पाणिनि गाउँपालिकाको अनुरोध

पाणिनि गाउँपालिकाको अनुरोध
१ कोरोना भाईस कोभिड १९ बाट बच्न साबुन पानीले पटक–पटक हात धोऔ, सेनेटाईजर प्रयोग गरौँ,सामाजिक, भौतिक दुरि कायम राखौँ, सकभर भिडभाडमा नजाऔ, माक्स प्रयोग गरौँ ।
२ बर्षादको समयमा सरुवा रोगको संक्रमण हुन सक्छ अतः खानपान, ब्यक्तिगत सरसफाईमा ध्यान दिउँ र घर वरिपरिको वातावरण सफा राखौँ ।
३  जन्म,मृत्यु, विवाह, बसाईसराई जस्ता व्यक्तिगत घटना ३५ दिन भित्रै सम्बन्धित वडा कार्यालयमा गई दर्ता गराऔँ ।
४ खानेपानीको मुहान सफा राखौँ, सबैले पानी शुद्धीकरण गरेर मात्र पिउने बानिको विकास गरौँ ।
५.विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालय पठाऔ
६ बालबिवाह सामाजिक अपराध भएकोले २० बर्ष उमेर पुगेपछिमात्र बिहे गरौ गराऔ ।
७ आफनो समुदाय र बिधालय लाई बालमैत्री बनाउ ।
८आफनो पाएक पर्ने स्थानको सडकको छेउछाउमा घाँस तथा अन्य बिरुवाहरु रोपी हरीयाली प्रवद्धन गरौ । 
९ बिभिन्न धार्मिक तथा पर्यटक स्थलहरुको संरक्षण गरि प्रवद्धनमा टेवा पुराऔ ।
१० गर्भवती महिलाहरुले स्वाथ्य संस्थामै गएर दक्ष स्वास्थ्यकर्मिवाट प्रसुती गराई आमा र बच्चालाई जोखिमवाट बचाऔ ।
११ सडकमा जथावावी पानी बग्न नदिई सडकको संरक्षण गरौ साथै भलको उचित ब्यवस्थापन गरौ ।

अच्युत गौतम                                 लक्ष्मी गौतम                                       मधुकृष्ण पौडेल
अध्यक्ष                                             उपाध्यक्ष                                     प्रमुख प्रशासकिय अधिकृत

पाणिनि गाउँकार्यपालिकाको कार्यालय दुर्गाफाट, अर्घाखाँची


,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस