शान्ति उमाबिको बिव्यस अध्यक्षमा फेरी उज्वल
बुलन्द संवाददाता
अर्घाखाँची
शान्ति उमाबि बागीको बिद्यालय व्यवस्थापन समितिको बिहीवार गठन गरिएको छ । 

चन्द्रबहादुुर खड्का उज्वलको अध्यक्षतामा ८ सदस्सीय नयाँ बिद्यालय व्यावस्थापन समितिको गठन गरिएको छ । जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरीक्षक रमेश पन्थीको प्रमुुख आथित्यता रहेको रहेको कार्यक्रममा श्रोत व्यक्ती मोतीराज शर्मा पौडेल, गाविस सचिव धर्मराज भुसाल, समाजसेवी खिमानन्द पन्थी लगायतको आथित्यता रहेको थियो ।

समितिको सदस्यमा डालबहादुर चौहान, बिमला भुसाल, हुुमबहादुुर महत, मणिराम खनाल सदस्य र बिद्यालय प्राचार्य मानबहादुर पाण्डे सदस्य सचिवमा रहनुुभएको छ । कार्यक्रमको सञ्चालन बिद्यालयका सहायक प्राचार्य ताराप्रसाद भुसालले गर्नुभएको सागर खनालले जानकारी दिनुुभएको छ ।


0 comments
तपाइको प्रतिक्रिया दिनुहोस