भनिन्छ” मान्छे जुन दिन जन्मिन्छ त्यही दिन देखी उस्को गरि खाने कार्यक्षेत्र भावीले लेखिदिएको हुन्छ ।” सायद जमुना सनमलाई भावीले गीत संगीतनै बरदान दिए रहेछ्न । लोक दोहोरी कि साहसी तथा निडर गायिका हुन जमुना सनम । दर्शक श्रोताको मनलाई सजिलै बुझ्न सक्ने गायिका जमुना सनम कहिले “बग्यो खोली सागर भेट्नलाई” जस्ता भावुक गीत त कहिले रातो घलेकी मा जस्ता उत्कृष्ट गीतले चर्चामा आईरहन्छिन ।
दर्जनभन्दा बढी तीजको गीत निकालेर दिदि बहिनिलाई छम्मछ्म्म नचाइसकेकी छिन। बिगत ओई सुन्तली, रातो साडी सप्को काधमा, यो तीजमा नाचिदिने हो अपार सफलता पछि यो साल पनि उनि चुप बस्न सकिनन ।
सनम क्रीयसन प्रा.लि को प्रस्तुतिमा “रेलैमा फरर के हो” तीज गीत बजारमा ल्याइसकेकी छिन ।
चर्चित गाएक पशुपति शर्माको शब्द र संगीत रहेको यो गीतमा म्यूजिक भिडियोको निर्देशन भने बब्बु थापाले गरेका छ्न । शिष्ट गायिका को उपनामले चिनिने कल्पना श्रीपाल र नरेश ले उत्कृष्ट अभिनय गरेको छ। जमुना सनम र पशुपति शर्माको आवाजमा रहेको रेलैमा फरर के हो ले राम्रै बजार पाउने मा गायक गायिका द्वय ढुक्क छ्न ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस