बुलन्द साप्ताहिकको मंसिर २६ गतेको अंक
रोकिएन पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव बिरुद्धको आन्दोलन
सन्धिखर्कमा बृहत जनप्रदर्शन
बसन्त श्रेष्ठ ‘छापेली’
बुलन्द, अर्घाखाँची
संबिधान संशोधन प्रस्तावमा पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई प्रदेश नम्बर ४ मा राख्न लागेको बिरोधमा सुरु भएको अनिश्चितकालिन अर्घाखाँची बन्द सोमवार देखिआगामी २५ गते सम्मका लागि स्थगित गरिएको छ । पाँच नम्बर प्रदेशका जनताको माग र भावना बिपरित सरकारले कसैको इसारामा पहाडि जिल्लालाई अलग गर्न लागेको भन्दै सुरु भएको बिरोध प्रदर्शन तथा अनिश्चितकालिन बन्दको सोमवार भएको बिशाल जनसभा तथा बिरोध प्रदर्शनबाट आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्दै बन्दको कार्यक्रम स्थगित गरिएको थियो ।
नङ्ग र मासुुको जस्तै सुुमधुुर सम्बन्ध रहेको पहाड र तराइलाई अलग गरेर सरकारले मुलुकमा अस्थिरता निम्त्याउन खोजेको भन्दै अर्घाखाँचीमा त्यसको निरन्तर बिरोध भएको छ । पाँच नम्बर प्रदेशमा स्थानीयको माग नहुुँदा नहुुँदै पनि सरकारले संबिधान सभाको निर्वाचनमा जमानी गुमाएका, भ्रष्ट, राष्ट्रघातीको माग बमोजिम संबिधान संशोधन गरेर मुलुकलाई अराजकता तर्फ धकेल्न लागेको भन्दै सोमवार बिरोध प्रदर्शन तथा बिशाल जनसभा सम्पन्न गरिएको छ । बिशाल जनसभा सन्धिखर्कका बिभिन्न चोक चोक परिक्रममा गरि टुडिखेलमा पुुगेर कोणा सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै जिल्ला स्थित सांसद तथा राजनीतिक दलहरुले आफ्ना माग पुरा नभए चरणबद्ध रुपमा आन्दोलनमा जाने बताएका छन् । उनीहरुले राजमार्ग केन्द्रित आन्दोलन तथा राजमार्ग ठप्प पार्ने सम्मका चेतावनी दिएका छन् । उनीहरुले अखण्ड पाच नम्बर प्रदेशको लागि ज्यानका आहुुती दिन तयार रहेको समेत बताएका हुन् । संबिधान संशोधन प्रस्ताव दर्ता भएको दिनको भोलिपल्ट बुधवारबाट सुरु भएको अनिश्चित कालिन बन्द जारी रहेको छ । सरकारले संबिधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म बिरोधका कार्यक्रम निरन्तर रहने संयोजक बिष्णु प्रसाद खनाल मुस्कानले जानकारी दिनुुभयो ।
कार्यक्रममा अर्घाखाँची क्षेत्र नम्बर २ का सांसद डा. दुमन थापाले सडक र सदन दुबैबाट आन्दोलन जारी रहेकोले पाँच नम्बर प्रदेश अखण्ड रहने बताउनुभयो । नेकपा एमाले युवा नेता थापाले सरकारले आफैले फिर्ता गर्ने अन्यथा प्रस्ताव पारित गर्ने तर्फ लागे थप योग्दान गर्न आफुहरु तयार रहेको बताउनुुभयो । उहाँले पाँच नम्बर प्रदेशलाई अरिङ्गालको गोलोको संज्ञा दिदै त्यसलाई चलाए कसैलाई पनि पानी मुनी गएपनि नछाड्ने चेतावनी दिनुभयो । ‘पाँच नम्बर प्रदेश आफैमा अरिङ्गालको गोलो हो, थापाले भन्नुभयो, ‘यदि कसैले चलायो भने त्यसलाई पानी मुनी गएपनि हामीले छाड्ने वाला छैनौँ ।’
बिशाल सभालाई सम्बोधन गर्दै नेकपा एमालेका युवा नेता तथा सांसद डाक्टर दुमन सिंह थापाले तराई पहाड अलग गराउने सरकारको निर्णय कुनै हालतमा सफल नहुने बताउदै आन्दोलनको आधिबेरिबाट सरकारले संसदमा दर्ता गरेको प्रस्ताव असफल पार्ने चेताबनी दिनु भयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य नजिर मियाले सरकारले हावाका तालमा जनता बिरोधी प्रस्ताब रातिमा गएर संसदमा दर्ता गरेको आरोप लगाउनु भयो । कार्यक्रममा नेकपा माओबादी केन्द्रका नेता चन्द बहादुर खड्का उज्वलले तराईबाट पहाडी जिल्ला अलगग्याउने निर्णय आफुहरुलाई मान्य नहुने बताउदै सरकाले ल्याएको संविधान संशोधन कुनै हालतमा पासहुन नदिने बताउनु भयो । उहाँले जनताको भाबना बिपरित सरकारले गलत काम गरेको बताउदै संविधान संशोधन प्रस्ताब फिर्ता लिन सरकारलाई आग्रह गर्नु भयो । खड्काले आफु जनताको भाबना भन्दा बाहिर गएर कुनै काम गर्न नसक्ने बताउदै जनताको चाहाना बिपरित कार्य नगर्न प्रधानमन्त्री दाहाललाई आग्रह गर्नु भयो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता कमल प्रसाद भुसालले सरकाले ल्याएको संविधान संशोधन प्रस्ताब हावाका भरमा आएकोले धेरै दिन टिक्न नसक्ने बताउनु भयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता सागर केसीले तराई पहाड अलग गर्ने भारतिय दलालको ईसाराका भरमा कठपुतली सरकारले प्रस्ताब ल्याएको बताउँदै जनताको निर्णायक आन्दोलनले यसलाई परास्त गर्ने बताउँनु भयो । उहाँले तराईको र पहाडको सम्बन्ध सरकाले छुट्टाउन खोजेको आरोप लगाउदै आन्दोलनमा होमिन आग्रह गर्नु भयो ।
कार्यक्रममा नयाँ शक्ति पार्टीका नेता यमुना भुसाल, परिबार दलका अध्यक्ष डिल्लिराज भुसाल, उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघका सभापति सोभाखर पन्थी, अन्र्तपार्टी महिला सञ्जालका अध्यक्ष सुसिला गैरे लगायतले ५ नम्बर प्रदेश कुनै पनि हालतमा टुक्राउन नदिने चेतावनी दिनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति शान्ता भन्डारी, सचिब छबिलाल पौडेल, बिष्णु भुसाल, नेकपा एमालेका उपाध्यक्ष जिबनारायण कोईराला, सचिब राम बहादुर चौहान, उपसचिब प्रेमनारायण गैरे, नेकपा माओबादी केन्द्रका संयोजक ठाकुर कुमार बिक, सहसंयोजक छमकुमारी खनाल, नेकपा मसालका प्रवक्ता थम्मन केसी, नेकपा मालेका सचिब केदार बेल्बासे लगायतको आथित्यता रहेको थियो ।
कार्यक्रम सङघर्ष समितिका संयोजक तथा नेपाली काङ्ग्रेसका सभापति बिष्णु प्रसाद खनाल मुस्कानको अध्यक्षता, जनमोर्चाका जिल्ला अध्यक्ष झबिलाल थापाको सन्चालन, नयाँ शक्तिका नेता खिम बहादुर बि.क को स्वागत मन्तब्यमा सम्पन्न भएको थियोे ।
जिल्लामा रहेको कांग्रेस, एमाले, माओबादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायतका अन्य साना दलले समेत आन्दोलनमा समर्थन जनाएका छन् ।







0 comments
तपाइको प्रतिक्रिया दिनुहोस