बुलन्द राष्ट्रिय साप्ताहिकको पौष १७ गतेको अंक
बुलन्द राष्ट्रिय साप्ताहिकको पौष १७ गतेको अंक
अन्तत जुट्यो सहमति देउराली यातायातमा
बन्द सत्र सकिएको ४० दिन पछि खड्काको अध्यक्षतामा नया नेतृत्व
बिभिन्न कारण देखाउँदै स्थगीत भएको देराली यातायात व्यवसायी समितिमा अन्तत सहमति जुटेको छ । केही समय अगाडि पदिय बिबादका कारण अनिश्च कालका लागि स्थगीत भएको देउराली यातायात व्यवसायी समितिमा शुक्रवार सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले सर्बसम्मत रुपमा पुःन निवर्तमान अध्यक्ष योगेन्द्र बहादुर खड्काकै अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । जिल्लाको सबैभन्दा ठुलो यातायात व्यवसायीहरुको संस्थाको रुपमा रहेको देउराली यातायात व्यवसायी समितिमा दलहरु बिच भएको छलफल पछि नेतृत्व चयन गर्न नेपाली कागं्रेस, नेकपा एमाले, माओबादी केन्द्र, राष्ट्रिय जनमोर्चा निकटका यातायात व्यवसायीहरु बीच सहमति भएपछि नयाँ नेतृत्व चयन भएको हो ।
नव गठित समितिको सहअध्यक्षमा भेष बहादुर बिसी, वरिष्ठ उपाध्यक्षमा शिवलाल अधिकारी, उपाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ, खगेश्वर बन्जाडे, डम्मर श्रेष्ठ, महासचिबमा प्रेम प्रकाश पान्डे, सचिबमा बिष्णु पन्थि, निम बहादुर बस्नेत, केयर सिंह खनाल, सहसचिवमा मान बहादुर बुढामगर, कोषाध्यक्षमा गोबिन्द बन्जाडे निर्वाचित हुनभएको छ । यस्तै समितिको सदस्यहरुमा वसना बस्याल, नारायण गैरे, शिव बहादुर खत्री, प्रकाश पिसी, भुवानन्द बन्जाडे, कृष्ण प्रसाद बञ्जाडे, बामदेब गैरे, दिपक कुमार श्रेष्ठ, नारायण खड्का, बलाराम भुसाल, राम प्रसाद बन्जाडे, कृष्ण प्रसासद पौडेल, पिताम्बर भुसाल, प्रकाश खनाल रहनुभएको छ । यस्तै सदस्यमै असोक श्रेष्ठ, केशब भुसाल, नारायण रेग्मी, पदम प्रसाद मरासिनी र देबिराम घर्ति गरि ३१ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेको देउराली यातायत व्यवसायी समितिका नवनिर्वाचित अध्यक्ष योगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो ।
एक महिना अगाडि हुनुपर्ने अधिबेशन यातायात व्यवसायीहरु बीच बिबाद भएपछि अधिबेशन स्थगीत भएको थियोे । समितिको निर्वाचनमा बाम्पन्थी गठबन्धनले प्रजातान्त्रीक समुहलाई बाइपास गरि अधिवेशन गर्न लागेको भनि जिल्ला प्रशासनमा उजुरी परेपछि प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको आग्रहमा तत्कालिन समयमा अधिवेशन स्थगीत गरिएको थियो । अधिवेशनमा नेकपा एमाले, नेकपा माओबादी केन्द्र र राष्ट्रिय जनमोर्चा निकट यातायात व्यवसायी एक पक्ष र कांग्रेस निकट यातायात व्यवसायीहरु अर्काे पक्षमा उभिएपछि सहमति जुट्न सकेको थिएन् । श्रोतका अनुसार जिल्लामा चार दलको बीचमा पदिय बाडफाड भएको हो । जस अनुसार एमालेलाई अध्यक्ष, कांग्रेसलाइ सहअध्यक्ष, माओबादी केन्द्रलाई महासचिब र राष्ट्रिय जनमोर्चालाइ बरिस्ठ उपाध्यक्ष लगायतका महत्वपूर्ण पद दिइएको श्रोतले जनाएको छ । यसै गरि एमालेको भागमा अध्यक्ष सहित सात ओटा जिम्मेवारी हात परेको छ । नेपाली कांग्रेसले तिन पदाधिकारी सहित आठ पदको जिम्मेवारी पाएको छ । यस्तै तीन जना पदाधिकारी सहित माओबादी केन्द्रलाइ सात पदको जिम्मेवारी परेको छ । त्यसै गरि राष्ट्रिय जनमोर्चा लाई चार ओटा पदाधिकारी सहित नौ ओटा पद दिइएको छ ।
व्यवसायीहरुबीच आपसमा सहमति जुट्न नसकेको भन्दै जिल्ला स्थित सरोकारवाले व्यवसायीलाई एकजुट भएर व्यवसायिक हितमा लाग्न अपिल समेत गरेको थिए । सोही अनुरुप सञ्चालन समितिमा सहमति जुटेपछि यातायात व्यवसायी लगायत जिल्ला स्थित सरोकारवाले खुसी व्यक्त गरेका छन् । अधिवेशनबाट निर्बाचित पदाधिकारीहरुलाई निर्वाचन मण्डलका राम बहादुर चौहान, हरि प्रसाद भुसाल, लोकेन्द्र बिक, राम बहादुर रायमाझी लगायतले प्रमाणपत्र प्रदान गर्दै पदतथा गोपनीयताको सफद ग्रहण गराउनुभएको थियो । सर्व सम्मत रुपमा कार्य समिति चयन भएसँगै सम्पूर्ण सदस्यहरुले शुक्रवारबाटै आफ्नो कार्यभार सम्हालेका छन् । समितिले पत्रकार सम्मेलन गरि गरी नयाँ कार्यसमिति चयन भएको जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा अध्यक्ष खड्काले समितिलाई अझ व्यवस्थित र यात्रुको चाहाना अनुसार अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो । लामो समय सम्म देउराली यातायातमा अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका खड्काले यातायात व्यवसाय सेवामुलक व्यवसाय भएको बताउँदै आउनुभएको छ ।
समितिको खुल्ला शत्रको उद्घाटन ४० दिन अगाडि गत मंसिर ३ गते भएको थियो । अधिवेशनको पूर्व उपप्रधान मन्त्री टोपबहादुर रायमाझी र यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय महासचिब सरोज सिटौलाले गर्नुभएको थियो ।
बुलन्द राष्ट्रिय साप्ताहिकको पौष १७ गतेको अंक







0 comments
तपाइको प्रतिक्रिया दिनुहोस