बुलन्द राष्ट्रिय साप्ताहिकको मंसिर १९ गतेको अंक

संबिधान संशोधन प्रस्ताव दर्ता भएसँगै अर्घाखाँची लगायत पहाडी जिल्लामा अनिश्चितकालिन बन्द
सरकार पक्ष प्रतिपक्ष दुबैको आन्दोलनमा ऐक्यबद्धताहामी अरु जान्दैनौ, टुुक्रिएको प्रदेश मान्दैनौः आन्दोलनकारी

बसन्त श्रेष्ठछापेली
बुलन्द, अर्घाखाँची
        पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई नम्बरमा लैजाने गरी सरकारले संविधान संशोधन विधेयक मंगलबार राति संसद सचिवालयमा  दर्ता गराएपछि  बुधबारदेखि  अर्घाखाँचीमा अनिश्चितकालीन बन्द जारी नङ्ग मासुुको जस्तै सम्बन्ध रहेको पहाड तराईलाई टुुक्राउने गरी सरकारले संबिधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता गरेपछि अर्घाखाँची लगायत पहाडी जिल्लाको सडकमा यतिवेला आगो बलेको हो सरकाले जनभावना बिपरित तराईलाई सिक्कीकरण गर्ने योजनालाई सफल पार्न खोजेको भन्दै अर्घाखाँची लगायत गुुल्मी, पाल्पा, प्यूूठान, रोल्पा लगायतका तराइका जिल्लाहरु, कपिलवस्तुु, भैरहवा लगायतका  जिल्लामा आन्दोलन चर्किएको हो बुुधवार देखि सुुरु भएको आन्दोलन दिनानुुदिन झनै बढ्दै गइरहेको जिल्लामा पाँच नम्बर प्रदेश टुक्र्याउन नदिने भन्दै जिल्लाबासीले स्वह स्फूर्त रुपमा बजार, पसल, शिक्षण संस्था बन्द गरी आन्दोलनमा उत्रिएका हुन् आन्दोलनकारीले हिमाल पहाड तराई, कोही छैन् पराई, हामी अरु जान्दैनौँ, टुुुक्रिएको प्रदेश मान्दैन, संबिधान संशोधन प्रस्ताव तत्काल फिर्ता गर लगायतका नारा लगाउँदै सन्धिखर्कका चोक चोक परिक्रमा गरी बिरोध जनाएका हुुन्
        जिल्लामा आन्दोलनलाई व्यवस्थित बनाउन जिल्ला स्थित राजनीतिक दल बिभिन्न सरोकारवाला निकायको सहभागिता रहेको संयुक्त संघर्ष समिति बनाएरै आन्दोलनका कार्यक्रमलाई तिब्रता दिइएको सरकारमा रहेको प्रमुुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रमा सरकारको कदम संबिधान संशोधन प्रस्तावको बिरोध गरेको भएपनि पाँच नम्बर प्रदेश स्तरमा भने सत्तारुढ दल नेपाली कांग्रेस, माओबादी केन्द्र प्रतिपक्षि दल नेकपा एमाले, राष्ट्रिय जनमोर्चा लगायतले खुलेरै कडा रुपमा बिरोध गरेका छन् अर्घाखाँचीमा बुुधवार उद्योग बाणिज्य संघको पहलमा भएको आन्दोलनमा जिल्लाबासीले समेत सर्मथन जनाएपछि सयुुक्त संघर्ष समिति नै बनाइएको हो संघकै पहलमा सुुरु गरिएको आन्दोलनलाई व्यवस्थित पार्न छलफल आयोजना गरिएको उक्त छलफलबाटै संयुक्त संघर्ष समिति गठन गरिएको उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुुभयो उद्योग बाणिज्य संघले पहिलो दिन बन्दको आह्वान गरेको थियो, श्रेष्ठले भन्नुुभयो, सरकारले संबिधान संशोधन प्रस्ताव फिर्ता नलिदा सम्म आन्दोलन स्थगित हुुन्न
        सुरुमा उद्योग वाणिज्य संघले आव्हान गरेको बन्दलाई सम्पूर्ण राजनीतिक दल, नागरिक समाज विभिन्न युवा संघ संगठनहरुले ऐेक्यवद्धता जनाएका हुन् बन्दका कारण सवारी साधन, पसल, शिक्षण संस्था उद्योगधन्दा पूर्ण रुपमा बन्द भएका छन् पाँच नम्बर प्रदेशलाई टुक्राइएको बिरोधमा सन्धिखर्कमा जुलुस प्रदर्शन गरिएको जुलुसमा जिल्लामा क्रियाशिस राजनीनिक दल, उद्योगी, व्यापारी नागरिक समाजको उल्लेख्य मात्रामा सहभागिता रहेका थियो आन्दोलनमा बिभिन्न राजनीतिक दल सम्बद्ध युवा संगठनले समेत अगुुवाई गरेका छन् नेपाल दरुण दल, युुवा संघ, वाईसिएल, अखिल नेपाल युुवक संघ लगायतले आन्दोलनलाई माग पुुरा नभए सम्म लम्ब्याउने नेकपा एमाले निकट युुवा संघका जिल्ला अध्यक्ष गोबिन्द आचार्यले जानकारी दिनुुभयो आन्दोलनले जिल्लाबासीलाई केही असुुबिधा भएको , आचार्यले भन्नुुभयो, ‘भएपनि यो राष्ट्रियताको सवाल हो यसमा सबैको सहयोग रहन्छ आन्दोलनलाई व्यवस्थित बनाउन नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णुु प्रसाद खनाल मुुस्कानको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको हो मुस्कानको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा नेकपा एमालेका अध्यक्ष चेतनारायण आचार्य, नेकपा माओवादी केन्द्रका संयोजक ठाकुर कुमार विककिशोर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष भविलाल थापा, नयाँ शक्ति नेपाल पार्टीका गोकर्ण थापा, परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष शुसिला गैरे लगायतका रहनुुभएको
        बुधवार देखि सुुरु भएको आन्दोलनमा बिहीबार, शुुक्रवार, शनिवार पनि जिल्ला पूर्ण रुपमा ठप्प पारिएको थियो शुुक्रवार यातायात क्षेत्री केही खुुकुुलो भएको भएपनि बन्दको प्रभाव परेको थियो जिल्लाबासीले सदरमुकाम सन्धिर्खका सडकमा टायर बालेर नाराबाजी गर्दै सडक अबरुद्ध पारेका थिए सन्धिखर्कमा सोमबार विशाल जनसभा तथा बिरोध पर्दशनको आयोजना गरिएको संयुुक्त आन्दोलन संघर्ष समितिका संयोजक बिष्णुु प्रसाद खनाल मुुस्कानले बुुलन्दलाई जानकारी दिनुुभयो समितिको शनिवार बिहान बसेको बैठकले शनिवार साझ बजे सम्म बन्द जारी राख्ने निर्णय गरेको त्यस्तै आईतवार बिहान ११ बजेदेखि दिउसो बजे सम्म बन्द हुने बताइएको सोमवार हुुन लागेको संयुुक्त आमसभालाई लक्षित गर्दै उक्त बिहान ११ बजे देखि दिउसो बजे सम्म बन्दका कार्यक्रम रहेको संयोजक मुस्कानले जानकारी दिनुुभयो उक्त दिन गाऊ गाऊबाट नेपालको राष्ट्रिय झण्डा सहित बिरोध प्रर्दशन हुने श्रोतको भनाई हामी चरण बद्ध रुपमा आन्दोलनका कार्यक्रम तय गरेका छौँ, सरकारको निर्णय परिवर्तन नहुँदा सम्म आन्दोलन लम्बिन्छ उहाँका अनुसार २१ गते देखि भने बिद्यालय, क्याम्पसमात्रै सञ्चालनमा आउने छन् आन्दोलन व्यवस्थित गर्न प्रत्येक पार्टीका युवा संघ संगठनबाट १० जनाको दरले स्वयंसेवक परिचालन गरिने भएको जुलुसमा कुनै पनि पार्टीका झन्डा प्रयोग गर्न नपाइने रास्ट्रिय झण्डा मात्र प्रयोग हुनुपर्ने सहितका निर्णय गरिएको बन्दका कारण निजी क्षेत्रका बैंकसमेत बन्द भएका छन् जिल्लामा क्रियाशील सबै राजनीतिक दलले प्रदेश टुक्राउने सकारको निर्णय गलत भएको भन्दै संयुक्त रुपमा आन्दोलन गर्ने निर्णय गरेका थिए
        सरकाले पाँच नम्बर प्रदेशका पहाडी जिल्लाका जनतालाई उपेक्षा गरेर नम्बरमा राखेको भन्दै मिल्दै नमिलेको भुुगोल स्वीकार्य नहुने प्रमुुख प्रतिपक्षी दल नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष जीवनारायण कोइरालाले बताउनुुभयो उहाँले आन्दोलन सरकारको निर्णय नसच्चिदा सम्म कायम रहने बताउनुुभयो नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक ठाकुुर कुुमार बिक किशोरले आफ्नै पार्टी सरकारमा भएपनि त्यसको माओबादीले खुुलेर बिरोध गरेको बताउनुुभयो नेकपा माओवादी केन्द्रका संयोजक विकले पार्टीका प्रभावशाशी नेता टोपबहादुर रायमाझीले संविधान संसोधनको बिपक्षमा रहेकाले आफूहरु पनि रायमाझीको पक्षमा रहेको बताउनुुभयो जिल्लामा भएको आन्दोलनमा राष्ट्रिय जनमोर्चा, परिवार दल, नयाँ शक्ति लगायतका अन्य साना दलहरुले पनि समर्थन जनाएका छन्   
        जनताको चाहना विपरित नम्बर प्रदेशलाई विखण्डन गर्नकालागि संशोधन विधेयक संसदमा लगिएको भन्दै पहाडी जिल्ला मात्रै नभई तराइका जिल्ला समेत आन्दोलित बनेका छन् पाँच नम्बर प्रदेशलाई टुक्राइएको विषयलाई लिएर अर्घाखाँची क्षेत्र नं. का सांसद तथा नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले कडा बिरोध जनाउनुुभएको रायमाझीले बुलन्द सँगको कुराकानीमा पाँच नम्बर प्रदेश टुुक्राउने आफ्नै पाटी सम्मिलित सरकारकै बिपक्षमा उभिएर वकालत गरिरहेको दाबी गर्नुुभयो राउमाझीले अब पार्टीमा रहने की नररहने भन्ने अवस्था छरे नी भनि बुुलन्दले गरेको प्रश्नमा त्यो कुुरा सत्य नभएको बरु पार्टी भित्रको फरक मतमा छलफल भएको बताउनुुभयो यस अघि संबिधान संशोधनकै बिषयलाई लिएर पार्टी छाड्ने सम्मका कुरा सामाजिक सञ्जालमा आएका थिए पाँच नम्बर प्रदेशलाई टुक्राउन नदिनका लागि आन्दोलनलाई कडा पार्ने यस क्षेत्रका सांसदहरुले चेतावनी दिएका छन् सरकारले आफैलाई मर्का पर्ने गरी संबिधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराएको भन्दै नेकपा एमाले नेता तथा अर्घाखाँची क्षेत्र नम्बर का सांसद डा. दुुमन सिंह थापाले त्यो प्रस्ताव फिर्ता लिन सरकारलाई आग्रह गर्नुुभयो थापाले संबिधान संशोधन प्रस्ताव नै अबैधानिक रहेको तर्क गर्नुुभयो







,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस