राष्ट्रपतिको शुभकामना : दसैँ सदभाव र एकताको प्रतीक बनोस्

Image result for राष्ट्रपतिको शुभकामनाकाठमाडौं, असोज २५ – विजयादशमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालीको महान् पर्व बडादसैँ, तिहार, नेपाल सम्वत् र छठका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

अनेकतामा एकता तथा सबै जातजाति र धर्मावलम्बीको साझा फूलबारीका प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले भौगोलिक, धार्मिक, साँस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उहाँले बताउनुभएको छ ।
नेपालको संविधानमार्फत प्राप्त राजनीतिक, संवैधानिक एवम् सामाजिक उपलब्धिको जगेर्ना गर्दै समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न सबैलाई सकारात्मक सोच राखी सत्विचार र सत्व्यवहारमा अग्रसर हुन पनि उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।  
‘विभिन्न जात जाति, समुदाय, भूगोल र धर्मावलम्बीका विशिष्ट परम्पराहरू हाम्रा अनुपम साँस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रूपमा रहेका छन् ।’
सन्देशमा भनिएको छ ‘विजयादशमीले हिमाल, पहाड, तराई/मधेस तथा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीका लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् आपसी भ्रातृत्व कायम गर्नसमेत सफल रहोस् भन्ने कामना गर्दछु ।’

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस