
कविता
विहानको झिसमिसे उज्यालोको
साहारा लिँदै
गोठको माले पनि
आज
बिहानै
बाँ
बाँ
गर्दै छ
फुर्सिनी दिदी पनि
चाडै उठछिन
साँइला दाई
काँधमा हलो जुँगा
अनि त्यो कम्मरमा खुर्पेटो बोकी गोजिमा एउटा आटाको डल्लो
र ढिका नुन च्याप्दै
गोरुलाई खेत्दै
तारे भीरको ओरालो झर्दै छ्न
एक साँईला दाई
मनमा खुशीको झोला बोकेर झर्दै छ्न
उता फुर्सेनी दिनभरका खतलाको भोजन खोज्दै
अरिमो परिमोको निम्तो दिँदै
दौड धुप गर्दै छिन्
उमेर ढल्कि सक्यो
अब बुढ्यौलीले छोपि सक्यो
गर्न सकिदैन बाबै
मनमा पिर र चिन्ताका तरङ्गहरु
पिङ खेलिरहेका छन
र पनि नहार्ने मनमा अठोट बोक्दै
चाहे पानि नभएर खेतका गरा
फुटे सरी हात हत्केलाहरु
फुटेर राताम्मै रगतका थोपा चुहाउन किन नपरोस्
चाहे बर्खे झरी सँग सामिप्यता गाँष्दै
बुढ्यौली उमेर पोख्न किन नपरोस्
चाहे हाबाहुरी आँधि तुफान आवस्
रोक्दैन मेरो पाखुरीलाई
किन कि
यो खेतबारि
मेरो जिबन हो
भविष्यको शाहारा हो
साँईला दाई
भन्दै छन्
ए ठूले तँ यता आईजा
भन्दा भन्दै
अरे बज्रम्म खेतको आलीमा पछारिँदा
उता खुप खेतालाहरुको गलल्ल हाँसो
लाग्छ त्यो क्षण रमाईलोको सगरमाथा बनेको लाग्छ
म पनि कम काँहा थेर बिउ हुत्काउने मौका छोपी
खेतालाहरुको नजिक नजिक फ्याकि दिन्थे
अनि उता बाट आउने
त्यो उत्तर
अनि ठुलै श्वरमा प्रतिकृया आउथ्यो
पख जान्या छम भन्दै काममा लाग्थे खेतालाहरु
लाग्थ्यो श्वर्गको अनुभुति
यहि
मेरो नेपाल
यहि गैरी खेत
अनि असार पन्ध
हो यहि असार पन्ध्र
विक्रम पाण्डे समान्ता
अर्घाखाँची
"असार-पन्ध्र"

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस