बुलन्द राष्ट्रिय साप्ताहिकको कार्तिक ७ गतेको अंक
धनचौर महिला हत्या काण्डः अभियुक्त सार्वजनिक
एमाले अर्घाखाँचीद्धारा अभियुक्तलाई साधारण सदस्यबाट समेत निलम्बन
बुलन्द न्यूज डेक्स
अर्घाखाँची
धनचौर महिला हत्या धनचौरका अभियुक्त सार्वजनिक गरिएको छ । अर्घाखाँची जिल्लाको धनचौर गाविस ५ निवासी देउराली बाट घरजान भनि हिडेकि कल्पना भुसालको हत्याकाण्डका आरोपित दुई जनालाई बुधबार जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले सार्वजनिक गरेको छ । जिल्लाको धनचौर गाविस ५ निवासि अन्दाजी ३५ वर्षिय गणेश भुसाल तथा गणेसका ५९ वर्षिय बुवा खेमराज भुसाल लाई सार्वजनिक गरेको हो । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको उपस्थितिमा गरिएको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले असौज १८ गते बेलुका देखि हराएकी कल्पनाको हत्या गरेको अभियोगमा निज गणेश र खेमराज लाई अनुसन्धानका लागि हिरासतमा लिएको र अहिले पनि अनुसन्धान भईरहेको बताउनुभयो । कल्पनाको हत्या आफुले गरेको अभियुक्त गणेश भुसालले स्विकार गर्दै सामान्य बिवाद हुँदा ढलेर मरेको बताएका छन् । अभियुक्त गणेस भुसालले आफुले सुनियोजित भन्दा पनि रिसको झोकमा उनलाई हानेको तथा उनको र आफ्नो लामोसमय सम्म सम्बन्ध रहेको बताउदै घट्ना घटिसके पछि बुवाको समेत सहयोगमा झिमरुक नदिमा लगेर फालेको पत्रकार सम्मेलनमा आफैले बताएका थिए । पत्रकार सम्मेलनमा खेमराज भुसालले आफु घटनाका बारेमा अनविज्ञ रहेको बताएका छन् । पत्रकार सम्मेलनमा कल्पना भुसालका श्रीमान र कल्पनाका बुवा सँगै गाउँलेहरुको पनि ठुलो सहभागीता रहेको थियोे ।
बिगत लामो समयदेखि कल्पना र गणेशको अनैतिक सम्बन्ध भएको हुनसक्ने समेत प्रहरीले अनुमान गरेको छ । कल्पनाको हत्या भएको अर्को दिन असौज १९ गतेका दिन कल्पना भुसालकी बहिनी चन्दा खनालले कल्पना हराएको र खोजी गर्न भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा निबेदन दिएपछि प्रहरी अधिकृत सहितको टोली कल्पनाको खोजी गर्न धनचौर पुगेको थियोे । सो क्षेत्रमा प्रहरी अधिकृतको टोलीले आठदिन सम्म लगातार कल्पनाको खोजी गरेको थियोे । असोज २१ गतेका दिन प्रहरी नायब उपरीक्षक नबरत्न पौडेल सहितका प्रहरी अधिकृतहरु घटनास्थल तथा कल्पनाको खोज तलासका लागि अर्घाखाँची र प्युठानको सिमानामा पर्ने झिमरुक नदि तथा आसपासका ठाउँमा ४ घन्टाको पैदल ओरालो बाटो तथा ६ घन्टाको उक्कालो बाटो हिडेर उक्त टोली असौज २२ गते बिहान मात्र सन्धिखर्क आएको थियोे । प्रहरीले अभियुक्त गणेश भुसाललाई असौज २२ गते पक्राउ गरेको थियोे गणेशको बयानका आधारमा प्रहरीले असौज २३ गते उनका बुवा खेमराजलाई नियन्त्रणमा लिएको थियोे । गणेशको बयानकै आधारमा असौज २४ गते दिउसो जलुके प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय ठाडा र धनचौर गाविसका स्थानीय बासिन्दाहरुको सहयोगमा जलुके गाबिस वार्ड नम्बर २ छेकुवाको जंगल राप्ति नदिको किनारमा कल्पना भुसालको मृत लास प्रहरीले फेला पारेपछि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याई पोष्टमार्टम गरि कल्पना भुसालका श्रीमानलाई दाहा संस्कारका लागि बुझाएको थियोे । घटनामा आफु बाहेक अरु कोही पनि सहभागी नभएको र आफ्ना बुवाले कल्पनालाई आफुले मारेपछि खोलामा फाल्न सहयोग गरेको गणेशले पत्रकार सम्मेलनमा बताएका थिए । निज अभियुक्त गणेश भुसाल र खेमराज भुसाललाई प्रहरीले कर्तव्य सम्बन्धि ज्यान मुदा चलाएको छ ।
एमाले अर्घाखाँचीद्धारा साधारण सदस्यबाट निलम्बन
धनचौर घट्नाको अभियुक्त सार्वजनिक भएलगत्तै नेकपा एमालेले पार्टी गाऊ कमिटिका पूर्व सदस्य कल्पना भुसालको हत्याले पार्टी मर्माहत भएको जनाएको छ । नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष चेतनारायण आचार्यद्धारा जारी प्रेश बिज्ञप्तीमा घट्नाको निन्दा एवं भ्रत्सना गर्दै दिवंगत कल्पना भुसाल प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । एमालेले आजकै मिति देखि हत्यामा आरोपित धनचौर ५ निवासी गणेष भुसाल र खेमराज भुसाललाई साधारण सदस्यबाट समेत निलम्बन गरेको छ । हत्याको निस्पक्ष छानबिनको माग गर्दै घट्नामा संलग्न व्यक्तिलाई कानून बमोजिम कार्बाही गर्न सम्बद्ध पक्षलाइै आग्रह गरेको पाटी अध्यक्ष आचार्यद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । साथै घट्नाको निस्पक्ष छानबिनमा अबिचलित र दृढतापूर्वक प्रहरी प्रसाशनद्धारा गरिने अनुसन्धानमा सहयोग पु¥याउन आम पार्टी पंक्तिलाई समेत आग्रह गरेको छ ।








0 comments
तपाइको प्रतिक्रिया दिनुहोस