बुलन्द राष्ट्रिय साप्ताहिकको दोस्रो साउन ९ गतेको अंक तपाईको बजारमा

नरपानी चुनढुुङ्गा खानी सञ्चालन गर्न माग राख्दै युवाहरुका सडकमा
स्थनीय निकायको पुर्नसंरचना कुन गाविस कुन गाऊ पालिकामा रु
लगायतका जिल्लाका समसायीक र जल्दा बल्दा समाचारहरुको संगालो बुुलन्द राष्ट्रिय साप्ताहिकको अंक एक पटक अवश्य पढ्नुुहोला ।
चुनढुङ्गा उत्तखननको माग गदै स्थानीय युवाद्धारा मोटरसाईकल ¥याली
युुवा भन्छनः नरपानी चुनढुुङ्गालाई राजनीतिकरण नगर

बसन्त श्रेष्ठ ‘छापेली’
बुलन्द अर्घाखाँची

ज्ञापन पत्र बुुझाउदै नेकपा एमाले सम्बद्ध युुवा संघका नेता दिपक परियार
बिभिन्न संगठनमा आबद्ध रहेका अर्घाखाँचीका युवाहरुले स्वतन्त्र युवा समुह नाम दिएर नरपानीको चुनढुङ्गा खानी सन्चालन गर्नुपर्ने माग राखेका छन् । स्थानीय युवाले स्वर्तस्फुत रुपमा मोटरसाईकल ¥याली निकाली नरपानीको खानी सञ्चालन गर्नुपर्ने माग राख्दै सन्धिखर्कमा नारा जुलस समेत गरेका छन् । नरपानीका स्थानीयहरु विगत ४ वर्ष देखी पानीका मुहान सुकेको भन्दै खानी सञ्चालनमा रोक लगाउदै आएका छन् । स्वदेशमा भएका उद्योग धन्दा बन्द गर्दा युवाहरु बिदेशीनु पर्ने बाध्यता भएको भन्दै बुधवार उनीहरुले खानी खोल्ने व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मार्फत आग्रह गरेका हुन् ।



उनीहरुले नरपानी चुनढुङ्गा खानी सञ्चालन अनुमती प्रदान गर्दा त्यसको दीर्घकालिन असर पर्ने नपर्ने बिषयमा अध्ययन गरेरै लाईसेन्स दिएको भन्दै तत्काल खानी सञ्चालनमा ल्याउन युवाहरुले प्रजिअ पौडेल मार्फत आग्रह गरेका हुन् । युवाहरुको तर्फबाट दिपक परियारले पौडललाई ज्ञापन पत्र बुुझाउनु भएको थियो । युवाहरुले सन्धिर्खकमा मोटरसाईकल ¥याली समेत निकालेका थिए । युवाहरुले पत्रकार सम्मेलन गरि खानी सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका युवाहरुको उल्लेखिनिय उपस्थिती रहेको थियो । 




ज्ञापन पत्र बुझ्दै प्रजिअ पौडेलले संसद्को बाताबरण समितिले समेत चुनढुङ्ग्गा लैजानुुपूर्व पूर्व शर्त पालना गरेर खानी सञ्चालन गर्न आग्रह गरेको जानकारी गराउनुुभयो । उहाँले उद्योग धन्दा सञ्चालन गर्ने बाताबरण तयार पार्नु आफुहरुको दायित्व भएको समेत बताउनुुभयो । खानी सञ्चालन गर्नुपर्ने भन्दै युवाहरुले सन्धिखर्क, चुत्रावेशी लागएतका स्थानमा मोटर साईकल ¥याली निकालेका थिए । कम्पनीका महाप्रवन्धक महेन्द्र रावलले खानी सञ्चालन गरि छाड्ने बताउनुुभयो । करोडौको लगानी भएको छ, रावलले भन्नुुभयो, ‘की राज्यले क्षतीपुर्ति दिनुपर्छ होईन् भने खानी सञ्चालन गर्ने बातावरण मिलाउनुपर्छ ।’ ग्लोवल टेण्डर मार्फत भएको काम रोक्दा आफुहरुको उद्योग धन्दा धरायसी बन्दै गएको रावलको भनाई रहेको थियो । कम्पनी पक्षले पूर्व सर्त पालना गर्ने प्रतिक्रिया समेत दिएको छ । 



प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुुझाए पछिको पत्रकार सम्मेलनमा युवाहरुले स्थानीयका मागलाई सम्बोधन गरेर खानी सञ्चालन गर्नुपर्ने बताएका हुन । उनीहरुले नरपानीकै खाँचीकोटमा निर्वाद रुपमा खानी सञ्चालन भएको भन्दै व्यक्तिगत र दलिय स्वार्थका कारण खानी बन्द भएको तर्क गरेका हुन् ।  खाँचीकोटमा खानी सञ्चालन गर्दा कुनै असर नपर्ने स्थानीय मौन रहने भन्दै नरपानीको खानी सञ्चालन गर्दा वातावरणीय असर पर्छ भन्नुु निहित स्वार्थ भएको बताएका हुन । वाई.सि.एल नेपालका जिल्ला इन्चार्ज ठाकुर सौरागले सुुरुवातीको २ वर्ष सम्म सञ्चालनमा रहेको खानी पछि बन्द हुुनुु दलिय स्वार्थ भएको दाबी गर्नुभयो । उहाँले आफुुहरुको कुुनै स्वार्थ नभएको भन्दै स्वार्थ केवल वेरोजगार युुवाहरुको रहेको बताउनुुभयो । त्यस्तै तरुण दलका पुस्कर सिंहले बेरोजगारका कारण युुवाहरु बिदेशीने र बाकसमा शब आउने बाध्यता रहेको भन्दै स्वदेशमै उद्योग धन्दा खोल्न आग्रह गर्नुुभयो । युवा संघका जिल्ला कमिटि सदस्य प्रकाश श्रेष्ठले प्राकृतिक श्रोत साधनको सही सदुुपयोग गर्नुपर्नेमा जोड दिनुुभयो । अर्का युुवा बावुुराम भुसालले राजनीति गर्ने थलो चुनढुुङ्गा खानी भएको बताउनुुभयो । विकास सँग सँगै कतिपय विनासको चुुनौती सामना गर्नुपर्ने भुसालको तर्क थियो । त्यस्तै युुवा अशोक भुसालले देशको सम्पत्तीको सही सदुुपयोग गरे मात्रै वेरोजगारी समस्या समाधान हुने बताउनुुभयो ।







,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस