अफगानिस्तानमा मारिएका नेपालीको सम्झनामा दिप प्रज्वलन
गरीबीको
बिवस्ताले आम नेपाली दाजुभाई विदेशीन वाध्य छन् । देशको अस्थिर राजनैतिक परिबेश
लगायत अन्य बिबिध कारणले लाखौको संख्यामा बिदेशिएको तितो यथार्थ सबै माझ प्रस्ट नै
छ ।यसै क्रममा रोजगारको सिलसिलामा अफगानिस्तान पुग्नु भएका निर्दोष नेपाली
दाजुभाइको हत्याले सबै देशलार्इ नै शोक मग्न बनाएको छ । यसै क्रममा हामी र हाम्रो
संगठन पनि यस घटना प्रति गहिरो खेद प्रकट गर्दै अफगानिस्तानको काबुल स्थित
आतंककारी हमलाबाट ज्यान गुमाएका नेपाली दाजुभाईहरुको सम्झना र आत्माको चिर
शान्तिको कामना गर्दै हिन्दू जागरण युवा संघ नेपालले सुर्खेतको बिरेन्द्रनगर,
भेरिगंगा नगरपालिका र बॉकेको हवल्दारपुरमा श्रद्धाञ्जली तथा दिप प्रज्वलन
कार्यक्रम सम्पन्न भएको हो
0 comments
तपाइको प्रतिक्रिया दिनुहोस