११ मा भर्ना हुनका लागि विद्यार्थीलाई टिप्स्


अनिल कस्पाल

सबै जीवित प्राणीमा शक्ति अर्थात क्षमता हुन्छ । पंक्षिमा उड्ने क्षमता, घोडामा दौडने क्षमता, कछुवामा पौडने क्षमता, स्याउले स्याउ फलाउने क्षमता आदि, इत्यादि । धानलाई भकारीमा राखेर धान फलाउन सकिन्न ।
धानबाट धान फलाउन त यसलाई माटो राख्नुपर्छ, पानी दिनु पर्छ, गोडमेल गर्नुपर्छ र माटो, गोडमेल र असल किसानको मेहनतले एउटै धानको विउबाट धेरै धान फलाउन सकिन्छ ।  तर मानिस यस्तो जीव हो जसको क्षमता विचित्रको हुन्छ । फरक फरक मानिसमा फरक फरक क्षमता हुन्छ ।
डाक्टरको छोराछोरी डाक्टर नै, किसानको छोराछोरी किसान नै, शिक्षकको छोराछोरी शिक्षक नै र गलत बाटोमा हिँडेकाका छोराछोरी खराबै हुन्छ भन्ने छैन । मानिसमा अन्तरनिहित शक्तिलाई जेमा रुची राखेर प्रयोग वा दैनिक जीवनमा लागु गर्दै जान्छ भाविष्यमा उ त्यही  बन्छ वा भोग्छ । यसै सत्यतथ्यलाई आत्मसाथ गर्दै यस वर्षदेखि नेपालमा पनि एस.एल.सी.मा ग्रेडिङ्ग सिस्टमको लागु गरिएको छ ।
एस.एल.सी.को नतिजा हातमा राखेका विद्यार्थीहरुले आफूमा के क्षमता, रुचि र लक्ष्य छ त्यसको विचार गरी विषय छान्ने र त्यसको लागि उचित उच्च मध्यमिक विद्यालय अथवा कलेज रोज्नुपर्छ । 
कक्षा ११ मा संकाय, विषय र उच्च माध्यमिक विद्यालय/कलेज रोज्न निम्न कुराहरुमा ध्यान दिनुपर्छ :
१. एस.एल.सी.मा कुन विषयमा के के जि.पि.ए. ल्याएको छ सो अनुसार उच्च माध्यमिक शिक्षा परिषद्ले शैक्षिक सत्र २०७३/०७४ देखि उच्च माध्यमिक तह (कक्षा ११) मा कुन कुन विषयहरु पढ्न पाइन्छ भनि विषयगत तालिका २०७३ साल असार ५ गतेको गोरखापत्रमा निकालिएको छ । सो अनुसार आफूमा क्षमता भएको विषयमा रुचि राखेर संकाय (विज्ञान, वाणिज्य, मानविकी, शिक्षा, प्राविधिक/व्यवसायिक आदि) वा ए लेभलका विषयहरु छान्नुपर्दछ ।  

तालिका यस प्रकारको छ :

२. कक्षा ११ मा अध्ययन गर्न विद्यालय÷कलेज छान्दा सो विद्यालय/कलेजको विगत वर्षहरुको नतिजा, कलेज संचालकहरुको विवरण , भौतिक पूर्वाधार, शिक्षक–कर्मचारीको व्यवस्थापन, पासआउट विद्यार्थीहरुले गरेका उपलब्धीहरु, विद्यार्थी अनुशासन तथा व्यवहार, अतिरिक्त क्रियाकलापहरुको व्यवस्था, आदिको सत्यतथ्य जानकारी लिनुपर्छ । काठमाण्डौबाट पोखरा जाँदा मुग्लिनमा खाना खुवाउन सस्तो, ताजा, मिठो भनेर हात समातेर होटल लैजाने र अन्तमा बाँसी खाना खुवाएर पठाउने जस्ता प्रवृतिका शैक्षिक संस्थाहरुको फन्दामा परेमा विद्यार्थीको क्षमता सढेर, गलेर भविष्य नै बरवाद हुन जान्छ । त्यसैले कलेज तथा विद्यालय छान्दा माथिमा कुरालाई स्मरण गर्दै अगाडि बढेमा विद्यार्थीले सुनौलो भविष्य कोर्न सक्छन् ।
(मोडर्न बोर्डिङ्ग उच्च माध्यमिक विद्यालय÷मोडर्न कलेज दधिकोट, भक्तपुरका प्राध्यापकसँग गरिएका कुराकानीमा आधारित्)

, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस