बुलन्द राष्ट्रिय साप्ताहिकको पौष २ गतेको अंक
बुलन्द राष्ट्रिय साप्ताहिकको पौष २ गतेको अंक
प्रतिनिधी सभा, प्रदेश सभाः बाम गठबन्धनको क्लीन स्वीप
रायमाझीको ह्याट्रिक
समानुपातिकमा एमाले पहिलो
बसन्त श्रेष्ठ ‘छापेली’
बुलन्द, अर्घाखाँची
प्रतिनिधी सभा सदस्य पदमा अर्घाखाँचीबाट नेकपा माओबादी केन्द्रका नेता तथा बाम गठबन्धनका साझा उमेद्वार टोपबहादुर रायमाझी बिजयी हुनुभएको छ । जिल्लाको १ प्रतिनिधी सभा र २ प्रदेश सभामा बाम गठबन्धनका उम्मेद्वारहरुले फराकिलो मतअन्तरले बिजयी हासील गरेका छन् । प्रतिनिधी सभा सदस्यमा नेकपा माओबादी केन्द्रका नेता टोपबहादुर रायमाझी ५० हजार ८ सय ३७ को भारी मत सहित बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका नेता डा. रामबहादुर बिसीले ३२ हजार ५ सय ४४ मत लिएर पराजित हुनुभयो । नेता रायमाझीले डा. बिसीलाई १८ हजार २ सय ९२ मतको भारी अन्तरले पराजित गर्नुभएको हो । नेता रायमाझी सुरु देखिनै डा. बिसीलाई पछाडी पार्दै लिड गरिरहनुभएको थियो ।
प्रतिनिधी सभाको निर्वाचनमा बामगठबन्धनबाट माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी अर्घाखाँचीबाट तेस्रो पटक विजयी हुनुभएको हो । वि.सं २०६४, ७० सालमा क्षेत्र नम्बर १ बाट विजयी भएका रायमाझी एउटा मात्र प्रतिनिधी सभा रहेको अर्घाखाँची जिल्लाभरबाट एमाले र जनमोर्चाको सहयोगमा विजयी हुनुभएको हो । वि.सी २०७० सालमा झिनो मतान्तरले पराजीत हुँदै रायमाझीले जित हात पार्नुभएको हो । अहिले भने रायमाझीले विसीलाई नै भारी मतान्तर सहित पराजित गर्नुभएको हो । पटकपटक मन्त्री तथा एकपटक उपप्रधानमन्त्री समेत भएका रायमाझीलाई तेस्रो पटक अर्घाखाँची बासीले भारी मतले विजयी बनाएका हुन् । २०३३ सालदेखी सक्रिय राजनीतिमा रहेका विसी द्रोसो पटक पनि रायमाझीसँग नै चुनावी मैदानमा हुनुहुन्थ्यो । २०७० मा झिनो मतले हारेका विसी अहिले धेरैको मतान्तरले पराजय हुनुभयो । माओवादीका प्रभावशाली नेता समेत रहेका रायमाझीले २०३० सालमा विद्यार्थी आन्दोलनमा भुमिका खेल्दै आउनुभएको थियो । रायमाझी युवा संघको केन्द्रीय अध्यक्ष, पार्टीको पोलिटव्युरो, स्थायी कमीटी सदस्य हुदैँ केन्द्रीय कमिटि सचिव सम्म भएर काम गर्नुभएको थियो । नेपाल सरकारको विभिन्न मन्त्रालयमा पटक पटक मन्त्री भएर काम गरेका रायमाझी ओली सरकारमा उपप्रधानमन्त्री तथा उर्जा मन्त्री भएर काम गर्नुभएको थियो ।
२ प्रदेश सभा रहेको जिल्लामा बाम गठबन्धनका उम्मेद्वारहरु बिजयी भएका हुन । प्रदेश सभा १ मा बाम गठबन्धनकाको तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले २४ हजार ७ सय ५१ मत ल्याई बिजयीहुनु भएको छ । उहाँका प्रतिद्धन्दी नेपाली कांग्रेसका सभापति बिष्णुप्रसाद खनाल मुस्कान १४ हजार १ सय ३७ मत लिएर पराजित हुनुभएको हो । आचार्यले खनाललाई १० हजार ६ सय १५ मतले पछि पार्नु भएको थियो । यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता रामजीप्रसाद घिमिरे २६ हजार १ सय ५९ मत प्राप्त गरि बिजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्दी नेपाली कांग्रेसका हिम्मतबहादुर टण्डन क्षेत्रीले १७ हजार २ सय २३ मत ल्याउनु भएको छ । घिमिरेले क्षेत्रीलाई ८ हजार ९ सय ३६ मतले पछि पार्नु भएको थियो ।
प्रतिनिधी सभामे जिल्लाबाट प्रतिनिधी सभा सदस्यको पदका लागी आखाँ चुनाब चिन्ह लिएर उमेद्वार बनेका छन्दबहादुर पन्थीको ५ सय ८०, हलो चुनाब चिन्ह लिएका भोजराज दमासेको १ सय ७८ कुखुराको भाले चुनाब चिन्ह लिएका बिष्णु कुमार गुरुङ्ग १ सय ३७, तराजु चुनाब चिन्ह भएका बिष्णुप्रसाद भुसालको ४ सय ८० र स्वतन्त्र उम्मेद्वार डिल्लीराज भुसालले १ सय ३६ मत प्राप्त गर्नु भएको छ । प्रदेश सभा क्षेत्र नम्वर १ मा गाई चुनाब चिन्ह दिपक कुवँरको ७३, गिलास चिन्ह भएका सागर के.सीको ७ सय ९८, आखाँ चिन्ह भएका गोकर्णबहादुर थापाको ३ सय र तराजु चुनाब चिन्ह लिएका हरिप्रसाद भुसालले ३ सय ५ मत प्राप्त गर्नु भएको छ । प्रदेश सभा क्षेत्र नम्वर १ मा जम्मा ४१ हजार ८ सय १६ मत खसेको थियो भने बदर मत संख्या १४ सय ५५ रहेको छ । प्रदेश सभा क्षेत्र नम्वर २ मा गाई चुनाब चिन्ह भएका अम्मरबहादुर थापाको ८३, बिना सुनार हसियाँ तारामा ७ सय २३, झबिलाल थापा गिलास चिन्हमा ३ सय ९५ र आखाँ चुनाब चिन्ह भएका टुकमान हिताङ्गले २ सय ७ मत प्राप्त गर्नु भएको छ । उक्त क्षेत्रमा ४६ हजार ६ सय ५२ मत खसेकोमा १७ सय ९० बदर मत रहेको छ ।
१ प्रतिनिधी सभा र २ प्रदेश सभा रहेको अर्घाखाँचीमा तीन वटै सीट बाम गठबन्धनले क्लीन स्वीप गरेको हो । कुल १ लाख ३८ हजार ३ सय २८ मतदाता रहेको अर्घाखाँचीमा ७१ हजार ३ सय ५० महिला र ६६ हजार ९ सय ७८ पुरुष मतदाता थिए । ९३ मतदान स्थल रहेको अर्घाखाँचीमा ६३.८७ प्रतिशत अर्थात ८८ हजार ३ सय ६२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
समानुपातिकमा एमाले पहिलो
अर्घाखाँची जिल्लाको प्रत्यक्ष र समानुपातिक दुबै तर्फको मतगणना सकिएको छ । प्राप्त नतिजा अनुसार नेकपा एमाले पहिलो भएको छ । प्रतिनिधी सभा तर्फ समानुपातिकमा नेकपा एमाले ३० हजार ४ सय १७ मत पाउँदै जिल्लामा पहिलो भएको छ । नेपाली कांग्रेस १८ हजार ३ सय ५९ मत प्राप्त गर्दै दोस्रो र नेकपा माओबादी केन्द्र १४ हजार ९ सय ६२ मत प्राप्त गर्दै तेस्रो पार्टी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै प्रदेश सभा क्षेत्र नम्बर १ मा नेकपा एमाले १२ हजार ६ सय १६ मत सहित पहिलो, नेपाली कांग्रेस ११ हजार ८ सय ७६ मत सहित दोस्रा, माओबादी केन्द्र ८ हजार ७२ मत सहित तेस्रो भएको हो । प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा एमालेले १७ हजार २ सय ५१, कांग्रेसले १५ हजार ९५, माओबादी केन्द्रले ६२ सय ४९ मत प्राप्त गरेको छ ।
शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न
समग्रमा जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको थियो । जिल्लाको मथुरा नन्दराम आधारभुत बिद्यालय सनपा ५ वांलामा भने मत पत्रमा हस्ताक्षर नगरीएको पाइएपछि बिवाद बढ्दा मतदान स्थगित भएको थियो । उक्त मतदान स्थलको मतदान पुन २२ गते गराइएको थियो । निर्वाचनमा सुरक्षाकर्मी बाहेक १ हजार ३ सय ९२ कर्मचारी परिचालन गरिएको थियो ।







0 comments
तपाइको प्रतिक्रिया दिनुहोस