अर्घाखाँची सम्पर्क समिति यु.ए.ईद्धारा खनमा अग्निपिडितलाई राहत बितरण

बसन्त श्रेष्ठ ‘छापेली
बुलन्द  खन, अर्घाखाँची
अर्घाखाँची सम्पर्क समिति यु.ए.ई ले सोमवार खनदहमा अग्निी पिडितलाई राहत बितरण गरेको छ । खन गाविस निवासी चित्रकला खनाल र बिष्णुु खनालको परिवारलाई राहत स्वरुप खाद्यन्न बिगरण गरेको हो ।
अग्निीपिडितलाई राहत बितरणको दोस्रो चरण अन्र्तगत खन गाविसका दुई घर अग्नि पिडितलाई समितिले दुई कुईन्टल चामल, एक पेक तेल र दाल हस्तान्तरण गरेको हो । अर्घाखाँची सम्पर्क समिति यु.ए.इ का केन्द्रिय सदस्य मुमलाल पाण्डेले  खन गाविसमा भएको कार्यक्रममा बिपतका वेला सानो सहयोग पनि पिडितका लागि ठुलो राहत हुुने भन्दै खाद्यन्न हस्तान्तरण गर्नुभएको हो । 

कार्यक्रममा कालिका नेरा उच्च माबिका प्राचार्य भुवन खनाल, सबै राजनीतिक दलको तर्फबाट नेकपा एमाले खन गाऊ कमिटिका कार्यबाहक अध्यक्ष ऋषिराम पोख्रेल, स्थानीय शान्ति समितिका  भविश्वर पोख्रेल, प्रकाश खनाल, सुन्तला बिक, गंगाराम खनाल लगायतले मन्तब्य राख्दै अर्घाखाँची सम्पर्क समिति यु.ए.ई ले सञ्चालन गरेको अभियानले पिडितको घाउमा मलम लगाउन सघाऊ पुुगेको जानकारी गराएका थिए । बिदेशको चर्को गर्मीमा गएर अर्घाखाँचीका युवाहरुले जिल्लाबासीका लागि ठुलो राहत दिएको पनि उनीहरुले बताएका थिए ।

गाविस सचिव थानेश्वर खनालले विदेशमा बस्ने नेपाली युवाहरुले परिवारका लागि मात्रै नभई समग्र समाजका लागि गरेको कार्य प्रसंशनीय रहेको बताउनुुभयो । खनालले आगामी दिनमा कसैलाई दैबीक बिपत्ती नलागोस भन्दै सहयोगी संस्था का अध्यक्ष राजुु खड्का र सहजकर्ता सबैलाई धन्याबाद दिनुुभयो । अन्तराष्ट्रिय अर्घाखाँची मञ्चका महासचिव डिल्लीराज घिमीरेको सञ्चालन र गाविस सचिव थानेश्वर खनालको अध्यक्षता रहेको कार्यक्रममा गोमा ज्ञवालीको स्वागत मन्तब्य रहेको थियो । जिल्लामा आग्लागिका घट्नाले भएको क्षतिप्रति दुख व्यक्त गर्दै जिल्लाभरका अग्नी पिडितलाई राहत उपलब्ध गराउने समितिको निर्णय अनुसार चरणबद्ध रुपमा बितरण भईरहेको हाल यु.ए.ई मा रहनुभएका अर्घाखाँची सम्पर्क समिति यु.ए.इका अध्यक्ष राजुु खड्काले जानकारी दिनुुभयो । अबको तेस्रो राहत बितरण कार्यक्रम असुरकोट र धातिबाङ्गमा तुरुन्त हुने केन्द्रिय अध्यक्ष खड्काले जानकारी गराउनु भयो ।


, ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस