बंदेल मार्ने सिकारीले आफ्नै साथी मारे

बंदेल मार्ने सिकारीले आफ्नै साथी मारे
बसन्त श्रेष्ठ ‘छापेली’
साउन २०, बुलन्द  सिद्धारा, अर्घाखाँची, 
भरुवा बन्दुुकको छर्राले लागेर सिद्धारामा एक जनाको ज्यान गएको छ । जंगलमा सिकार खेल्न गएका बेला आफ्नै साथीले बोकेको भरुवा बन्दुकको छर्राले लागेर सिद्धारा ७ का रुकबहादुर रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुुभयो । 
              उहाँका अनुुसार सिद्धारा–७  छहरेमा बुधबार राति सिकार खेल्न गएका साथी सागर पुनले बोकेको भरुवा बन्दुक पड्कदा छर्राले लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक सुजन भण्डारीले बताउनुभयो ।



उनीहरु बँदेलको सिकार खेल्नका लागि जंगलमा गएको र बाटोमा हिँड्दै गर्दा चिप्लिएर भरुवा बन्दुक पड्कन गई रुकबहादुरको ज्यान गएको स्थानीय बासिन्दा भीमबहादुर बेल्बासेले जानकारी दिनुभयो ।
घट्नाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घट्नास्थल सदरमुकाम सन्धिखर्कबाट झण्डै ७५ किलो मिटर टाढा पर्छ । 

, , ,

0 comments

तपाइको प्रतिक्रिया दिनुहोस