जनवरी ४, टोकियो ।
अर्घाखाँची समाज जापानको तेश्रो अधिबेशनबाट बाबुराम पौडेल अध्यक्षमा चयन हुनुभएको छ । बिहीबार टोकियोमा सम्पन्न तेस्रो अधिवेशनले पौडेललाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । अर्घाखाचीको डिभर्ना जन्मनुभएका पौडेल जापान प्रवेश संगै समाजमा आवद्ध हुनुभएको थियो । २०१५ मा कार्यसमिती सदस्यमा प्रवेश गर्नुभएका पौडेल महासचिव हुदै २०२०-०२२ का लागि अध्यक्ष बन्नुभएको हो । उहाँले आफनो कार्यकालमा जापानमा छरिएर रहेका सबै अर्घाखाचीबासीहरुलाई एकिकृत गरि अगाडी बढ्ने बताउनुभयो । जिल्लाबासीको समस्या नै आफ्नो समस्या भएकोले सबैको दु:ख र सु:खको सहयात्री बन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै अध्ययनका लागि जापान आएका जिल्लाबासी बिद्यार्थीहरुलाई अध्ययन पश्चात स्थाई रोजगारीका लागी समेत पहल गर्ने उल्लेख गर्नुभयो । त्यसका लागी जापानी कम्पनीहरुसंग सहकार्य गर्ने जानकारी दिनुभयो । जन्मभूमीप्रति पनि समाजको उत्तिकै दायित्व भएकोले जिल्लामा आईपर्ने भैपरि समस्याका लागी पनि सिंगो कार्यसमिती नै प्रर्तिवद्ध रहेको बताउनुभयो ।
२ बर्षे कार्यकालका लागि पौडेलको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा अयन बहादुर टण्डन, कृष्ण के .सी, नेत्र प्रसाद पन्थी, महासचिबमा नारायण भुसाल, सचिब संगीता थापा, बाबुराम घिमिरे, कृष्ण बहादुर आले, कोषाध्यक्ष टोप बहादुर घर्ती मगर, सह-कोषाध्यक्ष बासुदेब फुल्लेल रहनुभएको छ । त्यस्तै सदस्यहरुमा कृष्ण बहादुर आले मगर , दिल ब. श्रेष्ठ, चेतन घर्ती मगर, चेत नारायण थापा, हरी गौतम , ध्रुब बन्जाडे, अबिनास जी सी, मुना जी सी टण्डन, राजकुमारी रायमाझी, शर्मिला फुल्लेल, कमला थापा के.सी , केतकला आले चयन हुनुभएको छ ।
एभरेष्ट इन्टरनेशनल स्कुल जापानका अध्यक्ष डा. भूपालमान श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा बोल्दै समाजले जिल्लाबासीका समस्यालाई मध्यनजर गरि समाधानको बाटो खोज्नु पर्ने बताउनुभयो । उहाँले समाजका प्रतिभाशाली व्यक्तीलाई पहिचान प्रवद्धन गर्नु पर्ने र अरुभन्दा फरक तरिकाले समाज चलाउन सुझाव दिनुभयो ।
सोही कार्यक्रममा एन आर एन ए जापानका अध्यक्ष देबिलाल भण्डारी , नेपाली ब्यबसायी संघ जापानका अध्यक्ष बिजय थकाली,पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले ,समाजका संरक्षक ज्योतिष घर्ती मगर र नेत्र बिस्ट , डा. बिष्णु खनाल लगायतले बोल्दै जापानमा सबै जिल्लाका आ-आफना समाज भएकाले सबैसंग सहकार्य गर्दै अघि बढन सुझाव दिनुभएको थियो ।
समाजका उपाध्यक्ष कृष्ण केशीको स्वागत महासचिब नारायण भुसालको संचालनमा सम्पन्न कार्यक्रममा बाल गाएक प्रेमप्रकाश टण्डन र अनेसास जापानका सचिव धुर्व बन्जाडेले गित र साहित्यको माध्यमबाट उपस्थित सबैलाई मनोरन्जन दिनुभएको थियो ।
काठमाडौं । गैरआवासीय नेपाली सघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ ।
बिहीबार बिहान १० बजेदेखि शुरु भएको मतदान बिभिन्न विवादकाबीच साँझ ६ बजे सकिएको हो ।
महासचिवका उम्मेदवार जानकी गुरुङका अनुसार २ हजार ३४१ मत खसेको छ । मुचुल्का उठाए लगत्तै मतगणना सुरु गर्ने निर्वाचन समितिले तयारी गरेकोछ ।
निर्वाचनमा शुरुमा विद्युतीय मेशिनबाट मतदान हुने भनिएता पनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको थियो ।
निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन् ।
अध्यक्षमा जर्मनीबाट कुमार पन्त र बेलायतबाट कुल आचार्य उम्मेदवार छन् । महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माको उम्मेदवारी छन् ।
निर्वाचनबाट दुई वर्षका लागि बिभिन्न १२ पदमा ४२ सदस्यीय कार्यसमिति चयन हुनेछ । मध्यपूर्वका संयोजक र २ उपसंयोजक भने निर्बिरोध भइसकेका छन् ।
हृदय भुसाल
अर्घाखाँची
पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले नागरिकले अधिकार सगै कर्यब्यलाई पनि उतिकै ख्याल गर्नु पर्ने बताउनु भएको छ । रेडियो मालारानीको कार्यक्रम साझा चौतारी उत्पादनको क्रममा पाणिनी ५ मैदानमा भएको कार्यक्रम यस्तो बताउनु भएको हो ।

गौतमले अव नेता र जनप्रतिनी मात्रै जवाफदही भएर नहुने भन्दै उहाँ सवै जनता उपभोतmा समिती संघ संस्था बिधालय समुह र प्रत्येक ब्यतmी ब्यतmी पारदर्शि, जवाफदेखी र उतरदाही भएमात्र समाजमा सुसाशन कायम गर्ने सकिने वताउनु भएको हो । उहाँले जनताहरुले पनि अव खालीजनप्रतिनिधी र नेतालाई आरोप लगाएर मात्र उम्कन्न नपाउने भन्दै गौतम ले हरेक स्थानिय तह वाट सञ्चालन भएका बिकास निमार्णका योजना आयोजनाहरु जनताकै माग र आबश्यकता वाट मात्रै सञ्चालन गरिएको वताउनु भएको छ । उहाँले आफु जनप्रतिनिधी भई सकेपछि सवैको साझा भएकोले कुनै पार्टी बिशेष हेरी काम नगर्ने भन्दै सवैलाई पार्टीको कारणले विकास निमार्णमा अवरोध गर्न खोज्य आफुले कसैलाई पनि नछोडने बताउनु भएको हो ।

गौतमले आर्फु पालिकाको बिकास र समवृद्दिको लागी जस्तो सुकै मुल्य पनि चुकाउन पोछी नपर्ने भन्दै जस्ले गरेपनि राम्रोकामका लागी आफु साथ दिन बताउनु भएको छ । उहाँले पाणिनी गाउँपालिकालाई कृषि पशुपालन र पर्यटनको क्षेत्रमा नमुना योग्य गाउँलिका बनाउन बिशेष योजना बनाएको स्मरण गराउदै अव छिटै पालिकामा खानेपानिको समस्या समाधान हुने र एक घर एक धारोका नारा लाई पुरा गर्ने प्रतिवद्धता समेत गर्नु भएको छ ।

कार्यक्रममा पालिका उपाध्यक्ष लक्ष्मी गौतमले पहिलो वर्ष आफुहरुलाई अनुभवको वर्ष भएको हुदा सोचे अनुरुप काम गर्न नसकिएको भन्दै यो वर्ष वाट आफुहरुले प्रभावकारी काम गर्ने बताउनु भएको हो । अनुगमन समितीको सयोजक समेत रहनु भएकी गौतमले यो वर्षका योजना आयोजनाको अनुगमनको काम लाई ब्यवस्थित गर्ने भन्दै वजेट कहि कतै पनि दुरुपयोग हुन नदिने बताउनु भएको हो । गौतमले न्याए सम्पादनमा विभिन्न कानुनका जटिलताका विचमा पनि स्थानिय स्तरका बिभिन्न खालका समस्या हरुलाई आफुहरुले समयमै समाधान गरेको समेत बताउनु भएको छ ।

प्रहरीको बन्दुक खोस्न खोज्दा गोली हानियो, एकको मृत्यु
– फ्रान्सको पेरिसस्थित ओर्ली विमानस्थलमा प्रहरीले गोली हानेर एकजनाको हत्या गरेको छ । विमानस्थलमा रहेका प्रहरीको हतियार खोस्न खोजेपछि उनलाई गोली हानिएको अधिकारीहरुले बताएका छन् । 

गोली चलेको आवाजपछि विमानस्थलमा रहेका यात्रुलाई सुरक्षित स्थानतर्फ सारिएको र विमानस्थलभित्र कसैलाई पनि प्रवेश गर्न नदिइएको बिबिसीले जनाएको छ । ओर्ली पेरिसमा रहेको दोस्रो ठूलो विमानस्थल हो । अहिले बम डिस्फोजल टोलीसहित प्रहरीले विमानस्थलको निरिक्षण गरिरहेको छ । ओर्ली विमानस्थल भएर यात्रा गर्ने तयारी गरेकालाई अर्को उपाय खोज्न अनुरोध गरिएको छ ।
बसन्त श्रेष्ठ ‘छापेली’
१९ माघ, अर्घाखाँची
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन जिल्ला कमिटि अर्घाखाँचीको बैठक बुधवार मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले आसन्न जिल्ला कमिटिको २१ औँ जिल्ला अधिवेशन भब्य रुपमा सम्पन्न गर्न बिभिन्न उपसमितिको समेत गठन गरेको छ ।

नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य जर्नादन खनालको प्रमुख आथित्यता रहेको कार्यक्रममा अनेरास्वबियु केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज भरत न्यौपानेको बिशिष्ठ आथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिति खनालले आसन्न जिल्ला अधिवेशन एकताको अधिवेशनको रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुुभयो । खनालले बिद्यार्थी पार्टीको आधार शिला भएको भन्दै सम्पूर्ण बिद्यार्थीहरुलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिनुुभयो । बिशिष्ठ अथिती भरत न्यौपानले अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन हुने बताउनुुभयो । न्यौपानेले सम्पूर्ण जिल्ला कमिटिका नेताहरुलाई सम्मेलनलाई सफल पार्न आ—आफ्नो जिम्मेवारीलाई पुरा गर्न आग्रह गर्नुभयो ।

बैठकले जिल्ला सम्मेलनलाई सफल पार्न बिभिन्न उपसमिति समेत गठन गरेको छ । जस अनुसार प्रदिप नेपालीको संयोजकत्वमा नारायण भुसाल, कृष्ण भुसाल, नबीन केसी लगायतका सदस्य रहने गरी आर्थिक व्यवस्थापन उपसमितिको गठन गरेको छ । त्यस्तै नारायण भुसालको संयोजकत्वमा नबीन केसी सहसंयोजक रहने गरी प्रतिनिधी व्यवस्थापन उपसमितिको गठन गरेको छ । बैठकले लेखनाथ आचार्यको संयोजकत्वमा ठाकुर भुसाल, मोहन भुसाल, सिर्जन भुसाल, सागर परियार, राजु खनाल, बिराज मुखिया, सिमा केसी प्रकास राउत, रञ्जित परियार लगायतका रहेको १२ सदस्सीय स्वयम सेवक परिचालन उपसमितिको गठन गरेको छ । त्यस्तै कृष्ण पाण्डेको संयोजकत्वमा प्रमोद ज्ञवाली, गीतारम बिष्ट, प्रकाश गौतम लगायतका रहेको खाद्य तथा आवास उपसमिति गठन गरिएको छ । त्यस्तै बसन्त श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ । जसको सदस्यहरुमा सागर परियार, बिष्णुु ठकुरी लगायतका रहनुभएको छ । बैठकले सागर परियारको संयोजकत्वमा सास्कृतिक उपसमितिको समेत गठन गरेको छ । जसको सदस्यहरुमा मोहन भुसाल लगायतका रहनुभएको छ ।

बुधवार बसेको बैठकले जिल्लाभरबाट छनोट भएका १ सय ३० प्रतिनिधीलाई अनुुमोदन गरेको प्रचार बिभाग संयोजक तथा जिल्ला कमिटि सदस्य बसन्त श्रेष्ठले जानकारी दिनुुभयो । अनेरास्वबियुुको २१ औँ जिल्ला सम्मेलन आगामी माघ २१ र २२ गते सन्धिखर्कमा हुुँदै छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने अनेरास्वबियु जिल्ला कमिटि अध्यक्ष प्रदिप नेपालीले जानकारी दिनुभयो । अधिवेशनले नयाँन नेतृत्व चयन गर्दै छ । नयाँ नेतृत्वमा वर्तमान अध्यक्ष प्रदिप नेपाली, जिल्ला कमिटि सदस्यहरु नबीन केसी, नारायण भुसाल र कृष्ण पाण्डे आकांक्षी देखिएको श्रोतको भनाई छ । अधिवेशनको मिति नजिकिएसँगै जिल्लामा नेतृत्वको बिषयले निक्कै चर्चा पाउन थालेको छ । अहिलेको अधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने पक्षमा पार्टी पंक्ती लागेको एक नेताले जानकारी दिएका छन् । अधिवेशनबाट कसको नेतृत्वमा जिल्ला कमिटि जाने भन्ने बिषयमा भने हाल सम्म पार्टी पक्ती केही नबोलेको श्रोतको भनाई छ ।
फाइल तस्वीर
काठमाडौं, ७ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयता र सीमाकंनमा पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।
अहिलेसम्म संघीय संरचनाका लागि भएका सहमति बाध्यताले र परिस्थितीका कारण भएको भन्दै ओलीले अब प्रदेशको सीमांकन उत्तर–दक्षिण जोड्नेगरी अहिलेकै पाँच विकास क्षेत्रलाई आधार बनाएर गर्नुपर्ने बताए ।
पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउने माग अधिकांश नेपाली जनताको हो । जब जब संघीयता र सीमांकनको कुरा आउँछ तब जनताहरुले पाँच प्रदेशको उठाउथे । तर, आज देशकै दोस्रो ठूलो दलका प्रमुख नेताले पाँच प्रदेशको खाका अघि सारेपछि राजनीतिमा तरंग पैदा भएको छ ।
अधिकांश जनताले उनको यो प्रस्तावलाई लिएर प्रंशसा गरिरहेका छन् । केहीले भने परिवर्तन विरोधी भन्दै विरोध गरिरहेका छन् ।
कसरी आयो पाँच प्रदेशको कुरा ?
बुधबार एमाले अध्यक्ष ओलीलाई भेट्न कांग्रेस, एमाले र माओवादीसम्बद्ध पूर्वसांसदहरुको जम्बो टोली बालकोट पुग्यो । आफ्नै निवासमा भेट्न आएको टोलीलाई ओलीले भव्य स्वागत गरे ।
भेटमा देशको समसामयिक परिस्थितीबारे छलफल भयो । छलफलका क्रममा अहिले सरकारले ल्याएको संविधान संशोधन, पाँच नम्बर प्रदेश टुक्राउने निर्णय, त्यसपछि उत्पन्न आन्दोलन, सरकारको कार्यशैली, राष्ट्रियता लगायत विषयमा गम्भीर कुराकानी भयो ।
त्यसक्रममा ओलीले संघीयतामा पाँच विकास क्षेत्र नै उत्तम विकल्प हुने कुरा गरे । पूर्व सांसदहरुले पनि पहिलो संविधानसभामा आफूहरूले मुलुकले धान्न सक्ने चार प्रदेश कोसी, गण्डकी, कर्णाली र राजधानीमात्र भन्दै देशव्यापी जनमतको एकीकृत रिपोर्ट तयार पारेको स्मरण गराउँदै पाँच प्रदेश नै उपयुक्त हुने सुझाव दिए । ‘स्रोत साधनले पनि अहिलेकै संरचनामा पाँच प्रदेश उपयुक्त हुन्छ,’ पूर्वसांसदहरुले सुझाव दिँदै ओलीलाई भने ।
पूर्वसांसद अकलबहादुर बिष्टका अनुसार पाँच प्रदेशको सुझाव पूर्व सांसदहरुले दिएपछि ओलीले अब यसलाई अगाडि बढाउने आश्वासन दिएका थिए ।
यो खबर बाहिरिएपछि धेरैले ओलीले बल्ल जनताको भावना बुझेको भन्दै प्रशंसा गरेका छन् । पत्रकार शिवराज योगी भन्छन्- ‘पाँच प्रदेश बनाउ भन्ने मेरै लाइनमा आएछन् ओली, आखिर जनताको भावाना शक्तिशाली हुँदो रैछ ।’
यता केहीले भने पाँच प्रदेश बनाउने ओलीलाई प्रस्तावलाई परिवर्तनविरोधी भनेका छन् । नारायणप्रसाद सिन्धुलिया भन्छन्– ‘ओलीको प्रस्ताव– ५ विकास क्षेत्रलाई ५ प्रदेश बनाऔं । अनि त्यसपछि के राजतन्त्र फर्काऔं, अनि सामन्तका टाउका छप्क्याउन झापातिर लागौं ?’ ओलीको प्रस्तावको नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले आलोचना गरेका छन् ।

राष्ट्रपतिकाे अाह्वानमा शीतल निवासमा बसेकाे सर्वदलीय बैठकमा सहभागी नेताहरू। तस्बिर: दिपेश श्रेष्ठ
काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा राष्ट्रपति भवन शीतल निवासमा सर्वदलीय बैठक बसिरहेको छ। राष्ट्रपतिको आह्वानमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बसिरहेको हो। संविधान संशोधन प्रस्तावलाई लिएर दूरी बढ्दै गएका बेला राष्ट्रपति भण्डारीले दलहरूलाई सहमतिबाट निकास दिन आग्रह गर्ने शीतल निवास स्रोतले जनाएको छ।
उनले दलीय सहमतिबाटै संविधान संशोधन र कार्यान्वयनमा जुट्न प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई आग्रह गर्दै आएकी छन्। सरकारले गत मंगलबार संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराएपछि देशका विभिन्न भागमा आन्दोलन सुरु भएको छ। यसैलाई ध्यान दिई राष्ट्रपतिले दलहरूलाई शीतल निवास बोलाएकी हुन् ।
‘मुलुकको पछिल्लो अवस्थाबारे उहाँ निकै चिन्तित हुनुहुन्छ,’ राष्ट्रपति निकट स्रोतले शनिबार भन्यो, ‘सबै दलका शीर्ष नेतालाई बोलाएर मिलेरै समस्या समाधान गर्न आग्रह गर्न लाग्नुभएको हो ।’
यसअघि राष्ट्रपति भण्डारीले मंसिर १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई शीतलनिवास बोलाएर मिलेरै संविधान संशोधन प्रक्रिया अघि बढाउन आग्रह गरेकी थिइन् ।
(२०७३ कार्त्तिक २४, बुधवार)


भारतले मंगलबार रातिदेखि भारु ५०० र एक हजारदरका नोट बजारमा चलाउन रोक लगाएपछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रा बजारमा पर्ने भएको छ ।
भारत सरकारको निर्णयले भारतसँग जोडिएका सीमा क्षेत्रका लाखौं नेपाली नागरिक एवं भारतमा रोजगारी गर्ने नेपालीमा त्यसको प्रत्यक्ष असर पर्नुका साथै नेपालमा रहेको अर्बौं भारतीय रुपैयाँको व्यवस्थापनमा चुनौती सिर्जना भएको हो ।
भारतसँग एक हजार ८०० किलोमिटर खुला सीमा क्षेत्रमा बस्ने नेपालीसँग रहेका भारु नचल्ने भएका छन् । भारतसँग परम्परागतदेखि कारोबार भारतीय रुपैयाँमा नै हुने भएकाले त्यहाँका लाखौं नेपाली नागरिकसँग अर्बौं रकम भएको अनुमान छ ।
त्यस क्षेत्रका नागरिकले दैनिक कारोबारका लागि राखेका भारु एक हजारदेखि लाखसम्म रह्यो भने पनि त्यसको ठूलो असर पर्छ ।
त्यसैगरी, भारतले यही नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा साट्नसक्ने भने पनि त्यसका लागि राखिएको प्रावधान नेपालीका लागि जटिल हुने देखिएको छ ।
भारतले राहदानी र स्थायी लेखा नम्बर (प्यान)सहित उक्त दरका नोट साट्नसक्ने प्रावधानले नेपालीलाई नराम्रो असर पार्ने देखिएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारै निर्देशन जारी गरेर बैंक, वित्तीय संस्था एवं मुद्रा सटही केन्द्रलाई उक्त दरका नोटको कारोबार नगर्न भनेको छ ।
त्यसैगरी, भारतीय केन्द्रीय बैंकलाई नेपालमा रहेको भारुको व्यवस्थापनका विषयमा पत्राचार गर्ने निर्णय गरेको छ ।
त्यस्तै, सुदूरपश्चिम र मध्यपश्चिममा लाखौं नेपाली नागरिक भारतमा रोजगारीमा छन् । उनीहरुलाई पनि भारतको पछिल्लो निर्णयले ठूलो असर पुर्याउने भएको छ ।
सबै क्षेत्रमा त्यसको असर पर्ने नेपाल राष्ट्र बैंक विदेशी मुद्रा विनिमय तथा विश्लेषण महाशाखाका पूर्वनिर्देशक कल्याणबन्धु अर्याल बताउँछन् ।
उनका अनुसार सर्वसाधारण एवं अनौपचारिकरुपमा कसैले भारतीय रुपैयाँ जम्मा गरेर राखेको भए ती सबै रुपैयाँ बेकाम हुने भयो । यसले पनि समग्र मुद्रा बजारमा असर पार्छ ।
नेपालका व्यापारी कसैले भारतीय मुद्रा ठूलो मात्रामा राखेको भए त्यसले समस्या निम्याउनसक्ने अर्यालको भनाइ छ । उनका अनुसार साधारणतया बलियो मुद्रामा कालोधन राख्ने भएकाले पनि भारतले गरेको अमौद्रिकीकरणको असर नेपालमा पर्छ ।
भारतीय मुद्रा अपरिवर्तीय भएकाले नेपाल र भुटानमामात्र भारतीय मुद्रा चलन-चल्तीमा छ । त्यसका लागि यी दुई मुलुकले भारतबाटै मुद्रा ल्याउँदै आएका थिए ।
नेपालमा पहिले रेलमार्फत् ल्याइन्थ्यो भने अहिले हवाई जहाजबाट ल्याउने गरिएको छ ।
भारतीय कानुनले नेपालमा भारु ५०० र एक हजारदरका नोटको कारोबारमा सन् २००२ देखि प्रतिबन्ध लगाएको भएपनि सन् २०१५ पछि भारु २५ हजारसम्म उक्तदरका नोट व्यवहारतः कारोबार गर्न पाउने व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलका अनुसार भारतीय सरकारले भारतीय पैसा नचलाउ भनेपछि नेपालमा उक्त दरका नोट पूर्णरुपमा प्रतिबद्ध हुन्छ ।
उनले नेपालको बैंकिङ प्रणालीमा रहेका उक्त दरका नोटका विषयमा भने नेपाल राष्ट्र बैंक र सरकारले नै कूटनीतिक तवरले समाधान गर्नुपर्छ भने ।
नेपाली बजारमा पर्ने असरलाई समाधान गर्ने विषयमा बुधबारैदेखि राष्ट्र बैंकले छलफल सुरु गरेको भन्दै प्रवक्ता पौडेलले चाँडै भारतीय रिजर्भ बैंकलाई पत्राचार गरिने जानकारी दिए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगबार राष्ट्रको नाममा सम्बोधन गर्दै जाली नोटलाई निरुत्साहित गर्न भारु ५०० र एक हजारका नोट पूर्णप्रतिबन्ध लगाउने घोषणा गरेका थिए ।
उनले सम्बोधनका क्रममा सर्वसाधारणले यही नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा आफूसँग भएका उक्त दरका नोट बैंक तथा हुलाकमार्फत् जम्मा गर्न आग्रह गरेका छन् ।
बजारमा रहेको कालोधनलाई शुद्धीकरण गर्ने उद्देश्यले त्यस्तो गर्नुपरेको प्रधानमन्त्री मोदीको धारणा छ ।
सम्बोधनका क्रममा भारतका केन्द्रीय बैंकले चाँडै भारु ५०० र दुई हजारका नयाँ नोट बजारमा ल्याउने पनि जानकारी दिँदै उनले यसले मुलुकको अर्थतन्त्र सुदृढीकरण हुने बताएका छन् ।
सोही सम्बोधनअनुसार भारतका सबै बैंकका बुधबारैदेखि एटीएम बन्द गरिएको छ भने सरकारी अस्पतालमामात्र कारोबार गर्न दिइएको छ । यसले गर्दा विश्व मुद्रा बजारमा पनि असर पर्ने बताइएको छ ।
सीमा क्षेत्रमा असर
भारत सरकारले भारु ५०० र एक हजारको नोटको कारोबार बन्द गरेसँगै झापालगायत सीमा क्षेत्रका नेपाली नागरिक मारमा परेका छन् ।
सीमा क्षेत्रका होटल, पसल, सटही काउन्टर र सर्वसाधारणसँग रहेको भारु व्यवस्थापन गर्न कठिनाइ भएको उनीहरुको गुनासो छ ।
झापाको पूर्वीनाका काँकडभिट्टा तथा मेचीनगर नगर क्षेत्रमा रहेका नेपाली नागरिक भारु ५०० र एक हजारका नोट जम्मा गर्न बुधबार बिहानैदेखि दौडधुप गरिरहेका छन् । इमेजखबरमा समाचार छ ।
विजय थापा, अमेरिका । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको रन्को जारी छ । जति कम बोल्यो त्यति गल्ती कम ,जति ज्यादा बोल्यो त्यति ज्यादा गल्ती हुने सम्भावना हुन्छ भन्ने भनाइ छ । रिपब्लिकन दलका राष्ट्रपतिका प्रत्यासी डोनाल्ड ट्रम्प छिटो र धेरै कुराहरु अभिव्यक्ति दिन सक्ने भएका कारण बारम्बार विवादमा आउने गर्छन् ।
कयौँपटक उनले बोलेका कुराहरुलाई ज्यादा दबाब आएपछि संचारमाध्यममार्फत माफी माग्छन्। आगामी नोभेम्बर ८ तारिखमा हुने राष्ट्रपतिय चुनावी मुखमा फेरि एकपटक नराम्रो संग उनको थुतुनोको कारण विवादको भुमरीमा जकडिएका छन् ।
उनले सन् २००५ मा महिलालाई अश्लिल शब्द प्रयोग गरिएको भिडियो वाशिंगटन पोस्टले सार्बजनिक गरि दिएपछि ट्रम्प ठूलो संकटमा पर्ने सम्भावना देखिएको छ ।
अमेरिकाको राष्ट्रपति जस्तो गरिमामय पदमा उम्मेवारले यस्तो तल्लोस्तरको घटिया शब्द प्रयोग गरेका कारण अमेरिकाको राजनीतिमा ठूलो भूकम्प ल्याइदिएको छ । संचारमाध्यममा जताततै उनको भिडियो आएपछि केवल महिलाहरुले मात्र आक्रोश पोखिरहेका छैनन्, यत्रतत्र नकारात्मक टिकाटिप्पणी भइरहेका छन् ।
ट्रम्पले संचार माध्यमबाट आममाफी माग्दै ‘म पूर्ण मानिस हैन्’ भनेर माफी मागेपनि अझ यो मुद्दा व्यापक बन्दै गएको छ । महिलाप्रति राखेको दृष्टिकोणले उनको चुनाव प्रचारप्रसारलाई ठूलो थप्पड लागेको छ । डरलाग्दो उथलपुथल ल्याउने सम्भावना देखिएको छ । अमेरिकाको राष्ट्रपतिका उम्मेदवारका विषयमा यस्ता बिबादास्पद बिषयबस्तुहरु बाहिर आएपछि अमेरिकामा जनता तथा मतदाताले गम्भीर रुपले लिने गर्छन । यसैले ट्रम्पले अथाह चुनौतीको सामना गर्नुपर्ने हुन्छ ।
ट्रम्पले महिलालाई अत्यन्तै तुच्छ शब्द प्रयोग गरेका छन, जुन कुनै पनि महिलाले सुन्न हिम्म्मत गर्नुपर्ने हुन्छ । अमेरिकामा उनले प्रयोग गरेका निम्न कोटीका शब्दहरु पारिवारिक जमघटमा सुन्नलायक छैनन् भनि लाखौ पृष्ठपोषण र प्रतिक्रिया आइरहेका छन् । अत्याधिक दर्शक, श्रोता, अमेरिकन तथा बिश्वका जनताले यस्ता शब्दहरु आफ्ना सन्तानसँग कसरी सुन्न सक्ने ? भनी प्रतिक्रिया दिएका छन् ।
ट्रम्पले सन् २००५ मा एक बिबाहित महिलासँग शारीरिक सम्पर्क गर्न चाहेको र शारीरिक रुपमा केही हर्कत गरेको भिडियोमा प्रष्टै देखिएको छ । ट्रम्पले तल्लोस्तरको अपशब्द प्रयोग गर्दै महिलाका संबेदनशील अङ्गको बारे नानाभाँती बोलेका हुन् । यो भिडियो ट्रम्पले तेश्रो श्रीमतीकी रुपमा बिहे गरेकी अहिलेकी जीवनसंगिनी मेलानियासंगको बिहेको एक महिनापछि गरेको वाशिंगटन पोस्टले लेखेको छ ।
उक्त भिडियोमा ट्रम्पले भनेका छन् – ‘प्रसिद्ध व्यक्तिका लागि महिलाले जे पनि गर्न दिन्छन् । तिमी मलाईलाई जे पनि गर्न सक्छौ । म ख्याति प्राप्त व्यक्ति हुँ । त्यसकारण म महिलाको गोप्य अंग पक्रन सक्छु ।’
ट्रम्पको यो भिडियो सार्वजनिक भएपछि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेकी हिलारी क्लिन्टनले जित्ने सम्भावना निकै बढेको छ । हिमारीको चुनावी प्रचारप्रसार टिमले ट्रम्मले महिलालाई गरेको अपमान तथा तुच्छ बनाउने गरि प्रयोग गरिएको अपशब्दको पर्दाफासल उनी अयोग्य छन् भनी दाबी गर्दै व्यापक प्रचारप्रसार गरिरहेका छन् ।
रिपब्लिकन अनि असन्तुष्ट
