बुलन्द साप्ताहिकको माघ १४ गतेको अंक

बुलन्द साप्ताहिकको माघ १४ गतेको अंक 
सुन्तला उत्पादनमा ७० प्रतिशतले कमी 
बुलन्द, अर्घाखाँची
पणेनाको सिम्लेमा सुन्तला प्याकिङ्ग गरेर बजार पठाउँदै एक कृषक 
सुन्तलाको फुल असिनाले झारेपछि यो वर्ष जिल्लामा सुन्ताला उत्पादनमा ७० प्रतिशतले कमी आएको छ । चैत महिनामा आएको हावा हुरी सहितको असिना पानीले सुन्तालाको फुलमा ठूलो नोक्सानी पु¥याएको थियो । गत वर्ष पाणिनि गाउँपालिका –१ पणेनामा मात्रै करिव ३ करोडको सुन्तला उत्पादन भएको थियो । यो वर्ष सो गाउँमा ६० लाखको मात्र सुन्तला उत्पादन भएको कृषक रेवती पौडेल बताउँनुहुन्छ । ‘असिनाले फुलमा नोक्सानी गरेपछि यो वर्ष धेरै घाटा लाग्यो’ उहाँले भन्नुभयो, ‘गत वर्ष  करिव पाँच लाखको सुन्ताला बिक्री गरेको थिएँ’ उहाँले थप्नुभयो, ‘यो वर्ष डेढ दुइ लाख सम्म भन्दा धेरै हुँदैन ।’ पणेनाको सिम्ले जिल्लाको सबै भन्दा धेरै सुन्तला उत्पादन हुने ठाउँ हो । असिनाले सबै भन्दा धेरै क्षति पणेनामै पु¥याएको थियो । 
यहाँका अधिकांश कृषकहरुले व्यवसायीक रुपमा सुन्तला खेती गर्दै आएका छन् । सुन्तला खेतीबाटै घर व्यवहार चलाउँदै यहाँका कृषकहरुलाई यो वर्ष घरपरिवार चलाउन समेत धौ धौ हुने भएको छ । पणेनाका चिरञ्जिवि पौडेलले वार्षिक १० देखि १२ लाख सम्मको सुन्तला उत्पादन गर्ने गरेको भएपनि यो वर्ष ४ लाखको मात्रै सुन्तता बिक्री गरेको बताउनुभयो । ‘अधिकांश फुल असिनाले झा¥यो’ उहाँले भन्नुभयो, ‘रहेकोमा पनि राम्रो दाना लागेन ।’ पणेना सँगै हंसपुर, पोखराथोक, खिदिम, खन, खनहद, मरेङ, अर्घातोषमा व्यवासायीक रुपमा सुन्ता खेती गरिँदै आइएको छ । हंसपुरका कृषक  तुल्सी ठकुरीले यो वर्ष सोँचे अनुसारको आम्दानी लिन नसकेको बताउनुभयो । गत वर्ष डेढ लाखको हाराहारीमा सुन्तला बिक्री गरेको थिएँ उहाँले भन्नुभयो, यसपाली २५ हजार रुपैयाँको मात्रै सन्तला उत्पादन भयो ।’ 
जिल्लामा गत वर्ष  २९ करोड  ७६ लाखको सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख जगन्नाथ तिवारीले जानकारी दिनुभयो ।  उहाँका अनुसार गत वर्ष ५ हजार ४ सय ११  मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।  जिल्लामा ४ सय ९७ हेक्टर जमिनमा सुन्तला खेती गरिएको उहाँले बताउनुभयो । ‘असिनाका कारण सुन्तला उत्पादनमा ठूलो गिरावट आयो’ उहाँले भन्नुभयो, ‘फुल लाग्ने समयमा आएको असिना पानीले कृषकहरुलाई ठूलो नोक्सानी हुन पुग्यो ।’  गत वर्ष प्रति केजि ५५ रुपैयाँमा बिक्री गरेका कृषकहरुले यो वर्ष ७० रुपैयाँ प्रति केजिका दरले सुन्तला बिक्री गरेको बताउँनुहुन्छ । कृषकहरुले अझै सुन्तता टिपेर भ्याइ नसकेकाले  यो वर्षको सबै ठाउँको डाटा आइसकेको छैन’ तिवारी भन्नुहुन्छ । यो वर्षको उत्पादनको जानकारी लिन अझै केहि दिन लाग्छ ।’ यो वर्ष करिव १२÷१३ करोडको सुन्तला उत्पादन हुन सक्ने अनुमान गरिएको  छ । 

बुलन्द साप्ताहिकको माघ १४ गतेको अंक 









,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस