतेको अंक

अर्घाखाँचीमा तीन गाऊ पालिका र तीन नगरपालिका बन्ने भएको छ  । जिल्ला स्थित राजनीतिक दलहरुको संयुुक्त बैठकले जिल्लामा ६ स्थानीय निकाय बनाउने निर्णय गरेको हो । जस अनुुसार जिल्लामा तीन गाऊपालिका र तीन नगरपालिका बन्ने भएका छन् । हाल रहेको सन्धिखर्क नगरपालिकामा पालीको बलेबाङ्गलाई राख्ने सहमति भएको छ । लामो समयदेखि जिल्लामा कति गाउँपालिका र नगरपालिका बन्ने भन्ने विषयमा सहमत हुन नसकेका दलहरूले तीन नगरपालिका र तीन गाउँपालिका बनाउने विषयमा सहमति सँगै वडा बिभाजन पनि गरिएको हो । 
यसअघि दुई नगरपालिका र चार गाउँपालिका बनाउने विषयमा सहमत भएका दलहरूको प्रस्तावलाई पुर्नसंरचना आयोगले पुनर्विचार गर्न भनेपछि तीन नगरपालिका र तीन गाउँपालिकाको नयाँ प्रताव पठाएका हुन् । जस अनुुसार प्रस्तावित पाणिनि गाउँपालिकामा पणेना गाविस, पोखराथोक गाविस, खिदिमगाविस, पटौटीगाविस, मैदानगाविस,धातिवाङ्ग गाविस,अड्गुरी गाविस, पाली गाविसको १ देखि ८ वडासम्म र चिदिका गाविसको वडा नं.९ लाई राखिएको छ । 
प्रस्ताबित छत्रदेव गाउँपालिकामा चिदिकागाविस वडा नं.१ देखि ८ सम्म, बल्कोट गाविस, केरुङ्गा गाविस, छत्रगन्ज गाविस, ठूलापोखरा गाविस,भगवती गाविस, अर्घातोष गाविसको वडा नं.२ ,३, ४ र ५ र मरेङ्ग गाविसका वडा नं.७,८ र ९ लाई समावेश गरिएको छ । प्रस्तावित मालारानी गाउँपालिकामा अर्घातोष गाविसको वडा नं.१, ६, ७, ८ र ९ वडा, मरेङ्ग गाविसको वडा नं.१,२,३,४,५ र ६ वडा, खन गाविस, खनदह गाविस, बाँगी गाविस, हंशपुर गाविस र गोखुङ्गा गाविसलाई राखिएको छ । उता प्रस्तावित शितगङ्गा नगरपालिकामा सुवर्णखाल गाविस, सितापुर गाविस, ठाडा गाविस, जुकेना गाविस, जलुके गाविस, सिद्धारा गाविस, सिमलपानी गाविसलाई गाबिएको छ । हाल रहेको सन्धिखर्क नगरपालिकामाा साविकको सन्धिखर्क नगरपालिका र साविकको पाली गाविसको वडा नं.९ को बलेवाङ्गलाई थप गरिएको छ । 
भूमिकास्थान नगरपालिकामा भने ढिकुरा गाविस, धनचौर गाविस, नुवाकोट गाविस, खिल्जी गाविस, असुरकोट गाविस, धारापानी र ढाकावाङ्ग गाविसलाई राखिएको छ । जिल्ला स्थित प्राबिधिक समितिले सितगंगा नगरपालिकाभित्र पर्ने सिद्धारा गाविस भौगोलिक हिसाबले विकट र ठूलो क्षेत्रफल भएको र साविकका गाविसका वडाहरु नमिलेको हुँदा वडा नं. १ लगायतका वडाहरुकाटी मिलान गर्नको लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय गरिएको श्रोतको  भनाई छ । त्यस्तै कतिपय गाउँपालिका र नगरपालिका भित्रका साविक गाविसका जनसंख्या बढी र भूगोल पनि विकट भएकोले वडा संख्या बढाइएको जिल्ला स्थित प्राबिधिक समितिले जनाएको छ । वडा कार्यालयको केन्द्र सम्बन्धित प्रस्तावित वडाहरुमा गई तय गर्ने भनिएपनि ६ वटै स्थानीय सरकारको केन्द्र बिभाजन गरिएको छ । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना आयोगले अर्घाखाँचीमा पहिला अधिकतम ६ भनेको मा हाल ६ देखि आठसम्म स्थानीय सरकार आवश्यक रहेको प्रस्ताव पेस गरेको थियो । 

यस्तो छ गाऊ तथा नगरपालिकाको वडा बिभाजन

पाणिनि गाऊपालिकाः दलहरुले पाणिनि गाऊपालिकामा पणेना गाविसलाई वडा नम्बर १, पोखराथोक गाविसलाई वडा नम्बर २, खिदिम गाविसलाई वडा नम्बर ३, पटौटी गाविसलाई वडा नम्बर ४, मैदान गाविसलाई वडा नम्बर ५, धातिबाङ्ग गाविसलाई वडा नम्बर ६, अड्गुुरी गाविसलाई ७ र पालि गाविसको वडा नं.१ देखि ८ र चिदिका गाविसको वडा नं.९ लाई गाऊपालिकाको वडा नं.८ निर्धारण गरिएको छ । जसको केन्द्र दुुर्गाफाँट क्षेत्रलाई तोकिएको छ । 
छत्रदेब गाऊपालिकाः  चिदिका गाविस वडा नं.१ देखि ८ सम्म वडा नं.१, बल्कोट गाविस १,५,६,७ र ८ वडा नं.२, बल्कोट गाविस ९,४,३,२ र केरुङ्गाको वडा नं.१ वडा नं. ३, केरुङ्गागाविस २,३,४,५,६,७,८ र ९ वडा नं.४, छत्रगन्ज गाविस वडा नं.५, ठूलापोखरा गाविस वडा नं.६, भगवतीगाविस वडा नं.७, अर्घातोष गाविस २,३,४ र ५, मरेङ्ग गाविस ७,८,९  वडा नं.८ रहेको छ  जसको केन्द्र छत्रगञ्ज राखिएको छ । 

मालारानी गाऊपालिकाः मालारानी गाऊपालिकामा अर्घातोष गाविस वडा नं.१ र ६, मरेङ्ग गाविस ४,५ र ६ वडा नं.१, अर्घातोष गाविस वडा नं.७, ८, ९ र मरेङ्ग गाविस १,२,३ वडा नं.२, खनदहगाविस वडा नं.३, खन गाविस वडा नं.४, बाँगीगाविस वडा नं.५, हंशपुर गाविस वडा नं.१,४,५,६ वडा नं.६, हंशपुर गाविस वडा नं.७,८ र ९ वडा नं.७, हंशपुर गाविस वडा नं.२,३ र गोखुङ्गागाविस  १ वडा नं.८ मा र गोखुङ्गागाविस वडा नं.२,३,४,५,६,७,८,९ गाउपालिकाको वडा नं.९ मा परेका छन् । जसको केन्द्र खनदह गुुुफ्फा रहेको छ । 
भूमिकास्थान नगरपालिकाः भूूमिकास्थान नगरपालिकामा ढाकावाङ्ग गाविस वडा नं.२,३,६ र ९वडा नं.१, ढाकावाङ्ग गाविस वडा नं.१,४,५,७ र ८ वडा नं.२, धारापानी गाविस ६,७,८,९ वडा नं.३,  धारापानी गाविस १,२,३,४,५ वडा नं.४, असुरकोट गाविस  वडा नं.५, खिल्जीगाविस वडा नं.६, नुवाकोट गाविस वडा नं.१,५,७,८,९ वडा नं.७, नुवाकोट गाविस वडा नं.२,३,४,६ वडा नं.८, ढिकुरा गाविस वडा नं.९, धनचौर गाविस  वडा नं.१० मा राखिएको छ । जसको केन्द्र चिदिचौर÷पोखेडाँडामा राखिने भएको छ । 
सितगंगानगरपालिकाः सितगंगानगरपालिकामा सुवर्णखालगाविस वडा नं.१, सितापुर गाविस वडा नं.२, ठाडा गाविसको वडा नं.१,२,७,८,९ वडा नं.३, ठाडा गाविसको वडा नं.३,४,६ वडा नं.४, जुकेनागाविस वडा नं.१,२,३,४,५ वडा नं.५, जुकेना गाविस वडा नं.६,७,८,९ वडा नं.६, जलुके गाविस वडा नं.१,२,३,४,७,८,९ वडा नं.७, जलुके गाविस वडा नं.५,६ वडा नं.८, सिद्धारा गाविस वडा नं.१ र ८ वडा नं.९,सिद्धारा गाविस वडा नं.२,३,४,७ र ९ वडा नं.१०, सिद्धारा गाविस वडा नं.५ र ६ वडा नं.११,  ठाडा गाविस वडा नं.५ वडा नं.१२, सिमलपानीगाविस ३,४,६,७,८ र ९ वडा नं.१३ र सिमलपानी गाविस १,२ र ५ वडा नं.१४ मा राखिएको छ । जसको केन्द्र सुकादह, रजिया,  ठाडादहलाई तोकिएको छ । 
सन्धिखर्क नगरपालिकाः यस्तै जिल्लाको पहिलो सन्धिखर्क नगरपालिकामा साविक सनपा १,सन्धिखर्क ४,५,६ वडा नं.१, साविक सनपा २, सन्धिखर्क ७,८,९ वडा नं.२, साविक सनपा ३, सन्धिखर्क १,२,३ वडा नं.३ नै रहेको छ । भने साविक सनपा ४, वाङ्गला १,२,३,४,५ वडा नं.४,  साविक सनपा ५ र पालि ९, वाङ्गला ६,७,८,९ सन्धिखर्क नगरपालिकाको वडा नं.५, साविक सनपा ६ र ७, साविक नरपानी गाविस वडा नं.६, साविक सनपा ८ र ९, साविक खाँचीकोट गाविस वडा नं.७, साविक सनपा १० र ११, साविक किमडाँडा गाविस वडा नं.८, साविक सनपा १२, साविक अर्घा गाविस वडा नं.१,२,३,४ र ८ वडा नं.९, साविक सनपा १३, साविक अर्घा गाविस वडा नं.५,६,७ र ९ वडा नं.१०, साविक सनपा १४, साविक डिभर्ना गाविस वडा नं.१,२,३,४ वडा नं.११,  साविक सनपा १५  र साविक डिभर्ना गाविस वडा नं.५,६,७,८,९ वडा नं.१२ मा राखिएको हो । जसको केन्द्र सन्धिखर्कमा उल्लेख गरिएको छ । 
आयोगले दिएको निर्देशनका अनुसार काम गरेको जिविस श्रोतको भनाइ छ । संरचना बनाउदा भौगोलिक नमिलेको भन्दै ढिकुराका जनताहरु आन्दोलनमा उत्रिएका छन् । ढिकुराबासीले कुनै हालतमा भूूमिका स्थान नगरपालिकामा नजाने बताउदै आन्दोलन गरेका छन् । राजनीतिक दलहरु बिचमा सहमति भएको भनिए पनि राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले नोट अफ डिसेन्ट लेखेर आपत्ति जनाएको जनमोर्चाका अध्यक्ष झबिलाल थापाले बताउनुुभयो । जिल्लामा सर्बसहमत पुर्नसंरचना गरेको दाबी गर्दै जिल्ला विकास समितिले झण्डै राति आठ तिसबजे पत्रकार सम्मेलन गरेर दलहरुले गरेको निर्णय सार्बजनिक गरिएको स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतमले जानकारी दिनुुभयो ।  








,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस