शिक्षा क्षेत्रको सुधारका लागि छिट्टै नयाँ योजना आउछ ः पाण्डे
शिक्षा क्षेत्रको सुधारका लागि छिट्टै नयाँ योजना आउछ ः पाण्डेज्ञान प्रकास माध्यमिक बिद्यालय सन्धिखर्क नगरपालिका १५ सल्लिकोटको चार कोठे नब निर्मित भबनको उद्घाटनबसन्त श्रेष्ठ "छापेली"

शिक्षा मन्त्रालयका सहसचिव टेकनारायण पान्डेले शैक्षिक क्षेत्रको विकासका लागि छिट्टै मन्त्रालयले नयाँ योजना ल्याउन लागेको जानकारी गराउनुुभएको छ । ज्ञान प्रकास माध्यमिक बिद्यालय सन्धिखर्क नगरपालिका १५ सल्लिकोटको चार कोठे नब निर्मित भबनको उद्घाटन गर्दै उहाँले सो कुरा वताउनुुभयो । गुणस्तरीय र व्यावहारिक शिक्षा अहिलेको मुख्य आवश्यकता रहेको पाण्डेको भनाई थियो । पान्डेले शैक्षिक क्षेत्रको विकास बिना मुलुकको विकास हुन नस्क्ने दावी समेत गर्नुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुलीले जिल्लाको शैक्षिक क्षेत्रको विकासका लागि आफुले योजना बद्दढंगले काम अगाडि बढाएको बताउनु भयो । उहाँले सरकारले ल्याएको योजना जिल्लामा पूूर्ण रुपमा कार्यान्वयन गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुुभयो ।
कार्यक्रममा बिद्यालय प्रधानध्यापक सुर्यबहादुर खनालले आर्थिक प्रतिबेदन पेस गर्दै बिद्यालयलाई वाललालिकाको आवश्यकता र समयको माग अनुुसार परिमार्जन गर्न लागि पर्ने वताउनुुभएको थियो । खनालले बिद्यार्थी, बिद्यार्थी अभिभावक र समग्र समुदायको सक्रियतामा मात्रै विद्यालयलई सुधार र नमुुना बनाउन सकिने भन्दै त्यसका लागि सबै आफ्नो क्षेत्रबाट लागि पर्नुपर्ने बताउनुुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यलयका शाखा अधिकृत बलराम मिश्र, बिद्यालय निरिक्षक नारायण पोख्रेल, नेपाल शिक्षक संघका अध्यक्ष यादबप्रसाद घिमिरे, नेपाल प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल, श्रोत ब्यक्ति युबराज भुसाल लगायतको आथित्यता रहेको थियो । कार्यक्रम विद्यालय ल्यावस्थापन समितिका अध्यक्ष कृष्ण कुमार बस्यालको अध्यक्षता, शिक्षक दिनामणि बेल्बासेको सन्चालन र शिक्षक दुर्गाप्रसाद बस्यालको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । चार कोठे भबन ३८ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

0 comments
तपाइको प्रतिक्रिया दिनुहोस