बुलन्द राष्ट्रिय साप्ताहिकको माघ १६ गतेको अंक
बुलन्द राष्ट्रिय साप्ताहिकको माघ १६ गतेको अंक
पत्रकार महासंघ अर्घाखाँचीमा पेनाल्टीको चक्कर
गोल हान्ने दाउमा पेशागत संघ÷संगठन
बसन्त श्रेष्ठ ‘छापेली’
समाचार टिप्पणी
नेपाल पत्रकार महासंघ अर्घाखाँचीमा चुुनावी सरगर्मी बढेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले महासंघको जिल्ला, प्रतिष्ठान शाखा र एसोसिएटहरुको अधिवेशन एकै साथ गर्न आव्हान गरेलगत्तै जिल्लामा चुुनावी सरगर्मी बढेको हो । अधिवेशनको मिति केन्द्रले नै निर्धारण गरेपछि जिल्लामा अबको नेतृत्व कसको हातमा जाने भन्ने बिषयले निक्कै चर्चा पाउन थालेको छ । यस अघि दुुई कार्यकाल सभापति बनि सकेका शोभाखर पन्थी अब जिल्ला कार्य समितिबाट बिदा लिने भएपछि केन्द्रिय सदस्यको दाऊकमा छन् । उनी सभापति रहँदा महासंघको अन्य पदाधीकारीमा रहेका पत्रकारहरु भने सभापतिको लाइनमा छन् । सधै जसो समाजमा भएगरेको अन्याय अत्याचार, रोधन जस्ता लुुकेका कुराहरु पर्दाफास गर्ने सञ्चारकर्मीहरु यतिवेला नेतृत्व आफ्नो पोल्टामा पार्ने कसरतमा जुुटेको देख्न पाइन्छ ।
त्यसो त अर्घाखाँची जिल्लामा दलीय सहमतिमा चल्ने जिल्लामा भएकोले पनि अबको नेतृत्व पनि सर्वदलिय सहमतिमा आउने एक तप्काको आकलन रहेको छ । जिल्लामा रहेको प्रमुुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र र राष्ट्रिय जनमोर्चा निकट पत्रकारहरुको जिल्लामा संख्या बढि रहेको पाइन्छ । त्यसो त माओबादीबाट बिभाजन भएका बिप्लब माओबादी र नयाँ शक्तिले पनि महासंघमा आफ्ना सदस्यहरु रहँदै आएको बताउने गरेको छ । सँगै जिल्लामा आफुुहरु स्वतन्त्र रहेको भन्ने एक पक्ष पनि छ । महासंघ केन्द्रले जिल्ला अधिवेशनको मिति आगामी फागुुन ३ गते निर्धारण गरे लगत्तै पत्रकारहरु प्राय शान्तिवगैंचा र टुडिखेलमा जम्मा भएर विभिन्न पदमा आकांक्षा देखाउन थालेका छन् । यसपटको अधिवेशनमा अध्यक्ष पदका लागि झण्डै आधा दर्जन भन्दा बढिको दावी छ । हालका उपाध्यक्ष हिमबहादुर जिसी ‘लेकाली’, सचिव प्रेम नारायण आचार्य, कोषाध्यक्ष गणेश खनाल, प्रेस युनियनका सुर्य भुसाल, पत्रकार वीरेन्द्र केसी, प्रेस सेन्टरका अशोक खनाल र प्रगतिशिल पत्रकार संघले आफुले नेतृत्व लिनेगरी एक जना अध्यक्ष उठाउने तयारी गर्न थालेको श्रोत दाबी छ ।
नयाँ नेतृत्वमा आ–आफ्नै अड्कल
महासंघको अबको नेतृत्व लिने सन्दर्भमा जिल्लामा बिभिन्न बहस र अड्कलबाजी हुुन थालेका छन । महासंघमा अबको नेतृत्वका हालका पदाधीकारीको एक तह बढुुवा हुन सक्ने धेरैले अड्कल गर्न थालेका छन् । नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष हिमबहादुुर जिसी ‘लेकाली’ अध्यक्षमा, प्रेश युुनियनका वर्तमान सचिव प्रेम आचार्य उपाध्यक्षमा, कोेषाध्यक्ष गणेष खनाल सचिवमा, प्रगतिशील पत्रकार संघका कुुनै एक जना पत्रकार सहसचिव वा कोषाध्यक्षमा, स्वतन्त्र तथा साना कम सदस्यता भएका संगठनबाट एक जना कोषाध्यक्ष वा सहसचिव बन्न सक्ने एकथरी अनुुमान छ । अर्कोथरीले भने जिल्लामा व्यक्ति भन्दा पनि संगठनले बाढेर नयाँ नेतृत्व चयन गर्ने बताउन थालेको छ । श्रोतका अनुुसार नेपाली कांग्रेसको शुुभेच्छुुक संगठन प्रेश युुनियनमा वर्तमान अध्यक्ष सूूर्य भुुसालले आफुु अध्यक्ष बन्नुपर्ने बताएकाले पनि हालका पदाधीकारीको एक तह बढुुवा हुुने नहुुने अलमल देखिन्छ । त्यसो त प्रेश युनियनमा सभापति सूूर्यप्रसाद भुसाल सहित तीन जना आकांक्षी देखिएका छन् । जस मध्ये लगातार दुुई पटक सचिव पद सम्हालेका पत्रकार प्रेम आचार्य हुुन् । अर्का बीरेन्द्र केसी रहेका छन् । यसलाई कतिपियले पदीय आकांक्षाको बिबाद भन्ने गरेको छन् । यो सामान्य प्रक्रिया भएको युुनियन समर्थित श्रोतले बतायो ।
महासंघको नेतृत्वमा जानका लागि प्रेश चौतारीमा भने कुुनै समस्या नभएको दाबी छ । प्रेश चौतारीमा अग्रज पत्रकारको रुपमा रहेका पत्रकार हिमबहादुर जिसी लेकाली हालसम्मका पत्रकारहरुको अग्रज रहेकाले पनि आफुुले नेतृत्व पाउने प्रेश चौतारीको दाबी छ । प्रेश चौतारीका अध्यक्ष समेत रहेका जिसीले हाल पनि महासंघमा दोस्रो बरियातामा रहेकोले पनि हालका सभापति शोभाखर पन्थीको बिदाईसँगै लेकाली अध्यक्ष बन्नु तर्कसंगत हुुने चौतारीको बिश्लेषण छ । लेकाली हालका पत्रकारहरु मध्येका एक अग्रज हुुन् । प्रेश सेन्टर नेपालले पनि अध्यक्ष आफुले पाउनुु पर्ने होटबाजीमा छ । बिगतमा सदस्य संख्यामा अगाडि रहेको प्रेश सेन्टरमा अहिले भने नेकपा माओबादी केन्द्रमा देखिएको बिभाजनबाट महासंघका केही सदस्यहरु नयाँ शक्तिको शुुभेच्छुुक पत्रकार संगठनमा रहेको श्रोतको भनाई छ । प्रगतिशिल पत्रकार संघ सहमतिमा नेतृत्व चयन गर्नुुपर्ने पक्षमा छ । सहमतिमा नयाँ नेतृत्व चयन गनुुपर्ने प्रगतिशील पत्रकार संघ श्रोतले जनाएको छ । महासंघमा अहिलेकै अवस्थामा अर्को तप्काले भने पत्रकार महासंघको अधिवेशनमा कस्तो व्यक्ति नेतृत्वमा आउँछ भन्ने बताउन नसकिने जनाउँदै आएको छ । जिल्लामा सहमतिमा नेतृत्व चयन गर्दा सक्रिय सञ्चारकर्मीको सहभागिता हुुने सम्भावना नहुुँने भन्दै प्रतिष्प्रर्धामा जानुुपर्ने बताउँने गरिन्छ । जिल्लामा रहेको स्वतन्त्र पत्रकार संघले आफ्नो उमेद्वारी घोषणा गरिसकेको छ । यस अघि सहसचिवमा सामान्य मत ल्याएका स्वतन्त्र पत्रकार संघका अध्यक्ष हरीप्रसाद भुसालले यस पटक भने सचिवमा आफ्नो उमेद्वारी रहने बताएका छन् ।
कसले पाउला सभापतिको पेनाल्टी
फागुन ३ गते हुुने महासंघको जिल्ला अधिवेशन जिल्लाका पत्रकारहरुको मात्र नभई जिल्ला स्थित कर्मचारी, उद्योगी व्यवसायी, नागरिक समाजको समेत ध्यान तानेको छ । विभिन्न राजनीतिक दल सम्वद्ध पत्रकारका शुभेच्छुक संगठनहरु महासंघको अध्यक्ष आफ्नो पोल्टामा पार्ने दाउमा छन् । महासंघको आगामी नेतृत्व सहमतिमा आउने महासंघका बाहालवाला सभापति शोभाखर पन्थीको दाबी छ । आफुुले सहमति मै नेतृत्व हस्तान्तरण गर्ने पक्षमा रहेको उनले आनौपचारिक रुपमा भन्ने छन् । महासंघमा अझ पनि कुुन संगठनबाट कुुन पत्रकारले नेतृत्व गर्न पाउने भन्ने कुुरा बाहिर आउन सकेको छैन् । प्रेस युनियनबाट सुर्य भुसाल, प्रेम आचार्य र बीरेन्द्र केसी मध्ये को उम्मेदवार हुने हो त्यो टुुङ्गो लाग्न बाँकी छ । प्रेस चौतारीबाट हिमबहादुर लेकाली एक मात्र उमेद्वारको रुपमा खडा हुने संकेत देखिएको छ । प्रेस सेन्टरबाट गणेश खनाल र अशोक खनाल दुबैको दावेदारी रहेको छ । चौथो शक्ति प्रगतिशील पत्रकार संगठन भने यस बिषयमा खासै बोलको छैन् ।
उमेद्वारहरु सबैले आफूहरु महासंघको नेतृत्व गर्न सक्षम रहको बताउँदै आएका छन् । पत्रकार महासंघको अध्यक्षका लागि दावी गरेका लेकालीले स्थानीय पत्रपत्रिकामा समाचार लेख्ने गर्छन । चौतारीमा रहेको सम्पूर्ण क्रियाशील मात्रै नभई अन्य जिल्ला स्थित सञ्चारकर्मीका समेत उनी अग्रज पत्रकार हुुन् । सचिव आचार्यले अन्नपूर्ण पोष्ट दैनिक, उज्यालो नेटवर्क, रासस लगायतका मिडियामा आबद्ध छन् । कोषाध्यक्ष गणेश खनालले गोरखापत्र, बुुटवल टुडे, सगरमाथा टिभिमा रिपोर्टिङ्ग गर्छन । प्रेस युनियनका सभापति सूूर्य भुसाल रेडियो देउरालीमा कार्यरत छन् । बीरेन्द्र केसी कान्तिपुर दैनिक लगायतका मिडियामा काम गर्छन । जिल्लामा राजनीतिक दलहरुको समन्वयमा पत्रकार महासंघको नेतृत्व चयन गर्ने प्रचलन रहेको छ ।
नयाँ नेतृत्व चयन गर्दा पत्रकारहरुबीच समान उमेर समुुहका कारण एकले अर्को पत्रकारलाई नमान्दा केही समस्या उत्पन्न हुन सक्ने सञ्चारकर्मीहरुको एकतर्फी बिश्लेषण छ । सबै संघ संगठनको बीचमा छलफल हुुँदा अन्त्मिमा कुुन संगठनले सभापतिको पेनाल्टी पाउने र गोल गर्ने हो त्यो भने हेर्न बाँकी छ । हाल पत्रकार महासंघमा १ सय ३५ जना साधारण सदस्य रहेका छन् । जुन सुुकै जिल्लाको क्रियाशील सञ्चारकर्मी महासंघको अध्यक्ष बनेपनि निर्माणाधिन भवनलाई पूर्णता दिनुु र क्रियाशील सञ्चारकर्मीलाई महासंघको कठघेरा उभ्याउने पहिलो प्राथमिकता हुुनुुपर्ने छ । कतिपय सन्दर्भमा हुुने महासंघ प्रतिको टिकाटिप्पणीलाई तत्काल समाधान गर्दै गतिशील र जुुझारु बन्नुु नै समग्र राज्यको चौथो अंङ्ग सञ्चार जगतका लागि भलो हुुने छ ।
Click Here For PDF File
Click Here For PDF File
बुलन्द राष्ट्रिय साप्ताहिकको माघ १६ गतेको अंक







0 comments
तपाइको प्रतिक्रिया दिनुहोस