संबिधान कार्यान्वयनको निम्ती स्थानीय वा प्रतिधिनीसभाको चुनावः नेता कोइराला

बसन्त श्रेष्ठ ‘छापेली’
कात्तिक ९, अर्घाखाँची
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव गर्न नसके प्रतिनिधि सभाको चुनाव भएपनि गर्नु पर्ने बताउनुभएको छ ।
पे्रस युनियन अर्घाखाँचीले मंगलबार सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उहाँले २०७४ माघ ७ मा चुनाव नभए हाल सम्म प्राप्त उपलब्धी पनि गुम्न सक्ने बताउनुभयो । अहिले स्थानीय निकायको चुनावका लागि गाउँपालिका र नगरपालिकाको विषयमा विवाद बढेको भन्दै उहाँले संविधान कार्यान्वयनका लागि प्रतिनिधि सभाको चुनाव अपरिहार्य रहेको र यसका लागि चुनाव क्षेत्र निर्धारण आयोग बनाएर अगाडि बढ्नु पर्ने बताउनुभयो । 
केही शक्तिले संविधान निस्क्रिय बनाउनका लागि देशलाई अस्थिर बनाएर राख्न खोजेको आरोप लगाउँदै उहाँले अस्थिरताबाट बचाउनको चुनाव गराउनु अनिवार्य रहेको उल्लेख गर्नुभयो । 
एक अर्को प्रसंगमा उहाँले अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध संसदमा हतारमा महाअभियोग प्रस्ताव दर्ता गरेको आरोप लगाउनुभयो । 
हतारमा एमाले र माओवादी केन्द्रका नेताले कुनै छलफल बिना नै महाअभियोग प्रस्ताव ल्याएकाले कतै संविधान कार्यान्वयन नगर्ने पक्षमा त लाग्न थालेका हैनन् भन्ने शंका उत्पन्न भएको उहाँले बताउनुभयो । संविधान संसोधनको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डले भारत जान भन्दा पहिले संशोधन प्रस्ताव दर्ता गर्ने भने पनि हाल सम्म हुन नसकेको उल्लेख गर्नुभयो । 

, , , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस