इतिहासमा संसार हल्लाएका यी १० तस्बिर, हेरेपछि सायदै मन थामिएला !
एजेन्सी । विभिन्न कालखण्डमा लिइएका केही तस्बिरले विश्वलाई नै हल्लाइदिएका छन् । ती तस्बिरहरु आफैँमा दुर्भाग्यपूर्ण घटनाका भएपनि यिनीहरुले विश्वलाई मानवताको निकै गतिलो पाठ सिकाएका छन् ।
यस्तै १० तस्बिर हामीले यहाँ प्रस्तुत गरेका छौँ । यी यस्ता तस्बिरहरु हुन्, जुन चर्चामा मात्रै आएनन्, संसार नै बदलिदिए ।
नेपामका बालबालिका

नेपामका बालबालिका

दक्षिणी भियतनामी गाउँ नेपाममा भएको बम हमलापछि ज्यान बचाउन भाग्दै गरेका बालबालिकाहरु:
त्यसक्रममा नौ वर्षकी एक बालिका बमको लप्काले भेटेर जल्दै गरेको आफ्नो कपडा नै फालेर रुँदै दौडिइन् । तस्बिरमा देखिएकी यी बालिका अहिले क्यानडामा सकुशल छिन् । यो तस्बिरले भियतनाम युद्धप्रति पश्चिमी जनमानसको सोच नै बदलिदियो । फोटोग्राफर निकउ उटलाई यही फोटोकालागि पुलित्जर अवार्डबाट सम्मानित गरिएको थियो ।
तारबार फाँड्दै गरेको सैनिक
आफ्नो ज्यान नै जोखिममा पारेर तारबार नाघ्दै सैनिक ‘हंस कोनराड शूमन’:
अगष्ट १९६१ बर्लिनको पर्खाल बन्न सुरु हुनुभन्दा तीन दिनअघि यी सैनिक पूर्वी जर्मनीबाट भागेर पश्चिमी जर्मनीतर्फ जाँदै थिए । फोटोग्राफर पिटर लाइबिङ्गले त्यो पलको तस्बिर आफ्नो क्यामेरामा कैद गरे । यो तस्बिर चर्चामा आएपछि ति सैनिक डिप्रेशनको सिकार भए, अनि आत्महत्या गरे ।
यो तस्बिर न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा ११ सेप्टेम्बर २००१ मा अलकायदाले गराएको हमलाको दौरान लिइएको हो । तस्बिरमा देखिएकी मिहला म्यार्सी बोर्डर्स आतङ्कवादविरुद्धको लडाईको प्रतिक नै बनिन् । उनलाई डस्ट लेडी भन्न थालियो । हमलाका कारण उनी पेटको क्यान्सरको सिकार भइन् । २६ अगस्ट २०१५ मा उनको मृत्यु भयो ।
ट्याङ्क म्यान
५ जुन १९८९, अगाडी उभिएर सैन्य ट्याङ्कलाई रोक्ने कोशिश गर्दै एक व्यक्ति
यो तस्बिर चीनको तियानमेन चोकमा भएको नरसंहारको प्रतिक हो । ४ जुनका दिन यही स्थानमा चिनियाँ सैनिकले ट्याङ्करको सहायतामा प्रदर्शनकारीहरुलाई बर्बरतापूर्ण ढंगले कुल्चिएका थिए । यो तस्बिर जेफ विडनरले लिएका हुन् । त्यसपछि यी व्यक्तिलाई तत्काल गिरफ्तार गरियो । अहिलेसम्म उनको कुनै पत्तो छैन ।
बेन ओनेजर्गको मृत्यु
२ जुन १९६७ मा इरानी राजाको राजकीय भ्रमणप्रति विरोध गरिरहेका नागरिकहरुमाथि प्रहरीले अन्धाधुन्द बल प्रयोग गर्यो । त्यसैक्रममा एक सैनिकले जर्मन छात्र बेनो ओनेजर्गलाई गोली प्रहार गरिदिए । उनको मृत्युपछि जर्मनीमा बाम आन्दोलन निकै चर्कियो । सो घटना हुँदा ओनेजर्गकी पत्नी गर्भवती थिइन् ।
केनेडीको हत्या
तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको डलासमा हत्या भयो । केनेडीको हत्या उनकै सरकारी कारमा भएको थियो । अब्राहम ज्यार्पूडर केनेडीको सवारीको भिडियो खिचिरहेका थिए । सोही अवधिमै राष्ट्रपतिको सिरमा गोली लाग्यो । उनी यो तस्बिर सार्वजनिक गर्न चाहँदैन थिए । तर, सार्वजनिक भइछाड्यो । यो तस्बिरलाई विश्वभर करोडौँले हेरेका छन् ।
म्यूनिख नरसंहार

सन १९७२ को ओलम्पिक खेलका दौरान जर्मनीको म्यूनिखमा इजरायली ओलम्पिक टिमका ११ सदस्यलाई बन्धक बनाइयो । पछि उनीहरुको हत्या भयो । आतङ्कवादी फलिस्तानी संगठन ब्ल्याक सेप्टेम्बरसँग आवद्ध थिए । यो तस्बिर बालकोनीबाट तल झर्दै गरेको एक आतङ्कवादीको हो ।
अफगान बालिका
स्टिभ म्याकरीको यो चित्र १९८५ मा नेशनल जियोग्राफिकमा प्रकाशित भयो । यो तस्बिर अफगानिस्तानमाथि सोभियन संघले गरेको हमला र शरणार्थी संकटको प्रतिक बन्न पुग्यो । शबरत गुला नामकी यी बालिकालाई पछि २००२ मा खोजियो । उनी युवती भइसकेकी थिइन् । तर, आफ्नो यस्तो विश्व चर्चित तस्बिरबारे उनी स्वयम् अनविज्ञ रहिछन् ।
सिरियन बालक
गतवर्ष सिरिया द्वन्दबाट विस्थापित भएर युरोप भाग्दै गरेका शरणार्थीहरु एक समुद्री आँधीमा परे । धेरै त बाँच्न सफल भए, तर केहीले ज्यान गुमाए । त्यसैक्रममा ज्यान गुमाएका एक शरणार्थी बालकको तस्बिर हो यो । उनका बाबु र दाजु त सकुशल युरोप छिरे तर, आमासँगै यी नाबालकलाई समुद्रले निल्यो । केही दिनपछि टर्कीको समूद्री किनारमा यस्तो अवस्थामा बालकको शव भेटियो । यो तस्बिरले शरणार्थीलाई वैधानिकरुपमै स्वीकार्न युरोपलाई बाध्यमात्रै पारेन, सिंगो विश्वलाई भावविह्वल बनाइदियो ।
सुडानको भोकमरी
सुडानमा भोकमरीबाट अतिप्रभावित एक बालक, जसलाई खानका लागि गिद्ध कुरिरहेको छ । त्यसैक्रममा दक्षिण अफ्रिकी फोटो पत्रकार केभिन कार्टरले खिचेको तस्बिर हो यो । यसलाई संसारकै सबैभन्दा चर्चित तस्बिर मानिन्छ । यो फोटोले विश्वभर चर्चा पाएपनि फोटोग्राफर भने जीवित छैनन् । उनले हिनताबोधका कारण आत्महत्या गरे ।









0 comments
तपाइको प्रतिक्रिया दिनुहोस