क्यानेडीयन नेपालीद्धारा आग्लागी पिडितलाई आर्थिक सहयोग

बसन्त श्रेष्ठ ‘छापेली’
जेष्ठ १८ गते, अर्घाखाँची
अर्घाखाँचीमा जन्मेर हाल क्यानडामा बस्दै आएका नेपालीहरुले जिल्लाका आग्लागी पिडितहरुलाई आर्थिक सहयोग गरेका छन् ।
जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १५ भिर्ना झेडी बजारमा पुुर्खाैली घर भई हाल क्यानडा टोरोन्टो बस्दै आएका गुरुप्रसाद श्रेष्ठको पहलमा संकलन गरीएको २ लाख ७५ हजार रकम मंगलवार एक कार्यक्रमका बीच प्रमुुख जिल्ला अधिकारी सुुरेन्द्र पौडललाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएको रकमको चेक समाजसेवी गुरुप्रसाद श्रेष्ठका नातेदार युवा व्यवसायी तथा सम्धी दिपक कुमार श्रेष्ठले हस्तान्तरण गर्नुभएको छ । उक्त रकम जलुुके, सिद्धारा, ठाडा, सिमलपानी लगायतका जिल्लाका बिभिन्न स्थानमा रहेका अग्नि पिडितलाई आवश्यकता अनुसार खर्च गरिने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलले जानकारी गराउनुुभयो । उहाँले जिल्लामा आग्लागीका कारण ठुुलो क्षती भएको भन्दै उक्त क्षतीमा सहयोग गर्ने सबैलाई धन्याबाद समेत दिनुुभयो । 
सहयोग संकलनकर्ता गुुरुप्रसाद श्रेष्ठले आफ्नो जन्म जिल्लामा आग्लागीबाट भएको क्षती प्रति दुुख व्यक्त गर्नुभएको छ । बिगत १५ वर्ष देखि क्यानडाको टोरोन्टोमा हस्पिटालिटी गर्दै आउनुुभएका  श्रेष्ठ समाजसेवीका रुपमा परिचित हुुँदै आउनुभएको छ । गत वर्ष भूकम्प प्रभाबित क्षेत्रमै पुगी पीडीतलाई आर्थिक सहयोग गर्नुभएका उहाँ एनआरएन क्यानडाका सस्थापक सदस्य समेत हुनुुहुुन्छ । गरुप्रसाद क्यानेडियन हेरिटेज सेन्टर लगायतका सस्थामा समेत आबद्ध हुुनुुुहुुन्छ । 
अर्घाखाँचीमा यस वर्ष फैलिएको डढेलोले सयौ घर सहित करोडौको धनमाल नष्ट गरेको छ । सुख्या याममा फैलिएको डढेलोले जिल्लाका सन्धिखर्क नगरपालिका सहित २४ गाविसका स्थानीय बासिन्दा प्रत्यक्ष प्रभावित भएका थिए । जिल्ला भर एक सय ७४ घर र ९० गोठ आगोले जलेर पुर्ण रुपमा नष्ट भएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चिरञ्जिबी घिमिरेले बताउनुभयो । धातीवाङ्ग गाविस वाड नं. ९ दहमा घर नजिकै लागेको आगो निभाउने क्रममा चिप्लिएर स्थानीय ३२ बर्षिय मखमली विकको मृत्यु समेत भएको थियो ।
घर र गोठ र त्यसमा रहेका नद तथा जिन्सी समेत जलेर नष्ट हुदा करिब ६ करोड पचास लाख रुपैया बराबरको क्षती भएको छ । घर जलेका परिवारलाई राहत वितरणको काम पनि भैरहेको सूचना अधिकृत घिमिरेको जानकारी दिनुभयो । वन क्षेत्रमा पनि डढेलोले तहस नहस बनाएको छ । सामुदायीक तथा राष्ट्रिय गरि १२ हजार आठ सय ३१ हेक्टर बन क्षेत्रमा डढेलो लागेको छ । जिल्लाका एक सय ४४ सामुदायीक बनमा डढेलो लागेको छ । सात हजार दुई सय ११ हेक्टर सामुदायीक वन र पाँच हजार छ सय २० हेक्टर बन क्षेत्रमा डढेलो लागेको जिल्ला वन कार्यलयका सहायक जिल्ला वन अधिकृत मदन प्रसाद ढुंगानाले बताउनुुभयो । डढेलोले जिल्लाका धातिवाङ्ग, सिद्धारा, सिमलपानी, जलुके, अडगुरी, पाली र ठाडा गाविसमा बढि क्षती पुगेको छ ।

Don't copy this news without notification
Bulanda news Desk thanks

,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस