स्वास्थ्य क्षेत्रको विभेदकारी ऐन संशोधन गर्नुु पर्नेमा सरोकारवालाको जोड
बसन्त श्रेष्ठ ‘छापेली’
अर्घाखाँची

नेपाल स्वास्थ्य प्राबिधिक संघ जिल्ला कार्य समिति अर्घाखाँचीले आयोजना गरेको नेपाल स्वास्थ्य सेवा ऐनको कार्यान्वयन, स्वास्थ्यकर्मीका समस्या समाधानका उपाय बिषयक बिचार गोष्टीमा सहभागी बिभिन्न संगठनका स्वास्थ्यकर्मीले आफुहरुको तहगत बढुवा देखि पदस्थापनमा समेत बिभेद हुने गरेको बताएका थिए । नेपाल स्वास्थ्य प्राबिधिक संघको ३८ औँ स्थापनाको अवसरमा सन्धिखर्कमा भएको कार्यक्रममा उनीहरुले स्वास्थ्यकर्मीका समस्या समाधान गर्न सबै एकजुट हुुनुपर्नेमा समेत बताएका थिए ।

पेशागत महासंघका जिल्ला अध्यक्ष तथा नेपाल प्राबिधिक संघका केन्द्रिय सदस्य एवं लुम्बिनी अञ्चल इच्चार्ज तिलक मिश्रको प्रमुख आथित्यता रहेको कार्यक्रममा मिश्रले तह अनुसारको पदस्थापन गर्नुपर्ने बताउनुुभयो । उहाँले स्वास्थ्य सेवा ऐनलाई संशोधन गरेर अगाढि बढ्न सकिने भन्दै तह अनुसारको पदस्थापन गर्नुपर्ने बताउनुुभयो । मिश्रले स्वास्थ्य सेवा ऐनले सबैको सम्मान हुुने पर्ने भन्दै स्वास्थ्यकर्मीको सरुवामा चक्रिय प्रणाली अबलम्बन गर्नुुपने बताउनुुभयो । ‘कतिपयका लागि पछिल्लो पटक आएको स्वास्थ्य सेवा ऐनले कतिपयका लागि लाभ लाभदायी भएको छ किनकि यो बिभेदकारी छ, मिश्रले भन्नुभयो, यसलाई समय सापेक्ष संशोधन गर्नुपर्दछ ।’
जनस्वास्थ्य अधिकृत पुस्पा थापाले ऐन निर्माणमा कार्यान्वयनको बिषयमा चासो नराखिएको कुुरा उल्लेख गर्नुभयो । जिल्ला स्वास्थ्य कार्यालयका प्रशासन प्रमुख मदन भट्टराईले अधिकार सहितको पदस्थापन गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले कर्मचारीको सरुवामा पैसा खाने प्रबिति रहेका आरोप समेत लगाउनुुभयो ।
नेपाल स्वास्थ्यर्की संघका जिल्ला अध्यक्ष विश्वमणि न्यौपानेले सरकार पूर्वाग्राही बनेका कारण स्वास्थ्यकर्मी मर्कामा परेको बताउनुुभयो । उहाँले ऐनलाई पुर्नलेखन गर्नुपर्ने समेत बताउनुुभयो । नेपाल प्रगतिशिल स्वास्थ्य कर्मी संगठनका अध्यक्ष पूर्णप्रसाद पराजुुलीले स्वास्थ्यकर्मीको तहगत रुपमा बढुवा हुुन नसकेको गुनासो गर्नुभएको थियो । स्वास्थ्य क्षेत्र वकिल किन्ने क्षेत्रमा रुपमा परिचित भएको पराजुलीको भनाई थियो । 

औषधी व्यवसायी संघका जिल्ला अध्यक्ष लिला ढुङ्गानाले औषधी व्यवसायी तथा स्वास्थ्यकर्मीका समेत समस्या रहेको भन्दै सबै एकजुुट हुुनुपर्नेमा जोड दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका डा. हरीपन्थी, निजामती कर्मचारी संघका केन्द्रिय सदस्य अनिता भुसाल, आधिकारीक टे«ड युनियनका जिल्ला सदस्य देबेन्द्र केसी लगायतको आथित्यता रहेको कार्यक्रममा नेपाल स्वास्थ्य प्राबिधिक संघका जिल्ला अध्यक्ष रामप्रसाद घिमिरेको अध्यक्षतामा र गणेष पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।


0 comments
तपाइको प्रतिक्रिया दिनुहोस