सभामुख पउल रायनले ट्रम्मको घृणास्पद कुरामाथि टिप्पणी गरेका छन् । गत शुक्रबार रिपब्लिकनका हस्तीहरु उनी माथि यसरी खनिए कि विस्कनसिन राज्यमा हुने कार्यक्रममा समेत ट्रम्पलाई बोलाइएन । सभामुख रायनले नै ट्रम्मलाई नआउनु भनेको सीएनएनले लेखेको छ ।
पूर्वराष्ट्रपतिका उम्मेदवार मिट रोमनीले एक बिबाहित महिलालाई आक्रमण भन्दै प्रश्न गर्दै ‘यस्तो घिनलाग्दा शब्दले हाम्रा जीवनसंगिनी तथा हाम्रा छोरीहरुको अपमान भएको’ भन्दै खेद प्रकट गरेका छन् ।
यसैगरी जन मेकनले यो भिडियोको परिणाम ट्रम्पले भोग्नेछन् भनि लेखेका छन् । ट्रम्पको लम्पट टिप्पणीप्रति कुनै माफ नहुने भन्दै उनले कुनै पनि महिला पीडित हुँन नहुने बताएका छन् ।
ट्रम्मका उपराष्ट्रपतिका उम्मेद्वार माइक पेन्सले उनका बारेमा टिप्पणी गर्न चाहेनन् । यसैगरी उताह राज्यका सभासदले ट्रम्मलाई समर्थन फिर्ता लिएका छन् । रिपब्लिकन दलका थुप्रै हस्तीहरुले ब्यापक बिरोध गरेका छन् । न्युह्याम्प्सायरका सिनेटर तथा ट्रम्मका कट्टर आलोचक केली अयोटा तथा पूर्वराष्ट्रपतिका उम्मेदवार जेब बुसले सामाजिक सञ्जाल ट्वीटरबाट ट्रम्पको आलोचना गरेका छन् ।
भनिन्छ्, राजनीतिमा रातारात पासा पल्टिन्छ । यो भिडियो सार्बजनिक हुनुले ट्रम्पलाई निकै डरलाग्दो सङ्कट निम्त्याइ दिएको छ । डोनाल्ड ट्रम्पले आफैले भनेका छन् – यो गलत थियो र म खेद प्रकट गर्छु ।
तर, यसलाई अमेरिकन जनताले क्षमा गर्छन या गर्दैन् ? त्यो भबिष्यको कुरा हो । क्षम्य हुने बिषयवस्तु हो या हैन ? आगामी नोभेम्बर ८ तारिखमा हुने राष्ट्रपतिको निर्वाचनमा ‘हाम्रो मान्छे भन्दा राम्रो मान्छे’ ल्याउने निर्णय अमेरिकन जनताको हातमा निर्भर रहने छ । अमेरिकन संचारमाध्यममा लगातार ट्रम्मले बोलेको भिडियो सार्बजनिक निरन्तर रुपमा भैरहेको छ ।
काठमाडौं, असार ३१ – अभिमुखीकरणबिना नै तालिमको प्रमाणपत्र दिने धन्दामा लागेका चार संस्थालाई उन्मुक्ति दिने काममा श्रम तथा रोजगार मन्त्रालय लागेको भेटिएको छ ।
वैदेशिक रोजगारसम्बन्धी कानुनका जानकार अधिवक्ता सोम लुइँटेलले विभागले गरेको निर्णय मन्त्रीले उल्टाउनु गैरकानुनी भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो ‘नेपाल सरकारले पुनरवलोकन गर्ने भनेको मन्त्रिपरिषद्ले पुनरवलोकन गर्ने होे । सर्वोच्च अदालतले नै नेपाल सरकारले गर्ने निर्णय भनेको मन्त्रिपरिषद्ले निर्णय गर्ने हो, मन्त्रीले निर्णय गरेर हुँदैन भनेर नजिर स्थापित गर्दै फैसला गरिसकेको छ ।’
वैदेशिक रोजगार ऐन, २०६४ को ६६ नम्बर बुँदामा विभागले गरेको निर्णयमाथि चित्त नबुझ्ने पक्षले निर्णय भएको मितिले ३५ दिनभित्र नेपाल सरकारसमक्ष पुनरावेदन गर्न सक्ने उल्लेख छ ।
मन्त्रालयकै सहभागितामा विभागले छापा मार्दा वैदेशिक रोजगार अभिमुखीकरण महासङ्घका अध्यक्ष पूर्णबहादुर मल्लको सुनगाभा ओरियन्टेसन ट्रेनिङ सेन्टर, नेपाली काँग्रेसबाट गत संविधानसभा निर्वाचनमा उम्मेदवार बनी पराजित हुनुभएकी सीता देवकोटाको रातोपुलस्थित समीक्षा ओरियन्टेसन ट्रेनिङ सेन्टर प्रालि, अनेरास्ववियुका पूर्व उपाध्यक्ष सोभियत ढकालको अनुश्री मल्टिपर्पोज ट्रेनिङ सेन्टर प्रालि र रवीन्द्र आचार्यको सुन्धारामा रहेको आरएम इन्टरनेसनल ट्रेनिङ सेन्टर प्रालिले तालिमबिना नै अभिमुखीकरण तालिमको प्रमाणपत्र दिने गरेको भेटाएपछि छ महिनाका लागि विभागले ती संस्थाले काम गर्न नपाउने गरी निलम्बन गरेको थियो ।
मन्त्रालयका सहसचिव आभा श्रेष्ठको रोहबरमा उपसचिव शिवराम पोखरेल, विभागका निर्देशक रमा भट्टराईको नेतृत्वको टोलीले गत जेठ ११ गते अनुगमन गर्दा तालिममा सहभागी हुने भनी २९ जनाको नामावली पठाएको सुनगाभा सेन्टरमा अनुगमनका क्रममा चार जना मात्रै उपस्थित भएको भेटिएको थियो ।
त्यस्तै तालिमका लागि विभागमा २८ जनाको नामावली पठाएको आरएम, २४ जनाको नामावली पठाएको अनुश्री सेन्टर र १८ जनाको नामावली पठाएको समीक्षा सेन्टरमा तालिम लिने सहभागी नै भेटिएका थिएनन् ।
तालिम दिने संस्थाले प्रत्येक दिन अपराह्न १ बजेभित्र तालिम लिने कामदारको विवरण विभागमा इमेल गर्नुपर्ने प्रावधान छ । सोही विवरणअनुसार अनुगमनका क्रममा ती कामदारले तालिम लिए नलिएको आधारमा कारबाही गरिन्छ ।
मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले विभागले गरेको निर्णयमाथि मन्त्रीले पुनरवलोकन गर्न पाउने व्यवस्था बमोजिम ती संस्थाको कारबाहीको अवधि छोट्याइएको जिकिर गर्नुभयो । उहाँले उक्त विषय मन्त्री र विभागको क्षेत्र भएकाले आफूलाई धेरै जानकारी नभएको बताउनुभयो ।
निर्देशक भट्टराईले विभागले यसअघि गरेको निलम्बनको निर्णय बदर गर्नू भनी मन्त्रालयबाट असार २४ गते आएको पत्र बमोजिम निलम्बन फुकुवा गरिएको जानकारी दिनुभयो ।
विभागमा पठाइएको विवरणमा भन्दा अनुगमनका क्रममा ८० प्रतिशतभन्दा कम उपस्थित भएको भेटिए ६ महिना, ५० भन्दा बढी अनुपस्थित भए चार महिना र २० प्रतिशतभन्दा बढी कामदार अनुपस्थित भए दुई महिनासम्म ती संस्थाले तालिम दिन नपाउने निर्देशिकामा उल्लेख छ ।
अनुगमनमा ८० प्रतिशतभन्दा बढी अनुपस्थित देखिएका ती चारवटै अभिमुखीकरण संस्थाको ६ महिनाका लागि त्यसबेला इजाजत रद्द गरिएको विभागका निर्देशक भट्टराईले जानकारी दिनुभयो ।
निर्देशिकामा तालिम अवधिको सिसी क्यामेरामार्फत फुटेज राख्नुपर्ने प्रावधान रहेपनि त्यसको कार्यान्वयन नहुँदा यस क्षेत्रमा विकृति बढ्दै गएको छ ।
वैदेशिक रोजगारीमा जान लागेका कामदारलाई प्रस्थानपूर्व गन्तव्य देशको भौगोलिक स्थिति, हावापानी, धर्म, संस्कृति, भाषा, नियम कानुनसम्बन्धी जानकारीका साथसाथै ती मुलुकमा कामदारले पालना गर्नुपर्ने र गर्न नहुने विषयसम्बन्धी जानकारी दिने उद्देश्यले वैदेशिक रोजगार अभिमुखीकरण तालिम दिइन्छ ।
वैदेशिक रोजगारीका लागि १ सय १६ वटा अभिमुखीकरण संस्थाले अनुमति लिए पनि अधिकांशले कामदारको उपस्थितिबिना नै तालिम लिएको प्रमाणपत्र दिने गरेको आरोप छ । पुरुष कामदारका लागि १० घन्टा र महिला कामदारका लागि ११ घन्टाको अभिमुखीकरण तालिम अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था छ । अभिमुखीकरण तालिमका लागि कामदारबाट ७ सय रुपैयाँ लिन पाउने व्यवस्था छ । रासस
क्यानडा । अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा हालै भएको भिषण आगलागीबाट घरवार बिहिन भएका अग्निपीडितको सहयोगको लागि क्यानाडाबाट आर्थीक सहयोग गरेका छन् ।

लामो समय देखि क्यानाडा बस्दै आएका समाजसेवी गुरुप्रसाद श्रेष्ठ हेरिटेज सेन्टर , एन। आर। एन। क्यानाडा लगाएत विभिन्न संघ संस्था साग आबद्ध भइ समाजसेवामा सक्रिय छन् । उनको को बिशेष अनुरोधमा क्यानडाका विभिन्न व्यक्तिहरु ले अग्निपीडितहरु को निम्ति सक्दो सहयोग गरी उक्त रकम संकलन गरिएको थियो।
नेपाली जनसम्पर्क समिति क्यानाडाले सहयत्तग गरने सबैमा धन्यवाद एवं कृतज्ञता ज्ञापन गरेको छ ।
काठमाडौं, मंसिर २४ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेका एमालेका राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, वंशीधर मिश्रलगायतका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरिरहेका छन् ।

एमाले संसदीय दलको कार्यालय सिंहदबारमा भइरहेको भेटघाटमा एकिकृत माओवादी महासचिव कृष्णबहादुर महरा पनि सहभागि हुन लागिरहेका छन् । गएको शुक्रबार अख्तियारले पत्र काटेर छानबीन अगाडी बढाएपछि एकिकृत माओवादी र एमाले भित्र चर्को विरोध हुँदै आएको छ ।
एमालेकाे चितवन केन्द्रीय भेलाले औपचारिक रुपमै अख्तियारको कदम प्रति आपत्ति जनाएको थियो । नेताहरुले यसै सम्बन्धमा प्रधानमन्त्री ओलीलाई भेटेर जानकारी गराएका हुन् ।