बुलन्द साप्ताहिकको माघ २८ गतेको अंक
विद्यार्थीले गर्छन शिक्षकको हाजिर
घनश्याम पौडेल
बुलन्द, अर्घाखाँची
अर्घाखाँची जिल्लाका विभिन्न विद्यालयमा बिद्यार्थीले शिक्षकको हााजिर गर्ने गरेको पाईएको छ । जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले शिक्षामा सुधार ल्याउँनका लागि विद्यार्थीले शिक्षकको हाजिर गर्न लागेपछी सुधार आएको बिद्यार्थीहरु बताउँछन ।
दिनभरमा हुने सवै शिक्षकहरुको कुन शिक्षक कति समयमा कक्षाकोठामा पढाउँन आउछन, कति समय पढाउँछन विद्यार्थीहरुले हाजिर गरेर राख्ने गर्छन । विद्यार्थीले शिक्षकको हाजिर गर्न लागेपछी शिक्षकहरु समयमै कक्षाकोठामा गएर पढाउँन लागेको जनज्योतीमा मा.बि सन्धिखर्कमा अध्ययनरत विद्यार्थी मुना पन्थीले बताए । उनी भन्छीन् कुन शिक्षक कति बेला आउँनुहुन्छ हाजिर गरेर राख्छौ कति समय पढाउँनुहुन्छ, शिक्षक कक्षाकोठामा पढाउँन नआएमा के कारणले आउँनुभएन खोजीनिधी गर्छौ, शिक्षक नआउदाको कारण सहित प्रअलाई बुझाउँछौ ।’
भुमिकास्थान नगरपालिका ४ शान्ति मा.बि धारापानीमा पनि विद्यार्थीले शिक्षकको हाजिर गर्छन, विद्यालयका प्रध्यानाध्यापक पदम पन्थी भन्नुहुन्छ्, १५ दिन भयो यो कार्यक्रम सुरु गरेको, यसले धेरै परिवर्तन आएको छ, शिक्षकहरु समयमै कक्षामा पढाउँन जानुहुन्छ, शिक्षक पढाउँन आउँन नसकेमा कारण सहित मलाई बुझाउँछन चित्त बुझदो कारण नआएमा कारबाही हुन्छ पन्थीले भन्नुभयो ।
भगवती मा.बि शंखेटारीमा शिक्षकको हाजिर गर्ने कक्षा १० का अङ्कित विश्वकर्मा भन्छन, बिद्यार्थीले शिक्षकको हाजिर गर्न लागेपछी शिक्षकहरु समयमै आउँनुहुन्छ, समय सकिएपछी पढाएर जानुहुन्छ, हामीहरु खुसी छौँ यो कार्यले निरन्तरता पाउँनुपर्छ । भुमिकास्थान नगरपालिकाको खिल्जी स्रोत केन्द्रका सवै विद्यालयमा विद्यार्थीले शिक्षकको हाजिर गर्ने कार्यक्रम लागु भएको छ, सन्धिखर्क नगरपालिकाको सदरमुकाममा रहेका जनज्योती, रविचित्र, भगवती मावि लगाएका विद्यालयमा पनि यो कार्यक्रम भएको छ, नगरपालिका शिक्षा संयोजक बलराम मिश्रले भन्नुभयो, यसले शिक्षकहरु धेरै सचेत भएको र समयमै पढाउँन जाने गरेको पाईएको छ ।
जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउँत क्षेत्रीले शिक्षामा सुधार ल्याउँन धेरै प्रयत्नहरु गरेका छौ, अहिले जिल्लाका ६० बिद्यालयमा बिद्यार्थीले शिक्षकको हाजिर गर्ने कार्यक्रम प्रभावकारी भएको महसुस गरेका छौ, यो कार्यक्रमलाई जिल्लाभरी नै पु¥याउँछौ ।’ सन्धिखर्क बजार क्षेत्र भित्रका अर्घाखाँची आवाशीय, जनज्योती, भगवती मावि र युवा वर्ष रविचित्रका विद्यार्थीहरुमा लागुऔषध सेवन गर्ने, लामा कपाल पाल्ने, मोवाईल प्रयोग गर्ने लगाएतका कामहरु गरेको पाईएको छ, हामीले सम्बन्धीत विद्यालयलाई सचेत गराएको र अभिभावक मार्फत विद्यार्थीलाई सुधार गर्नका लागि बिद्यालयलाई निर्देशन गरेको छौँ, ‘जिशिअ क्षेत्रीले भन्नुभयो ।’
कुनै पनि शिक्षकले कक्षा कोठामा मोवाईल फोनको प्रयोग गर्न पाउँदैनन्, विद्यार्थीले त पाउँने कुरै भएन्, राउँत भन्नुहुन्छ, ‘विद्यालय तथा विद्यार्थीहरुको अनुगमन जिल्ला शिक्षा कार्यालय, नगर शिक्षा समिती, स्रोत व्यक्ती, विद्यालय व्यवस्थापन समितीबाट भईरहेको छ, कुनै नराम्रो कार्य, समयमा विद्यालयमा शिक्षक नगएमा कारबाही गछौ, उहाँले भन्नुभयो । शिक्षालाई सुधार गर्न विद्यालय व्यवस्थापन समिती, शिक्षक, अभिभावकहरु सवै सचेत हुनुपर्नेमा उहाँको छ ।
बुलन्द साप्ताहिकको माघ २८ गतेको अंक







0 comments
तपाइको प्रतिक्रिया दिनुहोस