स्वतन्त्र पत्रकार संघ, नेपाल अर्घाखाँचीको बैठक सन्धिखर्कमा सम्पन्न

बुलन्द
स्वतन्त्र पत्रकार संघ, नेपाल अर्घाखाँचीको बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।
संघका जिल्ला अध्यक्ष हरिप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न बैठकले नयाँ सदस्य थप लगायतका महत्वपूर्ण निर्णयहरु गरेको बताइएको छ ।







बैठकले रेडियो देउरालीका कार्यक्रम प्रस्तोता महेश भुसाल, नयाँ एफ.एम.का समाचार बाचक विक्रम पाण्डे समानता, नयाँ एफ.एम.कै कार्यक्रम प्रस्तोता सुदिप के.सी.लाई जिल्ला समितिमा थप गर्ने निर्णय समेत गरेको छ । 
बैठकले जिल्लाको पत्रकारीता क्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई छिटो भन्दा छिटो सदस्यता दिनको लागि पत्रकार महासंघ अर्घाखाँचीसंग आग्रह गर्ने निर्णय समेत गरेको छ ।


     त्यसैगरी बैठकले यही साउन १५ गते पर्ने स्थापना दिवसमा जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गर्ने लगायतका निर्णयहरु गरेको स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका उपाध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिएकी छन् ।



कार्यक्रम अध्यक्ष हरिप्रसाद भुसालको अध्यक्षता र सचिव शिव बेल्वासेको संचालनमा सम्पन्न भएको हो ।


, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस