चालक र साहुले ३० हजार नगद सहित, भेटाएको झोला जस्ताको तस्तै बुझाए

बुुुलन्द संवाददाता
 अर्घाखाँची
                     बसमा नगद तथा  जिन्सि हरायो भने दिदैनन । गाडीका चालक तथा स्टाफहरुलेनै लैजान्छन भन्ने तपाई हाम्रो सोचाई छ भने यो सोचाईलाई अर्घाखाँचीका बस ब्यबसायीहरुले तोडेका छन । ठाडा बाट बुटबल जान हिडेकि धनचौरकि मनिकला उचैको नगद ३० हजार र पेन्सन पट्टा तथा महतवपुर्ण कागजपत्र सहित हराएको झोला उनीहरुले जस्ताको तस्तै बुझाएका छन । 
                                 लु १ ख ७३६८ नम्बरको बसका गाडीधनी सन्धिखर्क घोचेखोलाका रमेश आचार्य र चालक कपिलबस्तु बाणगंगाका जमिल अलिले सबै यात्रु झरेर सकिए पछि सबै भन्दा पछाडीको सिटमा झोला भेटाएका थिए । झोलामा केछ भनि हेर्र्दा पैसा र पेन्सन पट्टा रहेको देखे पछि उनीहरुले जस्ताको तस्तै झोला सुरक्षित राखि  सन्धिखर्कमा रहेको पश्चिम नेपाल बस समितिको कार्यलयमा  सम्पर्क गरेका थिए ।   बिचबाट चढेकी ति महिला कुन बसमा आएको कति नम्बर हो भन्नेनि थाहा थिएन । बुटबल गएर बसबाट ओर्लिन । छोरी लिन आए पछि छोरी संगै गईन । 
                          रिकसा चढेर छोरीकोमा जादै गर्दा बल्ल उनलाई थाहा भयोकि झोला हरायो भन्ने । नगद सहित महत्वपुर्ण कागजातको  झोला हरायो भनेर चिन्तित बनेपछि खोजी गर्दै जादा बस काउण्टरमा महिलाका आफन्तले खबर गरेका थिए । भेटिएको झोला पश्चिम नेपाल बस ब्यबसायी समितिका सदस्य सरोज पौडेलले मनिकलाका आफन्त जनक गैरेलाई हस्तान्तरण गरेका छन । हराएको सामान भेटाएर जस्ताको तस्तै बुझाएको भन्दै जनकले चालक र गाडी धनीलाई तीन, तीन हजार रुपैया पुरस्कार प्रदान गरेका छन । 

,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस